मजदुरीबाट उद्यमी बन्ने कमला चौधरीको प्रेरणादायी यात्रा « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

मजदुरीबाट उद्यमी बन्ने कमला चौधरीको प्रेरणादायी यात्रा

Please follow & like us :)

25 August, 2026

“साझ बिहानको छाक टार्नै मुस्किल हुन्थ्यो, छोराछोरीको स्कुलको फि तिर्ने पैसा थिएन, बिरामी पर्दा उपचार गर्ने पैसा नहुने हुँदा घरमा कोही पनि बिरामी नपरुन भनेर भगवान सँग प्रार्थना गर्ने गथ्यौँ तर आज त्यी दिन गएका छन ।” यो भनाई हो दाङको लमही नगरपालिका–२, श्रीगाउँ निवासी ४६ वर्षीया कमला चौधरीको । अहिले गनको जीवन संघर्ष, मेहनत र आत्मविश्वासको प्रेरणादायी उदाहरण बनेको छ । श्रीमान्, एक छोरी र दुई छोरा गरी पाँच सदस्यीय परिवारको जिम्मेवारी बोकेकी कमलासँग आफ्नै नाममा एक कोठाको घरबाहेक खेतीयोग्य जमिन थिएन । परिवारको जीविकोपार्जन र छोराछोरीको शिक्षाका लागि उहाँ र उहाँका श्रीमान् प्रकाश चौधरीले वर्षौँसम्म अर्काको खेतबारीमा ज्याला मजदुरी गर्दै जीवन बिताउनुभयो ।


ज्याला मजदुरीबाट मात्रै परिवारको आवश्यकता पूरा गर्न कठिन हुँदै गएपछि र छोराछोरीको जिम्मेवारी बढ्दै जाँदा कमलाले नयाँ बाटो रोज्ने निर्णय गर्नुभयो । बजारबाट चामल किनेर खानुपर्ने र त्यसका लागी पनि आफुसँग पैसा नहुने बाध्यता थियो । यस्तो बाध्यता कम गर्न र परिवारको खर्च धान्न उहाँको परिवारले प्रतिकठ्ठा वार्षिक एक हजार पाँच सय रुपैयाँका दरले १४ कठ्ठा जमिन भाडामा लिएर धान, गहुँ र मकैसँगै सीमित रूपमा तरकारी खेती सुरु गर्नुभयो । खेती सुरु गरे पनि परम्परागत प्रणालीका कारण अपेक्षित आम्दानी हुन सकेन । यही क्रममा उँहा हेफर इन्टरनेशनल नेपालको सहयोगमा गा्रमिण महिला उत्थान केन्द्र दाङले कृषि तथा पशु वस्तुको मूल्य शृङ्खलामा नवप्रवर्तन (क्ष्ब्ीख्ऋ) परियोजना अन्तर्गतको कृषक समूहमा आबद्ध हुनुभयो । परियोजना मार्फत उहाँले कृषक व्यवसाय पाठशालामा सहभागी हुने अवसर प्राप्त गर्नुभयो ।
तालिमले उहाँलाई व्यावसायिक तरकारी खेती, बाली योजना, बजारमुखी उत्पादन तथा आधुनिक कृषि प्रविधिबारे नयाँ ज्ञान र आत्मविश्वास प्रदान ग¥यो । परियोजनाको प्राविधिक सहयोगपछि अहिले कमला चौधरीले आधुनिक प्रविधि अपनाएर १० कठ्ठा जमिनमा व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ । उहाँका अनुसार परियोजनामा आबद्ध भएपछि पहिलो पटक टनेल र मल्चिङ प्रविधिको प्रयोग गरेर तरकारी खेती सुरु गर्नुभएको हो । पछिल्लो समय उहाँले प्राङ्गारिक खेती प्रणालीलाई विशेष प्राथमिकता दिनुभएको छ । बिउबिजनको जैविक उपचार, गँड्यौला मल, घरेलु झोलमल, वानस्पतिक विषादी तथा रोग–कीरा व्यवस्थापनका लागि पहेँलो च्यापच्यापे पासो र मोहिनी पासोजस्ता वातावरणमैत्री प्रविधिको सफल प्रयोग गरिरहनुभएको छ ।
यी प्रविधिको प्रयोगले कम क्षेत्रफलबाट पनि कम लागतमा गुणस्तरीय तथा उच्च उत्पादन लिन सफल भएको उहाँ बताउनुहुन्छ । सुरुवाती चरणमा तरकारी खेतीप्रति उहाँका श्रीमानको खासै चासो थिएन । तर खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँको सोच पनि परिवर्तन भयो । अहिले श्रीमान–श्रीमती दुवै बिहानदेखि बेलुकासम्म आफ्नै बारीमा सँगै काम गर्नुहुन्छ । पहिले अर्काकोमा ज्याला मजदुरी गर्नुपर्ने परिवार अहिले आफ्नै कृषि उद्यममा व्यस्त छ ।


हाल तरकारी खेतीबाट मात्रै उहाँले वार्षिक करिब ४ लाख ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खुद आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानीको स्रोत सुनिश्चित भएपछि परिवारको आर्थिक अवस्था सुधारिएको र जीवनयापन सहज बनेको उहाँको अनुभव छ । “अर्काकोमा मजदुरी गरेर मात्रै जीवन चल्दैन रहेछ । तरकारी खेतीले हाम्रो जीवन नै उकास्यो, कमालले भन्नुभयो, अब यही आम्दानीबाट थप जग्गा भाडामा लिएर तरकारी खेतीको क्षेत्रफल अझै विस्तार गर्ने योजना बनाएकी छु ।” मजुदरीबाट परिवार पाल्न गाह्रो भएको हाम्रो परिवारलाई आपैmमा आत्मनिर्भर बनाउन भुमिका खेलेको ग्रामिण महिला उत्थान केन्द्रको गुण हामी कहिल्यै बिर्सदैनौँ कमलाको श्रीमानले खुसी हुदै भने ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

027352