भौतीक निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

भौतीक निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

Please follow & like us :)

5 july, 2026

ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग ले घोराही उपमहानगरपालिका वडा नम्बर १७ को बेलभारमा भौतीक निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग र NIVAS संस्था सँगको साझेदारीमा दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका, राजपुर गाँउपालिका र गढवा गाँउपालिकामा संञ्चालन भईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना/पैरबी” Strengthening Women-Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang. परियोजना अन्र्तगत आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लि.सँगको सहकार्यमा सो संस्था सँग आवद्ध सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।


भगवती महिला उत्थान केन्द्र का अध्यक्ष कल्पना चौधरीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा भूकम्प भनेको के हो ? भूकम्प प्रतिरोधात्मक घर किन आवश्यक छ ? घर निर्माण गर्दा सिमेण्ट बालुवाको मात्रा कत्ति मिसाउनुपर्छ, कस्तो जमिनमा घर बनाउनुपर्छ ? घर बनाउदा ध्यान दिनुपर्ने आवश्यक महत्वपुर्ण कुराहरु केके छन् भन्ने बिषयमा समेत संस्थाका प्राबिधीक/ईन्जीनीयर आशिक चौधरीले सहजीकरण गर्नुभएको थियो । यसैगरी जग्गा कत्ति प्रकारका हुन्छन् , जग्गा दर्ता गर्नका लागि नेपालमा कस्ता किसिमको निति नियम छ भन्ने बिषयमा संस्थाका पार्वती बस्नेतले सहजीकरण गर्नुभयो ।


तालिम अवधीभर अत्यन्त जिज्ञासु स्वभावमा प्रश्न सोधिरहनुभएका सहभागीहरुले अन्र्तक्रियात्मक तबरबाट समय अवधिभर कक्षालाई प्रभावकारीमय बनाउनुभएको थियो । २२ जना महिला र २ जना पुरुष गरी जम्मा २४ जना सहभागी रहनुभएको उक्त तालिममा आफुहरुले घर निर्माण गर्न थालेपछी संस्थाबाट प्राबिधिक सहयोग हुनुपर्ने माग समेत गर्नुभएको थियो भने आफुले सिकेका ज्ञान सिप टोलका अन्य ब्यक्तिहरुलाई सिकाउने बताउदै समय समयमा यस्ता तालिमहरुमा सहभागी हुने अवसर प्रदान गर्न समेत आग्रह गर्नुभएको थियो ।


कार्यक्रमको समापन गर्दै समुहका अध्यक्ष कल्पना चौधरीले सिकाई भन्ने कुरा पढेर मात्र पुरा नहुने र पढेर जिवनभर नसकिने भएकाले समय समयमा संस्थाले आफुहरुलई ज्ञान सिप उपलब्धता सँगै आवश्यक प्राबिधिक सहयोग गरिदिनका लागि समेत अनुरोध गर्नुभएको थियो । बिगत १५ बर्ष देखी आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडमा आवद्ध भएपछी बचत र ब्यवसायी बन्नका लागि प्रेरित गरिरहनुभएको थियो तर अहिले यसैको मातृसंस्था ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले तपाई हामी सबैले सिक्नैपर्ने, बुझनुपर्ने र जान्नैपर्ने बिषय घर कसरी बनाउने? कहाँ बनाउने ? कस्तो बनाउने र बनाउनका लागि आवश्यक महत्वपुर्ण ध्यान दिनुपर्ने बिषय तथा सवालको बारे ? जग्गा दर्ता प्रकृया र सरकारको निति र बिधिका बिषयमा हामीलाई घरदैलोमै आएर सिक्नका लागि मद्धत गरेकोमा हृदयदेखी संस्थालाई धन्यबाद दिनुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026976