भूमि तथा आवास सम्बन्धी साक्षरता अभिमुखीकरण
12 Sept, 2025
घोराही उपमहानगरपालिका वार्ड नम्बर १६ स्यानी अम्बापुर निवासी सुन्तोली चौधरीलाई महिलाहरुका नाममा जग्गा हुनैपर्छ भन्ने लाग्छ, महिलाको नाममा जग्गा भएमा महिलाहरु आर्थिक रुपमा शक्तिशाली हुने, महिलाहरुको आत्मबिश्वासमा बृद्धि हुने, बित्तिय काम गर्नका लागि पनि महिलाहरु क्रियाशिल भएर लाग्ने र महिलाहरुले ईमान्दारिताका साथ काम गर्ने भएकाले गाँउ समाज र देशको आर्थिक बिकासका लागि महिलाहरुको नाममा भू-स्वामित्व हुनैपर्छ भन्ने ठोकुवा गर्नुुहुन्छ सुन्तोली चौधरी।
सुन्तोली चौधरीलाई जस्तै घोराही १६ सर्रा निवासी तथा घोराही उपमहानगरपालिका कार्यपालिका सदस्य पद्मा चौधरीलाई पनि समाजले लैगिंक बिभेद नगरी भु-स्वामित्वमा बराबर अधिकार दिनुपर्छ भन्ने लाग्छ ।

त्यसो त कानुनमा लैगिंक बिभेद नगरी भुस्वामित्वमा बराबर अधिकार छ भनि उल्लेख गरिएको छ, तर यो कुरा ब्यवहारमा त्यत्ति लागु हुन सकेको छैन् । यस्ता खालका सवालले हामी महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण अझैपनि उस्तै पुरातन छ भन्ने प्रमाणीत गर्दछ तर्सथ समय समयमा संघ संस्थाहरुले महिला अधिकारका सवालमा तालिम, गोष्ठी र अभिमुखीकरण गरी जानकारी गराएमा समुदाय बिस्तारै परिवर्तन हुन्थ्यो कि भन्ने लाग्छ पद्मा चौधरीलाई, सुन्तोली र पद्मा त प्रतिनिधि पात्रहरु मात्र हुन, उहाँहरुलाई महिलाको नाममा जग्गा हुनैपर्छ भन्ने लाग्छ तर समाजमा अधिकांश त्यस्ता महिलाहरु पनि छन् जस्को भात भान्सा गर्दैमा जिबन बित्ने गरेको छ, आफु र आफनो अस्तीत्वको बारेमा समेत कुनै जानकारी नै छैन् अधिकार त धेरै परको कुरा हो ।

यिनै विविध बिषयहरुलाई मध्यनजर गर्दै ग्रामीण महिला उत्थान केन्द्र दागंले दागं जिल्लाको घोराही उपमहानगरपालिका क्षेत्रभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थीत बसोबासी समुदायका १ सय ५८ जना महिलाहरुलाई १ दिबशिय भूमि तथा आवास सम्बन्धी अभिमुखीकरण गरी साक्षर गराउने काम गरेको छ । मिति २०८२ साल श्रावण २६ गते देखी २८ गते सम्म घोराही उपमहानगरपालिकाको वार्ड नं. १६, १७ र १८ मा बसोबास गर्दै आएका आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडमा आवद्ध फरक–फरक समुहका सदस्य महिलाहरुको सहभागिता रहेको थियो।

NIVAS संस्था र मेट लाईफ फाउण्डेसन को आर्थिक सहयोग, ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण तथा भूमिमा महिला स्वामित्व सचेतना/पैरबी परियोजना अनतरगत चार सय जना महिलाहरुलाई भूमि सम्बन्धी साक्षर गराउने कार्यक्रम अनुसार घोराही उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्दै आएका महिलाहरुलाई सहभागी गराई एक दिबशिय भूमि तथा आवास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो, उक्त अभिमुखीकरण कार्यक्रममा भूमि तथा आवास भनेको केहो ? भूमिमा महिलाको अधिकार, भूमि निति २०७५, जग्गा नाप जाँच र नक्सा, भूमिमा महिलाको स्वामित्वका लागि भएका ब्यवस्था तथा प्रयासहरु, संयुक्त लालपुर्जा भनेको केहो ? यस्को महत्व किन छ? लालपुर्जा प्राप्तीका लागि केके बिधिहरु अबलम्बन गर्नुपर्छ लगायतका बिषयमा अभिमुखीकरण गरीएकोे थियो ।

अभिमुखीकरण कार्यक्रमको पहिलो दिन २०८२ साल श्रावण २६ गतेका दिन संस्थाका अध्यक्ष आसमानी चौधरी ज्युको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी ज्युको बिशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भुमिहिन, एकल महिलाहरुका लागि संस्थाले परियोजना मार्फत काम गर्दै आएको र सरकार सरह काम गरेकोमा संस्थाको खुलेर प्रशंसा गर्नुभएको थियो । संस्थाले राजपुर र गढवा गा.पा. क्षेत्रमा एकल महिलाहरुका लागि घर बनाउने काम गर्दै आएको र उनिहरुका बच्चाहरुका लागि शिक्षाको क्षेत्रमा सहयोग गरी ति एकल महिलाहरुलाई आय आर्जनमा जोड्नका लागि सिप सिकाउने काम गर्दै आएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो, शर्माले जग्गा नभएकाहरुलाई सरकारले जग्गा उपलब्ध गराउनैपर्छ र जग्गा भएकाहरुले आफनो जग्गाको उपभोग आफैले गरेर बस्नुपर्ने समेत भनाई राख्नुभएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले गाँस, बाँस र कपास मानिसहरुका लागि अनिवार्य आवश्यक्ता हो भन्ने सबैलाई थाहा नै छ तर यस संस्थाले एकल महिलाहरुका लागि भुकम्प प्रतिरोधात्मक घर निर्माणको कार्य गर्दै आएकोमा कामको प्रशंसा गरी संस्थालाई धन्यवाद दिनुभएको थियो भने आगामी दिनमा संस्था सँग उपमहानगरपालिका साझेदार भएर काम गर्न ईच्छुक रहेको भनाई राख्नुभएको थियो । साथै महिलाहरुलाई भुमि तथा आवास सम्बन्धी जानकार गराउनका लागि संस्थाले संञ्चालन गर्न गईरहेको अभिमुखीकरण कार्यक्रमको शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा भूमि बिषय बिज्ञ धर्मराज जोशी ले यो अभिमुखीकरण कार्यक्रमले समुदायका महिलाहरुमा भूमी तथा आवास सम्बन्धी जिज्ञाशा पैदा गरी भूमी तथा आवास प्राप्तीका लागि नेपालमा भएका प्रयास, नितिगत बिषय र प्रकृयागत कसरी जान सकिन्छ भन्ने बारेमा चासो राख्ने बनाउने भनाई राख्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले महिलाहरुको सशक्तिकरणका लागि कृषि, बाताबरण, स्वास्थ्य, आवास लगायत बिबिध क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। संस्थाले गतवर्ष देखी राजपुर र गढवा गाँउपालिका क्षेत्रमा एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि ८ वटा भूकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरी हस्तान्तरण गरिसकेको भनाई राख्नुभएको थियो भने यसबर्ष पनि सोहि पालिका क्षेत्र भित्र घर निर्माण गर्ने कार्य रहेको र हालै राजपुर गाँउपालिका वार्ड नम्बर ६ गंगदी निबासी दुर्गा चौधरीको अपांगमैत्री तथा भूकम्प प्रतिरोधात्मक घर निर्माण गरी हस्तान्तरण गरिसकेको भनाई राख्नुभएको थियो यस बर्ष गढवा गा.पा.मा ४ वटा र राजपुर गा.पा.मा ३ वटा गरी जम्मा ७ वटा घरहरु निर्माण गरीने भनाई राख्नुभएको थियो भने घरको काम गर्दै जादाँ महिलाहरुलाई भूमि तथा आवास सम्बन्धी संबैधानिक निति, अधिकार र प्रकृयाका बिषयमा साक्षात्कार गराउनुपर्छ भन्ने आवश्यक्ता अनुरुप यस बर्ष घोराही उपमहानगरपालिका, गढवा गाँउपालिका र राजपुर गाँउपालिका क्षेत्रमा रहेका ४ सय महिलाहरुका लागि भूमि तथा आवास सम्बन्धी साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चौधरीले जानकारी गराउनुभएको थियो ।

यसैगरी अभिमुखीकरण कार्यक्रमको दोश्रोे दिन घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यता र अभिमुखीकरण कार्यक्रमको तेश्रो दिन भूमि तथा आवास सम्बन्धी बिषय बिज्ञ धर्मराज जोशी को प्रमुख आतिथ्यतामा उद्धघाटन सत्र शुरुवात गरिएको थियो भने कार्यक्रमको समापन सत्रमा क्रमशः घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सी. ज्युको प्रमुख आतिथ्यता र संस्थाका सल्लाहाकार सोगतवीर चौधरी ज्यु को प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै सहभागीका तर्फवाट घोराही १६ स्यानी अम्बापुर निवासी सावी चौधरीले महिलाहरुलाई कानुनले केके अधिकार दिएको छ भन्ने कुरा थाहा पाउदा आफु जानकार भएको र आफुले जानेको कुरा घरपरिवार र गाँउसमाजमा पनि जानकारी गराउने भनाई राख्नुभएको थियो । फरक फरक वडा समुहका सदस्य महिलाहरुलाई गरिएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेप बहादुर चौधरी, निर्मल चौधरी, भिमकान्त चौधरी, मिरा चौधरी, मिना गिरी, आशा श्रेष्ठ र पार्वती बस्नेतले गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा संस्थागत प्रश्तुतीकरण पार्वती बस्नेतले र कार्यक्रमको सहजीकरण भिमकान्त चौधरीले गर्नुभएको थियो।








