प्रदेशस्तरिय परियोजना सह–निर्माण कार्यशाला « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

प्रदेशस्तरिय परियोजना सह–निर्माण कार्यशाला

Please follow & like us :)

28 September, 2024

ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजनामा मिति २०८१ साल असोज ०४ गतेका दिन प्रदेशस्तरिय परियोजना सह–निर्माण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।


लुम्बिीनी प्रदेशको दागं, बाँके, बर्दिया, पाल्पा र सुनवल जिल्लाका स्थानिय तहका मेयर, अध्यक्ष, उपमेयर र उपाध्यक्षहरुको सहभागितामा सञ्चालन गरिएको परियोजना सहनिर्माण कार्यशालामा महिला जनप्रतिनिधिहरुले हालसम्म हासिल गरेको उपलब्धी, समस्या र चुनौतीका बिषयमा सहभागितात्मक रुपमा छलफल गरिएको थियो ।

द एशिया फाउण्डेसन सँगको सहकार्यमा लुम्बिनी प्रदेशको १३ वटा स्थानिय तहमा संचालन हुन गईरहेको कार्यक्रम लाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नका लागि सह–निर्माण कार्यशालाको आयोजना गरिएको थियोे । कार्यशालामा महिला जनप्रतिनिधि मेयर, अध्यक्ष, उपमेयर र उपाध्यक्षहरुले कार्यसम्पादन को क्रममा भोग्दै आएको समस्या, चुनौती र सिकाईका बिषयमा बिस्तृत छलफल पश्चात निष्कर्षमा आएका बिषयबस्तुहरु लाई प्राथमीकीकरण गर्र्दै कार्यक्रम संञ्चालन गर्नका लागि क्रियाक्लापहरु तय गरिएको थियो ।


ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरीले स्वागत सहित कार्यक्रमको उदेष्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगी ले महिलाहरुले नेतृत्व गरिरहेको हरेक तहमा अझैपनि पितृसत्तात्मक सामाजिक सोच हाबि हुनु, आर्थिक क्षेत्रमा महिलाको पहँुच नहुनु, महिला नेतृत्व बर्गमा कमजोर मानसिकता जस्ता कुरा हटाउनुपर्ने आजको आवश्यक्ता रहेको भनाई राख्नुभएको थियो । साथै महिलाहरुको क्षमता अभिबृद्धि गरी नेतृत्व तहमा सहयोगी भुमिका निर्वाह गरिदिनका लागि संस्थालाई अनुरोध गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्नाकुमारी पाण्डेयले महिलाहरुलाई सदैब दोश्रो दर्जाको नागरिकको रुपमा हेरिने र सोहि अनुसारको ब्यवहार गरिने भन्दै मानिसको सोच र ब्यवहार परिवर्तन गर्नका लागि महिलाहरुको क्षमता, सिकाई, नितिगत परिवर्तन र महिला स्वयम अध्ययनशिल हुन आवश्यक रहेको सम्बन्धमा आफनो बिचार राख्नुभएको थियो । यस परियोजना बाट महिला जनप्रतिनिधि र बिषयगत समितिहरुको क्षमता अभिबृद्धि गर्नका लागि के कस्ता क्रियाक्लाप गर्ने भनेर कार्यशालामा सहभागी गराई आफनो पालिकालाई छनौट गरेकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो ।


कार्यशालामा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, सल्लाहाकार सोगत बिर चौधरी, कोषाध्यक्ष मिरा चौधरी, द एशिया फाउण्डेसनका डा. शेरा तामागं, डा. अमिना सिंह, महेन्द्र घिमिरे लगायतको उपस्थीति रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022785