परिषदका उपाध्यक्ष ज्यु सहितका पदाधिकारीलाई स्वागत गरी समसामयिक विषयमा अंतर्क्रिया तथा छलफल
April 7, 2025: Dang Ghorahi:


ग्रामीण महिला उत्थान केन्द्र दांगले समाजकल्याण परिषदका उपाध्यक्ष ज्यु सहितका पदाधिकारीलाई स्वागत गरी समसामयिक विषयमा अंतर्क्रिया तथा छलफल गरेको छ !


समाजकल्याण परिषदका उपाध्यक्ष श्री नन्दलाल माझी ज्यु को नेतृत्वमा परिषदका संचालक समितिका पदाधिकारीहरू क्रमशः
आस्था के.सी., प्रकाश पंगेनी, संजय कुमार शाह, संजय शाह ज्यु र गढ़वा गा.पा. अध्यक्ष यमनारायण शर्मा ज्यु लाई ग्रामीण महिला उत्थान केन्द्र दांगका अध्यक्ष आसमानी चौधरी ज्यु ले स्वागत गर्नुभएको हो !
समाजकल्याण परिषदका पदाधिकारी ज्यु सहितको टिमले संस्थाका संचालक समितिका पदाधिकारी तथा कर्मचारीहरू संग समसामयिक विषयमा आधारित रहेर अन्तर्क्रिया तथा छलफल गरेको हो !






