निशुल्क प्रजनन स्वास्थ्य शिबिर कार्यक्रम आज घोराही ४ गोग्ली लक्ष्मिपुर स्वास्थ्य चौकीमा सम्पन्न
March 24, 2022: ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभा अध्यक्षता एंब घोराही उपमहानगरपालिका वार्ड नम्बर ४ का वार्ड अध्यक्ष भिम बहादुर सार्कीको प्रमुख आतिथ्य,घोराही उपमहानगरपालिका को स्वास्थ्य शाखाका बिमला पौडेल, एस.एस.बिएच.का अर्चना अर्याल,नेपाल परिवार नियोजन संघका सचिब माया पोख्रेल लगायतले बोल्नुभएको थियोे !
ग्रामिण महिला उत्थान केन्द्र दाङ,नेपाल परिवार नियोजन संघ दाङ,घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा दाङ र लक्ष्मिपुर स्वास्थ्य चौकी घोराही ४ दाङ्ले संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको हो !

महिलाहरुलाइ लक्षित गरेर निशुल्क स्वास्थ्य शिबीर संचालन गरिएको शिबिरमा डाक्टर रमेश बस्नेत,नेपाल परिवार नियोजन संघ दाङका स्वास्थ्यकर्मिहरुको समुह रहेकोे थियोे साथै शिबिरमा १सय जना भन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए ! लक्ष्मिपुर स्वास्थ्य चौकीका प्रमुख नारायण शर्माले स्वागत गरेको कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्र दांगका पैरवी अधिकृत शिबा चौधरीले गर्नुभएको थियोे !








