निर्मलालाई घरले दिएको खुसी
Jan 6, 2025
राजपुर गाँउपालिका वार्ड नं. २ बस्ने निर्मला खत्री उमेरले ६० बर्ष पुग्दै हुनुहुन्छ, र उहाँका २ नातीनीहरु ममता र अनिता खत्रीलाई अहिले आफनो घरमा बस्न पाउदा सपना जस्तै लागेको छ रे, ग्रामीण महिला उत्थान केन्द्र, अमेरिका स्थिीत NIVAS संस्थाका संञ्चालक समितिका पदाधिकारी, कार्यकारी निर्देशक, Impact And Innovation Director र राजपुर गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्षको उपस्थीतिमा घरको गृह प्रबेश कार्यक्रम गर्दा निर्मला खुसीले आफु मात्रै होईन् आएका अतिथि ज्युहरु सँग छमछमी नाँचेर आफनो खुसी साट्नुभयो ।

निर्मलाको भत्कीएको घर, चुहिने छानो, ति कलिला नानीहको बाँस कहिले मामाघर त कहिले छिमेकीको घरमा आश्रय लिएर रात बित्थ्यो तर अहिले आफनो घर बनेको छ, घरका भित्ताहरुमा ति दुई नानीहरुले आफनो नाम पनि लेखेका छन् । घर बन्दै गर्दा निर्मलाले घरमा पानी चार्ने, वरपर सामान खेर जान्छ भनेर आफै बोक्ने समेत गर्नुभयो त्यत्तिमात्रै होईन् गएको चाडपर्व (दशै तिहारमा) उहाँले दैलोमा पुजा पनि गर्नुभयो, आजभोली उहाँको मन निक्कै खुसी छ।

चुहिने घरमा गुजारा चलाउदा र अहिले घर बनेपछि गाँउटोलले गर्नेे ब्यवहारमा निक्कै फरकको अनुभुती गरेको भनाई राख्नुभयो । बाख्रापालन गर्दैै आएकी निर्मला यहि घर बन्न थालेपछि नै ग्रामीण महिला उत्थान केन्द्रले त्यस पालिकामा संञ्चालन गरेको भिटा परियोजनाको महिला समुहमा समेत आवद्ध हुनुभयो, आफु समुहमा आवद्ध भएपछि निर्मलालाई बाख्रा बस्ने खोर बनाउनका लागि कर्जा लौजानुहोस् भनेर समुहले अनुरोध गर्न थालेको छ । घर राम्रो भएपछि सबैले आफनोपन देखाउने रहेछन् भन्ने कुरा बुझेकी निर्मलाले आफनो घर बनाईदिएर सहयोग गर्ने संस्था ग्रामीण महिला उत्थान केन्द्र लाई धन्यवाद दिनुभयो।

अहिले रमाउने निर्मलाको बिगत भने निक्कै दुखदायि थियो, घरको छोराको स्वास्थ्य अवस्था कमजोर, त्यहि माथि रक्सीले मातेर कहिल्यै सुख,सित बसेर खान नदिने, घरमै नआउने आमा, श्रीमती, छोरीको कुनै रेखदेख नगर्ने, घरपरिवारलाई वास्तै नगर्ने भएपछि उहाँको श्रीमती (बुहारी) ४ वटा नातिनीलाई छाडेर अन्यत्र हिड्नुभयो । बस्ने बासँ गत्तिलो थिएन् ४ वटा नातिनीहरुलाई एक्लै कसरी पालनपोषण गर्ने गाह्रो थियो, त्यसपछि ३ वटा नातिनीहरु कोहि मामाघर, कोहि आफन्त कहाँ गएर बसोबास गर्न थाले तर एउटी नातिनीलाई आफु सँगै राखेको निर्मलाले बताईन् । सिठाले बारेको, एक छाने, एउटा कोठाको घर, पकाउने त्यहि, सुत्ने त्यहि गतवर्ष बर्षाको पानीले घर भत्कीएको थियो तर वडा कार्यालयले त्रिपाल सहयोग गरेर चुहिने घरको छानो टालिदिएको निर्मलाले बताउनुभयो । बस्ने बाँस ढुक्कको बनेपछि भने निर्मलाका २ जना नातिनिहरु निर्मला सँग बस्दै आएका छन् । अहिले उनले मासिक रुपमा आउने एकल भत्ता र बाख्रापालन बाट आफनो र नातीनीको खर्च चलाउन सकिने कुरामा (उहाँ) विश्वस्त हुनुहुन्छ ।

ग्रामीण महिला उत्थान केन्द्र, NIVAS संस्थाको साझेदारीमा राजपुर गाँउपालिकामा संञ्चालन भइरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण परियोजना अन्र्तगत नमुना घरका रुपमा निर्मला खत्रीको घर निर्माण भएपछि ऐलानी जग्गा भएपनि आफनै नाममा निस्सा बन्न सफल भएपछि जग्गाको मालिक बनेको बताईन् ।

घरको मालिक भएपछि वरपर छरछिमेक सबैले सम्मानजनक ब्यवहार गर्न थालेको पनि निर्मलाले बताईन्। उनलाई अबका दिनमा बाख्रापालन गरी २ नातीनीहरुको राम्रो सँग हेरचाह गरेर जिवन बिताउने ठुलो ईच्छा छ । बस्ने घर थिएन निद्रा लाग्दैन् थियो, अहिले ग्रामीण महिला उत्थान केन्द्रले घर बनाईदिएपछि सबै कुरा पुगेको छ, अहिले मैले आनन्दको अनुभुति गरिरहेको छु भन्नुभयो ।




पुरानो घर






