निःशुल्क सिकलसेल एनिमिया चेकजाँच शिबिर संञ्चालनका लागि सरोकारवाला सँगको समन्वयात्मक बैठक « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

निःशुल्क सिकलसेल एनिमिया चेकजाँच शिबिर संञ्चालनका लागि सरोकारवाला सँगको समन्वयात्मक बैठक

Please follow & like us :)

Jan 6, 2025

मेट लाईफ ईन्स्योरेन्स कम्पनी र ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा २०८१ साल पौष १५ गतेका दिन दाङ जिल्लाको लमही नगरपालिका वार्ड ८ मा रहेको स्वास्थ्य चौकीमा निःशुल्क सिकलसेल एनिमिया चेकजाँचका लागि शिबिर संञ्चालन हुने भएको छ ।


ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको सरोकारवालाहरु सँगको समन्वयात्मक बैठकले निशुल्क शिबिर संञ्चालन गर्ने निर्णय गरेको हो ।
बिशेष गरी थारु समुदायमा सिकलसेल एनिमिया रोग देखिने भएको हुनाले थारु समुदायका र १० बर्ष देखी ४० बर्ष उमेर समुहका ब्यक्तिहरुलाई लक्षित गरी लमही नगरपालिकाको वार्ड नम्बर ७, ८ र ९ का बासिन्दाहरुलाई उक्त शिबिरमा चेकजाँच गर्न अनुरोध समेत गरेको छ ।


बैठक कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यस कार्यक्रमले समुदायमा राम्रो प्रभाव पार्ने र सिकलसेल बिरामी रोगी, निरोगी पत्ता लगाउन सकिने भएकाले कार्यक्रमलाई सफल गराउनका लागि पालिकाको पुर्ण सहयोग रहने भनाई राख्नुभएको थियो । स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद शर्माले निशुल्क स्वाथ्य शिबिर संञ्चालन गरी समुदायलाई सचेत गराउने योजना ल्याएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।


कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले २०८१ साल यहि पौष १५ गतेका दिन संञ्चालन हुने निशुल्क सिकलसेल एनिमिया चेकजाँज स्वास्थ्य शिबिरलाई सफलतापुर्वक संञ्चालन गर्नका लागि यहि पौष ११ गते महिला स्वास्थ्यस्वय्सेबिका र पौष १२ गतेका दिन टोलका अगुवा, शिक्षक, बुद्धिजिबी, महतवा, जनप्रतिनिधि लगायतलाई सिकलसेल सम्बन्धी अभिमुखीकरण गर्ने भनाई राख्नुभएको थियो ।


कार्यक्रममा लमही स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद शर्मा, कार्यपालिका सदस्य देवा परियार, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मेनका खड्का, सुचना प्रबिधि अधिकृत नरेन्द्र गुप्ता, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष देबिमाया थापा, दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष पुनम घर्ती मगर, थारु कल्याणकारीणी सभाका हल्लुप्रसाद चौधरी र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था शाखा प्रबन्धक लगायतको उपस्थीतिमा उक्त बैठक सम्पन्न भएको थियो।

पार्वती बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण भिमकान्त चौधरीले गर्नुभएको थियो । संस्थाले बाँके र दागं जिल्लामा निःशुल्क सिकलसेल शिबिर संञ्चालन गर्दैछ भने गतबर्ष पनि दाङ जिल्लाको घोराही उपमहानगरपालिका वार्ड नम्बर १० मा निःशुल्क सिकलसेल स्वास्थ्य चेकजाँच शिबिर संञ्चालन गरी ४ सय १२ जना लाई सेवा दिएको थियो, जसमध्ये ४१ जना प्रभाबित ब्यक्तिलाई सिलाईकटाई, ब्युटिपार्लर तालिम, पढ्ने उमेर समुहका बालबालिकाहरुलाई छात्रबृत्ति र ब्यवसायिक बाख्रापालन तथा तरकारी खेति तालिम समेत प्रदान गरेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394