नमूना खोरले जिवन परिर्वतन « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

नमूना खोरले जिवन परिर्वतन

Please follow & like us :)

11 Sept 2025

गढवा गा.पा.वडा नं. ७ मानपुर निवासी मायादेबी चौधरीलाई दैनिक ज्याला मजदुरी नगरी साझँ विहानको छाक टार्न सकिदैन् थियो । अत्यन्त दयनिय, बिपन्न अबस्थाको जीवन दुःखदायी र कष्टकर रुपमा बितिरहेको थियो, परिवारमा २ छोरा, ४ छोरी, श्रीमान र आफु गरी ८ जना सदस्य छन् । जे गर्दापनि नहुने र हरेक पक्षबाट पिल्सीएकी मायाँदेवी गरीबी बाट उम्कनका लागि छट्पटाई रहेकी थिईन ।


२०७९ चैत्र ५ गते गढवा गा.पा.को आर्थिक सहयोग हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र, घोराही दाङ्ग द्धारा गढवा गाँउपालिकामा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना (भिटा) संचालन भयो । परियोजनाले पालिकाको ८ ओटै वडामा मूल समुह गठन गर्न थाल्यो र सोहि समयमा मानपुरमा श्री हरियाली उद्यमी महिला समुह गठन भयो । सो समुहको भेलाले मायाँदेविलाई उपाध्यक्ष पदमा राख्यो, पदमा बसीसकेपछि उनलाई रातभर निद्रा लागेन तर उनले सोचिन समुहले जे गर भन्छ मैले त्यही गर्ने त होला भन्ने सोच बनाईन र समुहमा सहभागी भई नै रहिन । परियोजना बाट समुहका सदस्यहरुले बाख्राका लागि खोर बनाउने सुचना प्रकाशन गरेपछि, यस बिषयमा समुहका सदस्यहरुले छलफल गरेर अत्ति विपन्न र आयआर्जनको पहिलो आबश्यता मायाँदेविलाई नै रहेको ठहर गर्यो र उनको नाम सिफरिस गर्यो ।


सबै सदस्यहरुको सहयोगमा परियोजना ले प्रदान गर्ने नमूना बाख्रा खोर मायाँदेविले निर्माण गरिन, घरमा भएको ३ वटा बाख्रा र अरुबाट अधिया (पालन गरे वाफत आधा मात्र आम्दानी पाउने गरी) पाल्नका लागि थप ३ वटा बाख्रा ल्याईन । समुहमा बस्दै जाँदा परियोजनाले समुहका सदस्यहरुलाई पशुको उचित ब्यवस्थापन तालिम संचालन गर्यो, तालिममा सिकेको ज्ञान, सिपलाई ब्यवहारमा लागु गर्दे जाँदा उनलाई झन हौसला बढन थाल्यो समुहबाट २५ हजार ऋण लिईन र ४ वटा बाख्रा पाठि किनेर बाख्रा बढाउन थालिन, बाख्रा नयाँ जन्मीन थाले आम्दानी सुरु भयो ज्याला मजदुरी छोडेर अहिले उनले बाख्राको स्याहार गर्न थालेकी छिन् । पैसाको आबश्यता पर्दा सहकारी मार्फत १/२ वटा खसी बोका बेचेर समस्यालाई टारेको समेत बताईन् ।
ज्याला मजदुरी गर्दा उनका आफन्तले नपत्याउने, त्यो समय पैसा सापटी माग्दा होच्याउनेहरुले आजभोलि सम्झीन थालेको बताइन् । अहिले उनको खोरमा ४० वटा बाख्रा छन् । गाँउटोल र समुहले बाख्रा ब्यवसायी भनेर चिन्न थालेका छन् आजभोलि उनले त्यही बाख्राबाट परिवारको खर्च चलाउन सक्ने भएकी छिन् । “परियोजना ले म र म जस्तै धेरै दिदि बहिनीहरुको जीवन परिर्वतन गरेको आफ्नो खुट्टामा उभिन सिकायको छ । म गढवा गाँउपालिका, हेफर र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यवाद दिन चाहान्छु ।”

जयकला वि.क.,सामुदायीक सहजकर्ता गढवा वडा नं.७ 

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394