दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

Please follow & like us :)

14 Jun,2026

ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले मिति २०८३ साल जेष्ठ २८ गते (जुन ११, २०२६) बिहिबारका दिन सिकलसेल प्रभावितहरुका लागि दुखाई ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई ब्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने सावधानी तथा भुमिकाहरुको बारेमा अभिमुखीकरण गराईएको थियो ।
राप्ती सोनारी गाँउपालिका ७ फत्तेपुर स्वास्थ्य चौकीका ईन्चार्ज मनोज कुमार मिश्र र सिकलसेल फोकल पर्सन कालुराम थारुले सहजीकरण गर्नुभएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य ईन्चार्ज मिश्रले संसारमा जन्म र मृत्यु शाश्वत धु्रबसत्य रहेको र यस्लाई कसैले फेर्न नसक्ने भएकाले सामान्य मानिस र सिकलसेलका बिरामीहरुले खानपान र आहारबिहारमा ध्यान दियो भने जिवन बराबरी नै बाच्न सकिने बारे जानकारी गराउनुभएको थियो ।


सिकलसेलका बिरामीहरुले दुखाई कम गर्नका लागि बिशेषतः खानपीन र आहारबिहरमा ध्यान दिनुपर्ने बताउदै शरिरको दुखाई पानीले कम हुने हुदा सामान्य मानिसले पिउने पानी भन्दा सिकलसेलका बिरामीहरुले दुई गुणा बढी पानी पिउनुपर्ने आवश्यक्ता रहेको जानकारी गराउदै शरिरको दुखाई कम गर्नका लागि गाँउसमाजमा शरिर मालिस गर्ने, धामीझाक्री गुरुवा कहाँ पुग्ने चलन छ यस्ता अन्धबिश्वासमा नर्पन र नफस्नका लागि सबैलाई आग्रह गर्नुभएको थियो ।

सिटामोल वा डाक्टरले दिएको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने, श्वास फेर्न गाह्रो र दुखाई बढी भएमा तुरुन्तै अस्पताल जानुुपर्ने बताउदै
सिकलसेलका बिरामीहरुलाई रगत चढाउनुपर्ने हुन सक्छ, श्वास प्रश्वासमा सहजताका लागि अक्सीजन दिनुपर्ने अवस्था पनि आउन सक्छ तर्सथ बिरामीहरुको अवस्था हेरेर तुरुन्तै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा लैजानुपर्ने बारे स्वास्थ्य ईन्चार्ज मिश्रले जानकारी गराउनु भएको थियो । यसैगरी सिकलसेलका फोकल पर्सन कालुराम थारुले सिकलसेलका बिरामीहरु मानसिक रुपमा कमजोर हुनुहुदैन् अथवा गाँउसमाजले आफुलाई हेयको भावले हेरेको छ कि भनेर भ्रम पाल्न पनि हुदैन् तर दिनहु शारिरिक ब्यायम, मन र दिमागलाई सकारात्मक उर्जा दिने खालका खुराकहरु हेर्ने र सुन्ने बानीको बिकास गर्नुपर्ने बारे सहजीकरण गर्नुभएको थियो ।

नहरमा फोहर जम्मा भएपछी पानी बग्न गाह्रो भएजस्तै मानिसको शरिरमा रहेको रक्तसंञ्चार प्रणालीमा रगत प्रवाह नहुदा शरिरमा दुखाई बढ्नु यस रोगको मुख्य लक्षण भएकाले दुखाई ब्यवस्थापनका लागि पर्याप्त मात्रामा पानी पिउनु नै यस रोगको मुख्य घरेलु उपचार रहेको थारुले जानकारी गराउनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा फोकल पर्सन कालुराम थारुले सिकलसेल प्रभावितहरु सँग केहि जिज्ञासा छ कि भनेर प्रश्न गर्दा सहभागीहरुले महिनावारीमा हुने दुखाई, गडबडी, थाईरोइड, सुगर रोग लागेका सिकलसेलका बिरामीहरुलाई मात्रै रगत चढाउनुपर्ने हुन्छ वा के हुन्छ भनी पालैपालो प्रश्न सोध्नुभएको थियो भने ति प्रश्नको जवाफ अन्तरक्रियात्मक तरिकाले थारुले दिनुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि राप्ती सोनारी गाँउपालिका वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुले चिन्ता र आफै डाक्टर बन्ने मानसिकता बाट हामी सबैजना मुक्त भयौ भने सिकलसेल रोगका प्रभावितहरुले पनि स्वस्थ्य जिवनयापन गर्न सकिने भनाई राख्नुभएको थियो भने समय समयमा स्वास्थ्य चेकजाँच गरी बिबाहकुण्डलीको प्रयोग गरेर बिबाह गरियो भने सिकलसेल न्युनिकरण गर्न सकिने बताउनुभएको थियो । यसैगरी यस क्षेत्रमा रहेका बिद्यालयहरुलाई लक्षित गरी पुनः सिकलसेलको शिबिर संञ्चालन गर्न पाए त्यसले बिपन्न नागरिकहरुको स्वास्थ्य अवस्था बारे जानकार हुने हुदा उक्त शिबिर संञ्चालन गर्नका लागि सहयोगको माग गर्नुभएको थियो । सरकारले फ्रि चेकजाँच भनेतापनी अन्य बिभिन्न रोगहरु चेकजाँच गरेर अनावश्यक पैसा असुल्ने गरेको कुरा यहि शिबिर आएपछी मात्रै आफुले नागरिकहरुको दुखेसो पिडा थाहा पाएको समेत भनाई राख्नुभएको थियो । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकामा आएर सिकलसेल बारे शिबिर संञ्चालन, बिरामी पहिचान, पहिचान पश्चात परामर्श, तत्पश्चात दुखाई ब्यवस्थापन जस्ता कार्यक्रमहरु संञ्चालन गरेर यस क्षेत्रका नागरिकहरुलाई सेवा दिएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।


सल्लाहाकार सोगतवीर चौधरीले संस्थाले बाँकेमा आयोजना गरेको स्वास्थ्य शिबिरबाट ७७ जना सिकलसेलका बिरामीहरु पहिचान गरी उहाँहरुको दुखाई ब्यवस्थापनका लागि अहिले यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बताउदै आगामी दिनमा बालबालिकाहरुको लागि छात्रबृत्ति कार्यक्रमको आयोजना गरिने समेत जानकारी गराउनुभएको थियो । यसैगरी संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले समुदायको उत्थान र सशक्तिकरणका लागि बिबिध कार्यक्रहरु संञ्चालन गर्दै आएको बताउनुभएको थियो ।

संस्थाले समुन्नत समाजको सिर्जना गर्नका लागि हरेक नागरिकहरु स्वास्थ्य हुनुपर्ने कुरालाई मध्यनजर गर्दै धनजनको क्षतीबाट बच्न र सचेतनाका लागि पनि सिकलसेल शिबिरको आयोजना गरेको भनाई राख्नुभएको थियो । शिबिर संञ्चालन पश्चात यस क्षेत्रका नागरिकहरुलाई सेवा दिन पाउँदा अधिकांश बालबालिकाहरु अर्थात भोलिको दिनमा देश बिकासका कर्णधार ति कलिला बालबालिकाहरुको लागि केहि गर्न सके अत्यन्त पुण्यको काम हुने र त्यसका लािग आफूले पनि पहल गर्ने जानकारी गराउनुभएको थियो ।


संस्थाका कार्यक्रम अधिकृत अस्मीता चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संञ्चालन सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026763