दाङमा २सय १४ वटा थ्रि जिरो क्लब
December 22, 2023: Dang Ghorahi:
तीन शुन्यको परिकल्पना अनुसार बिश्व सिर्जना गर्ने उद्देष्यले शून्य कार्बन उत्सर्जन, गरिबी अन्त्य गर्न, शून्य धन एकाग्रता र सबैमा उद्यमशीलता जारी गरेर शून्य बेरोजगारी गराउने उद्देष्यका साथ दाङ जिल्लामा थ्रि जिरो क्लब गठन गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङले जिल्लाको बिभिन्न बिद्यालय तथा समुदायका १२देखी ३५बर्ष उमेर समुहका लाई आवद्ध गराई २सय १४ वटा थ्रि जिरो क्लब गठन गरेको छ ।
नोबेल शान्ति पुरस्कार बिजेता प्रोफेसर मोहम्मद युनुसले बिश्वलाई नै थ्रि जिरोको अवधारणा अनुसार ३ कुरालाई शुन्यतामा झार्न युवाहरुलाई हाम्रो समयको सबैभन्दा महत्वपूर्ण सामाजिक र वातावरणीय समस्याहरु समाधान गर्न उद्यमशीलताको भावनाले सोच्न, सिर्जना गर्न र नेतृत्व गर्न प्रेरित गर्नु नै थ्री जिरो क्लबको लक्ष्य रहेको उहँको भनाई रहेको छ ।
क्लब गठन पश्चात क्लब मार्फत युवाहरुले समुदाय तथा बिद्यालयमा गरिएका क्रियाक्लाप बाट सम्बन्धीत बिद्याययका शिक्षक तथा अभिभावकहरु निक्कै उत्साहित हुनुभएको छ । मेरिल्याण्ड पब्लीक एकेडमीका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठले आफनो बिद्यालयका बालबालिकाहरुलाई सामाजिक उत्तरदायित्व र कर्तब्यबोध गराउनमा यस क्लबले निक्कै सहयोगी भुमिका खेलेको बताउनुभयो ।
क्लबमा आवद्ध भएपछि टोल सरसफाई, तिहारको लागि हजारी फुल उत्पादन, मह उत्पादन तथा बजारीकण सँगै केहि क्लबका युवाहरुले च्याउ खेति गरी च्याउ बिक्री गरेर आफुलाई आवश्यक पर्ने कापि कलमको जोहो समेत गर्दै आईरहेका छन् । ब्यवहारिक रुपमा पैसा कसरी आर्जन गर्न सकिन्छ भन्ने कुरा पनि आफु क्लबमा आवद्ध भएपछि मात्रै सिकेको घोराही १६मा गठन भएको थ्रि जिरो क्लबका सदस्य श्रवण चौधरीको भनाई रहेको छ ।
“आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने” परिकल्पना अनुसार संस्थाले समाज रुपान्तरणका लागि समुदायमा बिभिन्न क्रियाकलापहरु गर्दै आएको छ, अहिले संस्थाले थ्रि जिरो क्लबको अबधारणालाई समेत अगाडी सारेर युवाहरुलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन र देश बिकास सँगै स्वदेशमा स्वरोजगार सिर्जना गर्नका लागि युवाहरुको भुमिका अपरिहार्य छ भन्ने मान्यता अनुरुप थ्रि जिरो क्बलको गठन गर्दै आएको छ । युवाहरुलाई उद्यमशिलता, सामाजिक उत्तरदायित्वबोध सहित ब्यवहारिक ज्ञान सिप सिकाउनका लागि संस्थाले भुमिका निर्बाह गर्न थालेको अध्यक्ष आसमानी चौधरीको भनाई रहेको छ ।
सकारात्मक परिवर्तन एक्लैले सम्भव नहुने र शुरुवातमा कठिन भएपनि अन्तत त्यसले सफलता प्राप्त गर्ने भएकाले थ्रि जिरो क्लब मार्फत युवाहरुलाई समेटेर काम गर्नका लागि समुदायका सम्पुर्ण अभिभावक ज्युहरुलाई सहयोगी बनिदिन अध्यक्ष चौधरीले अनुरोध गर्नुभएको छ ।







