झुल बितरण कार्यक्रम
3Jun, 2026
ग्रामीण महिला उत्थान केन्द्र दागंले मिति २०८३ साल जेष्ठ १२ गतेका दिन राप्ती गाँउपालिका ४ मौरीघाटमा सुपानेट झुल बितरण गरेको छ ।

ग्रामीण महिला उत्थान केन्द्रका सल्लाहाकार तथा आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीले झुल बितरण कार्यक्रममा बोल्दै बढ्दो तराईको गर्मी र गर्मीका समयमा देखिने मच्छर र मच्छरको टोकाइ बाट बच्नका लागि झुल बितरण कार्यक्रम गरिएको भनाई राख्नुभएको थियो । विगतका दिनहरु भन्दा अहिले समाज परिवर्तन हुदै गएको छ तर हाम्रो समाजले अझैपनी महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको छैन् महिला जहिले पनि दोश्रो दर्जाको रुपमा हेरिन्छीन् । यो सबै हुनुको कारण सम्पती र शक्तिमा महिलाहरुको पहुँच नपुगेकै कारण महिला पिल्सीएर बस्नुपरेको भनाई राख्नुभएको थियो । तर आजभोलि गाँउ समुदायमै पुगेर महिला समुह जमानीकै आधारमा केहि गर्छौ भन्ने उत्साह, जोश, जागर भएका महिलाहरुका लागि लघुबित्त संस्थाहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको भनाई राख्नुभएको थियो ।

जबसम्म महिला स्वयम आफैले पैसा कमाउन सक्दैनन् तवसम्म महिलाहरुलाई यो समाजले दोश्रो दर्जाको रुपमा सम्बोधन गरिरहने हुदा महिला समुह, लघुबित्त संस्था, सहकारी र बिभिन्न संघ संस्थाहरुमा आवद्ध भएर आयआर्जनका लागि आफनो सिपको प्रयोग गर्न सम्पुर्ण महिलाहरुलाई सुझाब समेत दिनुभएको थियो । साथै विपन्न, सिमान्तकृत समुदायका लागि फस्ट माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व कोष अन्र्तगत स्वास्थ्य अवस्थालाई मध्यनजर गरी झुल बितरण कार्यमा आर्थिक सहयोग गरेकोमा धन्यबाद दिनुभएको थियो ।

कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत अस्मीता चौधरीले संस्थाले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ २०५१ साल देखी समुदाय केन्द्रित भएर दागं जिल्लाका बिभिन्न स्थानहरुमा कृषि, पशुपालन, स्वास्थ्य, शुसासन, विपद् ब्यवस्थापन, आवास लगायतका कार्यक्रमहरु गर्दै आईरहेको भनाई राख्नुभएको थियो । देउखुरीमा अत्यधीक गर्मी का कारण मच्छर, सर्प लगायतको जोखिम र मच्छर बाट लाग्ने रोगलाई न्युनिकरण गर्नका लागि संस्थाले राप्ती गाँउपालिकाको वडा नम्बर ४ मौरीघाटमा ५० जना महिलाहलाई झुल बितरण गरेर थोरैभएपनी राहतको काम गरेको भनाई राख्नुभएको थियो । साथै झुल बितरण कार्यका लागि आर्थिक रुपमा सहयोग गर्ने संस्था र समन्वय तथा सहकार्य गरी आवश्यक लाभान्वित बर्गसम्म झुल बितरण कार्यलाई सहयोग गर्ने आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडलाई धन्यबाद तथा आभार ब्यक्त गर्नुभएको थियो ।

यसैबिच झुल प्राप्त गरेपछी आफुलाई अत्यन्त खुशी लागेको र संस्थाले सदस्यहरुको लागि केहि सहयोग गर्ने रहेछ भन्ने आभाष भएको भनाई राप्ती गाँउपालिका निवासी लरैनी चौधरीले बताउनुभएको थियो । चौधरी जस्तै खुशी हुनुहुन्थ्यो अर्की सदस्य अनिता चौधरी उहाँले झुल बितरण गरेर आफुलाई सहयोग गरेकोमा धन्यवाद दिदै अबका दिनमा छोराछोरीको शिक्षा तथा कृषि क्षेत्रमा सहयोगको अपेक्षा समेत राख्नुभएको थियो ।

फस्ट माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लिमिटेड र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडको समन्वय तथा सहकार्यमा राप्ती गाँउपालिका ४ मौरीघाटका ५० जना महिलाहरु लाई सुपानेट झुल बितरण गरिएको थियो । शाखा प्रबन्धक दशरथ चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रका सूचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो ।





