चन्द्रा वकावलको, भुकम्प प्रतिरोधात्मक घरको शिलान्यास « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

चन्द्रा वकावलको, भुकम्प प्रतिरोधात्मक घरको शिलान्यास

Please follow & like us :)

28 Sept, 2026

ग्रामीण महिला उत्थान केन्द्र, NIVAS र गढवा गाँउपालिका सँगको समन्वय तथा साझेदारीमा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमिमा महिलाको स्वामित्व सचेतना/पैरबी परियोजना अन्र्तगत मिति २०८३ साल भाद्र ३१ गतेका दिन गढवा गाँउपालिका वडा नम्बर १ निवासी चन्द्रा वकावलको भुकम्प प्रतिरोधात्मक घरको शिलान्यास सम्पन्न गरियो ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, गढवा गाँउपालिकाका कार्यवाहक अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यता, वडा अध्यक्ष बाबुराम अधिकारी र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालको बिशिष्ट आतिथ्यतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरु जो बिपन्न र पछाडी परेका छन् उनिहरुको उत्थान, सुरक्षित आवासका लागि परियोजनाको मापदण्ड भित्र रहेर घर हस्तान्तरण गर्न पाउदा आफुलाई पुण्यको कर्ममा जोडिएको आभाष हुने गरेको बताउनुभयो ।

ग्रामीण महिला उत्थान केन्द्र सँग आफनो चिनारी पुरानो रहेको बताएकी चौधरीले त्यस संस्थामा कर्मचारी भएर काम गरेको अनुभव समेत सुनाउनुभएको थियो । महिलाहरुको उत्थानका लागि संस्थाले बिगतदेखी गर्दै आएका कदमहरु अत्यन्त सराहनीय रहेको र आफनो कार्यकाल पश्चात पनि संस्थाले यस्ता निमुखा, एकल महिला र बालबालिकाहरुको उत्थानका लागि गाँउपालिका सँग सहकार्य गरेर कार्य गर्नका लागि अनुरोध समेत गर्नुभएको थियो ।


कार्यक्रममा बिशिष्ट अतिथि वडा अध्यक्ष बाबुराम अधिकारीले बर्षौदेखी महिलाहरुको उत्थानका लागि सत्कर्म गर्दै आईरहेको र अहिले पनि गााँउपालिका सँग साझेदारी मार्फत बिभिन्न कार्यक्रमहरु गर्दै आएकोमा हाल बिपन्न, एकल महिला र १६ बर्ष मुनिका बालबालबालिकाको लागि घर बनाउने पुण्यको काम गरेकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो भने यो पुण्यको कर्ममा आफनो वडामा अत्यन्त नाजुक अवस्थामा रहेकी चन्द्राको परियोजनाको मापदण्ड अनुरुप घर बनाउने कार्यलाई अगाडी बढाईदिएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत कृष्ण पौड्ेलले सन् २०२४ देखी यस गाँउपालिकामा संञ्चालन भएको यस परियोजनाले गाँउपालिका को कामलाई सहज बनाउने र महिला तथा बालबालिकाहरु लाई बेघर हुन बाट जोगाएको बताउनुभएको थियो ।


कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले घर भौतीक संरचना सँग जोडिएको बिषय भएको हुदा घर छनौट देखी घर बनाएर हस्तान्तरण गर्दा सम्म सम्पुर्ण मापदण्डलाई पुरा गरेर मात्र कार्य गरिएको भनाई राख्नुभएको थियो । लाभान्वित परिवार छनौट गर्दा गाँउटोल, वडा हुदै कार्यपालिका सम्म पुगेर अन्तिम निर्णय गर्ने र घर बनाउदा पनी बोलपत्र आवह्नबाट छनौटमा परेको कन्सलटेन्सी मार्फत कार्य गरिने बताउनुभएको थियो ।

आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुसार स्थापना भएको यस संस्थाले महिलाहरुको उत्थानका लागि घर मात्र बनाउदैन घर सँगै अनेकन कार्यहरु समेत गर्दै आएको भनाई राख्नुभएको थियो । यस बर्ष गढवा गाँउपालिकामा निर्माण हुने घरहरु मध्ये एउटा घर भुकम्प प्रतिरोधात्मक साथै अपांमैत्री घर निर्माण गरिने र सो घरको सम्पुर्ण लागत रकम परियोजना बाट भुक्तानी गरिने भनाई राख्नुभएको थियो ।


स्वागत सहित कार्यक्रमको उद्देष्य माथि प्रकाश परियोजना संयोजक पार्वती बस्नेतले गर्नुभएको थियो भने सो कार्यक्रममा गढवा गाँउपालिकाका भौतीक पुर्वाधार तथा बिकास शाखाका प्रमुख बिनय कुमार यादब, प्राबिधिक चन्द्र प्रसाद वली, टोल बिकास समितिका अध्यक्ष त्रिभुवन थापा, लाभान्वित परिवारका सदस्यहरु, छरछिमेकहरु लगायतको उपस्थीती रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

027737