घोराही उपमहानगरपालिका सँग समन्वयात्मक बैठक सम्पन्न
30 June, 2026
ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग र NIVAS संस्था सँगको साझेदारीमा दाङ्ग जिल्लामा संञ्चालन हुन गईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना” Strengthening Women-Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang. परियोजनाको परिचयात्मक कार्यक्रम तथा समन्वय बैठक घोराही उपमहानगरपालिकाको सभाकक्षमा मिति २०८३ साल अषाढ ११ गतेका दिन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र घोराही उपमहानगरपालिका का नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा क्ध्ँज्ब् परियोजना बारे जानकारी गराईएको थियो । सन् २०२४ देखि दाङ्ग जिल्लाको राजपुर र गढवा गाँउपालिकामा शुरु भएको क्ध्ँज्ब् परियोजना बाट सो गाँउपालिकामा निर्माण भएका १४ वटा घरहरुको बिस्तृृत बिवरण सहित प्रश्तुतीकरण गरिएको थियो । घर निर्माणका लागि एकल महिला, १६ बर्ष मुनिका बालबालिका र महिलाको आफनो नाममा जग्गा हुनुपर्ने आवश्यक मापदण्डहरुको बारेमा प्रश्तुतीकरण गरिएको थियो । यसैगरी सन् २०२६ देखी शुरु भएर सन् २०२८ सम्म संञ्चालन हुने परियोजनाको क्रियाक्लापहरु बारे जानकारी गराईनुका साथै घर निर्माणका लागि परियोजनाका तर्फ बाट प्रतिघर रु.४लाख २५हजार रकम बिनियोजन गरिएको समेत जानकारी गराईयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका का नगरप्रमुख नरुलाल चौधरीले महिला तथा बालबालिकाहरुको सुरक्षाका लागि संञ्चालन हुन गईरहेको आवास कार्यक्रम अत्यन्त सह्रारनिय रहेको र यो कार्यक्रम सँगै ग्रामीण महिला उत्थान केन्द्र सँग साझेदारका रुपमा काम गर्न पाउदा आफुहरु अत्यन्त खुशी रहेको भनाई राख्नुभएको थियो । यो कार्यक्रम अत्यन्त प्रभावकारी हुनेछ भन्ने भनाई सहित नगरप्रमुख चौधरीले उपमहानगरपालिका ले लागत साझेदारीमा यस बर्षका लागि रु.६ लाख बजेट बिनियिोजन गरेर जम्मा ३ वटा घर निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुुभएको थियो । रातोकिताब मै मुक्त कमैया, बिपन्न, अल्पसंख्यक समुदायका एकल महिला र बालबालिकाहरुको आवास निर्माणका लागि बजेट बिनियोजन गरिएको नगरप्रमुखले भनाई राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले समुदायमा कृषि, स्वास्थ्य, आयआर्जन, बिपद् ब्यवस्थापन, शुसासन, जिबिकोपार्जन, सुरक्षित आवास लगायत कार्यक्रमहरु संञ्चालन गर्दै आएको भनाई राख्नुभएको थियो । गतवर्ष यस उपमहानगरपालिका क्षेत्रमा भूमि तथा आवास सम्बन्धी अभिमुखीकरण तालिम को आयोजना गरी महिलाहरुलाई सहभागी गराएको र यस बर्ष उपमहानगरपालिकाले ३(तिन) वटा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने योजना बनाएको हुदा ति परिवारका महिला तथा बालबालिकाहरु को आफनै आवास अर्थात घर हुने भएकाले यो भन्दा ठुलो खुसी अरु हुनै नसक्ने भनाई राख्नुभएको थियो । उपमहानगरपालिका सँगको यो साझेदारी कार्यले समुदायमा राम्रो प्रभाव पर्ने अभिब्यक्ती समेत राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, क्रमशः वार्ड नं. १, ७, १३ र १५ का वडा अध्यक्ष राममणी पाण्डे, खोपीराम चौधरी, डुल्लुप्रसाद पौडेल, रमेश कुमार पाण्डेय, सामाजिक बिकास शाखा प्रमुख, लेखा अधिकृत, ईन्जीनीयर, महिला बालबालिका शाखा प्रमुख फोकल पर्सन, योजना शाखा प्रमुख लगायतको उपस्थीती रहेको थियो ।





