घाँस खेती तर्फ आकर्षित हुदै रिता « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

घाँस खेती तर्फ आकर्षित हुदै रिता

Please follow & like us :)

13 August, 2024

दाङ्ग जिल्ला राजपुर गा. पा. वडा न. ३ खरदरिया निवासी रिता चौधरी अहिले ३५ बर्षको हुनुभयो । न्यून आर्थिक अवस्था भएकी रिता मिहेनती हुनुहुन्छ । उहाँको घरमा सासु, ससुरा, श्रीमान र ३ छोरा छोरी सहित ७ जना को परिवार रहेको छ । ज्याला मजदुरी सँगै सिजन अनुसारको ब्यवसायका साथ दुध बिक्री गरी घरखर्च चलाउदै आउनुभएको छ ।

अब्यवस्थित भैंसी पालन ले गर्दा बर्षात को समयमा झनै गाह्रो हुने गरेको थियो । यहाँका कृषकहरुको मूख्य पेशा भैंसी पालन र अन्नबाली रहेको छ । भैंसी पालन मूख्य पेशा भएतापनि यहाँका कृषकहरुमा परम्परागत शैलीबाट भैंसीपालन गरिरहेको पाइन्छ। भैसीको लागि गोठ सुधार नभएको, पोषीलो घाँस दानाका अभाव, नश्ल सुधार नभएका स्थानीय भैंसीहरु रहेको र उत्पादीत दुधको उचित मूल्य पाउन नसक्नु यहाँका किसानहरुको प्रमुख समस्या रहेको छ । भैसीको स्याहार सुसार गर्न निकै समस्या हुने घाँस दाना पानी दिन पनि दुख हुन्थ्यो तर भैसीको भकारो सुधार भएपछि भैसी पालन गर्न सजिलो भएको रिताले सुनाउनुभयो ।राजपुर गा पा , हेफर प्रोजेक्ट नेपाल र ग्रामिण महिला उत्थान केन्द्रको साझेदारीमा संचालित भिटा परियोजना अन्तर्गत गठन भएको गौरी महिला स्वावलम्वन समूहको अध्यक्ष रिता, २५ जनाको समूह गठन भए पश्चात् उक्त समूहमा आधारशिला तालिम, पशु तथा स्रोतको उचित ब्यवस्थापन तालिम, समुह ब्यवस्थापन तालिम सञ्चालन भयो । तालिम पश्चात २४ जनाको भकारो सुधार भई व्यवस्थित रुपमा भैंसी पालन गरिरहेका छन् ।


रिता चौधरी भन्नुहुन्छ “डुर निर्माण भएपछि घांस, दाना पानी, खुवाउन निकै सजिलो भएको छ । घाँसपात नोक्सान हुन पाउदैन्, भैसी दुहुन पनि सजिलो भएको छ । सफा दुध खान पाइएको छ । भकारो सुधार संगै भैंसीबाट उत्पादन बढाउन पोषिलो घाँसको अभाव पनि रहेको थियो । परियोजना बाट उपहार स्वरुप नेपियर घाँसको बेर्ना (सेतो र रातो) प्राप्त गरेपछि सुरुमा के घांस को बेर्ना दिएको होला भनी मन नलगाइ रोपे तर जब घाँस उम्रेको केही महिना पछि घाँस एकदम राम्रो भयो र भैंसीले पनि मन पराउने भएकाले यो घाँस प्रती आकर्षित हुंदै बिस्तार गर्नु पर्छ भनि मनमा लागेर थप जग्गामा घाँस बिस्तार गरें । अहिले जंगल गएर घाँस लिने र दिनभरी लगाएर एक भारी घाँस लिएर आउने जुन दुःख थियो त्यो हटेर गएको छ, आफ्नै बारीमा लगाएको पोषिलो घाँस खुवाउन पाइएको छ, समयको पनि बचत भएको छ उक्त समयमा अन्य काम गरेर आम्दानी पनि गर्न पाएको उनले बताइन् । घाँस लगाए पछि बाह्रै महिना हरियो घाँस खुवाउन पनि पाइएको छ , पोषिलो घाँस पाएर होला भैसीले दिने दुधको मात्रा पनि बढेको छ । त्यसैले आगामी दिनमा घाँस खेतीलाई बिस्तार गरी गोठमा भैसी पनि थप गर्ने योजना रहेको रिताले बताउनुभयो । हामीले नजानेर दुःख बिसाउदै आएका रहेछौ तर परियोजनाले तालिम दिएर भैसीपालन ब्यवसाय गर्नलाई झनै उर्जा थपिदिएको छ भन्दै परियोजना सबैलाई धन्यबाद दिनुभयो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022799