घर शिल्यान्यासका साथै श्रमदान कार्य
12 Oct, 2025
गढवा गा.पा. ४ कट्यानगाँउ निवासी प्रमिला चौधरी र १३ बर्षिया छोरी एलिना चौधरी आज बिहानै देखी फुलको माला बनाउने, पुजा गर्ने सामान जुटाउने कार्यमा ब्यस्त हुनुभयो, ब्यस्तताका बाबजुद उहाँको मुहारमा खुशीका धर्साहरु देखिन्थे, उहाँहरु खुशी हुनुको एउटै कारण थियो, प्रमिला र एलिना बस्ने घर निर्माणको लागि मिति २०८२ साल भदौ २२ गतेका दिन घरको शिल्यान्यास तथा १ दिने श्रमदान कार्य हुदैथियो ।

सो कार्यका लागि मेट लाईफ फाउण्डेसन, NIVAS ग्रामीण महिला उत्थान केन्द्र दागं र गढवा गाँउपालिका सँगको साझेदारीमा महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमीमा महिलाको स्वामित्व सचेतना/पैरबी परियोजना अन्र्तगत प्रमिला चौधरीको २ वटा कोठाको भुकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण हुन थालेको थियो। यसरी आफु बस्ने घरको निर्माण कार्यका लागि शिल्यान्यास कार्यक्रम र १ दिने श्रमदान गरी घर निर्माण कार्य गर्नका लागि मेट लाईफ नेपाल, ल्क्ष्ख्ब्क् संस्थाका प्रतिनिधि, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष तथा संञ्चालक समितिका पदाधिकारी र गढवा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष सहितको उपस्थीतिमा घर निर्माणको कार्य गरिराख्दा आफुलाई अत्यन्त खुशी लागेको र आफु केहि भावुक भएको प्रमिलाको भनाई थियो ।


ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता एंव मेट लाईफ नेपालका क्षेत्रिय प्रबन्धक शशिधर पराजुलीको बिशिष्ट आतिथ्यता, गढवा गा.पा. उपाध्यक्ष शारादा कुमारी चौधरी र वार्ड नम्बर ४का अध्यक्ष हरिभगत चौधरीको बिशिष्ट आतिथ्यतामा प्रमिला चौधरीको घरको शिल्यान्यास गरिएको थियो ।

NIVAS संस्थाका ईनोभेसन एण्ड ईम्प्याक्ट डाईरेक्टर सुष्मा श्रेष्ठले स्वागत तथा कार्यक्रमको उद्धेष्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा मेट लाईफ नेपालका क्षेत्रिय प्रबन्धक शशिधर पराजुलीले ग्रामीण बस्तीका, सिमान्तकृत समुदायका, एकल महिला तथा बालबालिकाहरुका लागि सुरक्षित आवास निर्माण गर्ने कार्यमा सहभागी हुन पाउँदा आफुलाई अत्यन्त खुशी लागेको भनाई राख्नुभएको थियो, आफु कार्यरत संस्थाको मुख्य कार्यालयले (मेट लाईफ फाउण्डेन) मार्फत यत्ति पुयण्को काममा जोडिन पाउँदा आफुलाई अत्यन्त आनन्दको अनुभुति भएको भनाई सहित आगामी दिनमा यस्ता घरहरु धेरै भन्दा धेरै निर्माण हुनुपर्ने र ति लाभान्वित परिवारलाई स्वरोजगार बनाउन र ति परिवारका बालबच्चाहरुको शिक्षामा सहयोग गर्नका लागि संस्थामा पनि आफुले पहल गर्ने भनाई राख्नुभएको थियो ।

कार्यक्रममा गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गतबर्ष देखि ग्रामीण महिला उत्थान केन्द्र सँग जोडिएर बिपन्न, सिमान्तकृत समुदायका एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरु जस्को बस्ने बाँस (घर) छैन् त्यस्ता ब्यक्तिहरुको लागि समन्वय तथा साझेदारी मार्फत घर निर्माणको कार्य गर्दै आएकोमा यसवर्ष पनि सोहि कार्यलाई निरन्तरता दिन पाउदा सिंगो पालिका नै संस्थाप्रति आभारी रहेको भनाई राख्नुभएको थियो ।

घर निर्माणको कार्य अत्यन्त पुण्य तथा सराहनिय कार्य भएकोले यस पालिका क्षेत्र भित्र यस्ता धेरै घरबारबिहिनहरु छन् तिनिहरुको घर निर्माणका लागि संस्थाले धेरै भन्दा धेरै घर निर्माण गर्ने गरी कार्यक्रम ल्याउनका लागि आग्रह समेत गर्नुभएको थियो । घरको शिल्यान्यासपश्चात १ दिनका लागि सोहि घर बनाउने कार्यमा सहभागी भई श्रमदान गर्न पाउदा आफुलाई निक्कै आनन्द लागेको र यस्तो कार्यले त्यो लाभान्वित परिवार तथा समुदाय सँग अझै घुलमिल हुने बातावरणको सिर्जना हुने तथा श्रमदान कार्यमा सहभागी भईरहदा लाभान्वित परिवारलाई समेत अपनत्वको बोध हुने भनाई राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गढवा गाँउपालिका उपाध्यक्ष शारादा कुमारी चौधरीले आफुपनि स्वयम महिला भइरहदा महिलाको पिडा कत्ति हुन्छ भन्ने आभाष रहेको र अहिले एकल महिलाहरुको लागि ग्रामीण महिला उत्थान केन्द्र सँग जोडिएर घर निर्माण गरिदिन पाउदा निक्कै खुशी आन्नद लागेको भनाई राख्नुभएको थियो । यो घर निर्माण भईरहदा महिलाहरु स्वयम जग्गाको पनि मालिक बन्न पाईरहेका छन् तर्सथ यो परियोजनाले महिलाहरुको आर्थिक शसक्तीकरणका लागि भुमिमा महिलाहरुको पहुँच का लागि पैरबी गर्ने कार्य निक्कै सह्रानिय पाईएको छ तर्सथ घर निर्माणका लागि आफुले गर्नुपर्ने सहयोग सबै ठाँउमा गर्नका लागि कत्तिपनि कन्जुस्याई नगर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा गढवा गाँउपालिका वडा नंम्बर ४ का अध्यक्ष हरिभगत चौधरीले गतवर्ष देखी शुरु भएको यो परियोजना मार्फत अहिले आफनो वडामा बिपन्न सिमान्तकृत समुदाय, एकल महिलाको घर बन्न लागेको र सो घरको शिल्यान्यास तथा १ दिने श्रमदान कार्यमा आफुपनि सहभागी हुन पाउदा निक्कै पुण्यको काममा सहभागी हुन पाईयो भन्ने लागेको भनाई राख्नुभएको थियो भने घरनिर्माण गर्ने यो कार्यले बिपन्न समुदायका एकल महिलाहरु कोहिपनी घरबारबिहिन हुने छैनन् भन्ने एउटा आशा जागेको भनाई राख्नुभयो ।

कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले मेट लाईफ फाउण्डेसन, NIVAS संस्थाद्धारा ग्रामीण महिला उत्थान केन्द्र दागं र गढवा गाँउपालिका सँगको साझेदारीमा दागं जिल्लाको घोराही उपमहानगरपालिका, राजपुर गाँउपालिका र गढवा गाँउपालिकामा संञ्चालन भईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमीमा महिलाको स्वामित्व सचेतना/पैरबी परियोजना” अन्र्तगत गढवा गा.पा.४ कट्यानगाँउ स्थिीत प्रमिला चौधरीको घर निर्माणको लागि शिल्यान्यास कार्यक्रम तत्पश्चात सोहि घर निर्माणको लागि १ दिने श्रमदान (भोलिन्टीयर) कार्य गर्नका लागि मेट लाईफ नेपाल, NIVAS संस्था, सिँगो गढवा गाँउपालिका, ईन्कलुसिभ डिजाईनर्स एण्ड बिल्डर्स, लाभान्वित परिवार र समुदायले देखाएको यो चासो, उत्साह र सहयोगका लागि हृदयदेखि धन्यवाद सहित आभार ब्यक्त गर्नुभएको थियो ।

संस्थाले गतवर्ष यस पालिकामा बिपन्न तथा सिमान्तकृत समुदायका एकल महिला तथा १६ बर्ष मुनिका बालबालिकाहरुका लागि ४वटा घर निर्माण गरी हस्तान्तरण गरेको स्मरण गराउदै सोहि लाभान्वित परिवारका केहि सदस्यहरुलाई संस्थाद्धारा संञ्चालीत अन्य परियोजनामा आवद्ध गराई आयआर्जनका लागि समेत जोडिसकेको भनाई राख्नुभएको थियो । यसबर्ष पनि भुकम्प प्रतिरोधात्मक ४वटा घरहरु निर्माण हुने र तिनै ४ वटा घरहरु मध्ये १वटा घर भुकम्प प्रतिरोधात्मक सँगै अपांगमैत्री हुने भनाई राख्नुभएको थियो । संस्थाले यस बर्ष परियोजना मार्फत भूमि तथा आवास साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि संञ्चालन गर्ने भएकोले यसबर्ष भूमिहिन, सुकुम्बासी, मुक्तकमैया, अब्यवस्थीत बसोबासी समुदायका करिब ४सय महिलाहरुलाई भूमि तथा आवास साक्षरता सम्बन्धी अभिमुखीकरण गर्ने भनाई राख्नुभएको थियो ।

शिल्यान्यास कार्यक्रम पश्चात श्रमदानका लागि गढवा गाँ.पा. का अध्यक्ष, उपाध्यक्ष, सम्बन्धीत वडा अध्यक्ष, प्रेस संयोजक, मेट लाईफ नेपालका क्षेत्रिय प्रबन्धक सहितको टिम, निवास संस्थाका प्रतिनिधि, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष तथा संञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ईन्कलुसिभ डिजाईनर्स एण्ड बिल्डर्सका प्रतिनिधि, लाभान्वित परिवार र समुदायका बुद्धिजिबीहरुको समेत सहभागितमा १दिने श्रमदान कार्य गरिएको थियो ।





