घरको शिल्यान्यास हुदाँ कक्रहवा टोलबासी खुशी « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

घरको शिल्यान्यास हुदाँ कक्रहवा टोलबासी खुशी

Please follow & like us :)

24 Sept, 2025

मिति २०८२ भाद्र २० गतेका दिन ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, गढवा गा.पा.अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता र वार्ड नं. ५ का अध्यक्ष लेखराज थापाको बिशिष्ट आतिथ्यतामा गढवा गा.पा. ५ कक्रहवा निवासी जिबि बि.क.को घरको शिल्यान्यास गरिएको छ ।


शिल्यान्यास कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोखे्रलले बिपन्न, अल्पसंख्यक समुदायका, अपांग, एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुका लागि बस्ने घर निर्माण गरिदिने यस परियोजनाले गरिबहरुलाई बेघर हुन बाट बचाएको र पछाडी पारिएको बर्ग र समुदायका लागि पनि कोहि छ भन्ने आभाष दिएको बताउदै गतबर्ष देखी पालिकाले परियोजना सँग साझेदारका रुपमा काम गर्ने अवसर प्राप्त गरेकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो ।
बिशिष्ट अतिथि वार्ड नं. ५ का अध्यक्ष लेखराज थापाले अपांग, अशक्त बिपन्न महिलाको लागि बस्ने सुरक्षित घर निर्माण गर्ने “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना” Strengthening Women- Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang. परियोजना सँग साझेदारी मार्फत समुदायमा काम गर्न पाउँदा पाउनुपर्ने ब्यक्तिहरुले नै सेवा पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो भने समुदायमा यदि कसैले मेरो कारण तपाईले घर पाउनुभयो भन्छ भने त्यो गलत सन्देश रहेको बताउदै यस परियोजनाको आफनै मापदण्ड रहेकोले परियोजनाको मापदण्ड भित्र रहेर अत्ति आवश्यक ब्यक्तिहरुले मात्र सो परियोजना मार्फत सेवा प्राप्त गरेको भनाई राख्नुभएको थियो । त्यत्तिमात्रै नभई महिलाहरुलाई जग्गाको स्वामित्वको मालिक बनाउने र महिलाहरुको पनि जमिनमा अधिकार छ है भन्ने कुरा बारे समुदायमा सचेतना प्रदान गरि अधिकार प्राप्तीका लागि पैरबी गर्दै आएको भनाई राख्नुभएको थियो ।


कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले ग्रामीण महिला उत्थान केन्द्र दागं र NIVAS संस्थाको साझेदारीमा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना Strengthening Women- Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang.  परियोजना अन्र्तगत जिबि बि.क.को घर निर्माण हुन लागेको भनाई राख्नुभयो । सन् २०२४ मा पनि महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण Strengthening Women- Led Families through Safe Housing in Rural Dang.  (SWFH) परियोजना बाट गढवा गा.पा.मा ४ वटा घर निर्माण भएको स्मरण गर्दै यस बर्ष पनि ४ वटा घर निर्माण हुने जानकारी गराउनुभएको थियो ।


शिल्यान्यास कार्यक्रममा टोल बिकास समितिका अध्यक्ष मालती आर्चाय, टोल सदस्य हिमाली थापा, ईन्कुलुसिप डिजाईनर्स एण्ड बिल्डर्सका प्रतिनिधि शंकर चौधरी, टोल तथा समुदायका अगुवा, बुद्धिजिवी, जिबि बि.क.को घरपरिवार लगायतको उपस्थीतिमा शिल्यान्यास गरिएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394