ग्रामीण महिला उत्थान केन्द्रले गर्यो बार्षिक समिक्षा र अभिमुखीकरण कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

ग्रामीण महिला उत्थान केन्द्रले गर्यो बार्षिक समिक्षा र अभिमुखीकरण कार्यक्रम

Please follow & like us :)

25 September, 2026

ग्रामीण महिला उत्थान केन्द्र दाङ्गले आर्थिक बर्ष २०८२/२०८३ को बार्षिक समिक्षा र अभिमुखीकरण कार्यक्रम मिति २०८३ साल भाद्र ०२ गतेका दिन सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक सल्लाहाकार तथा आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा आर्थिक बर्ष २०८२/२०८३ मा सम्पन्न भएका क्रियाक्लापहरुको उपलब्धी, चुनौती, समस्या र अवसर लगायतका बिषयमा छलफल गरिएको थियो ।


“आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ गुन्द्रीमा बसेर कागजको खोस्टो र कलम बाट शुरु गरिएको यस संस्थालाई यहाँसम्म ल्याउन अध्यक्ष ज्यु सहित पदाधिकारीहरुको अत्यन्त महत्वपुर्ण भुमिका रहेकोे र संस्थामा आवद्ध कर्मचारीहरुले पनि आफनो कर्तब्य समयमा निर्वाह गरेमा त्यसले नतिजा राम्रो दिने कार्यक्रमका प्रमुख अतिथिले भनाई राख्नुभएको थियो” । समाजमा संस्थाको आफनै पहिचान स्थापित भईसकेको हुदा त्यो पहिचानलाई कायम राख्नका लागि सम्पुर्ण कर्मचारीहरुले आफनो जिम्मेवारी तथा उत्तरदायित्व समयमै निर्वाह गर्नु नै आवश्यक्ता रहेको कार्यक्रमका प्रमुख अतिथिको भनाई थियो ।


उद्धघाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष आसमानी चौधरीले आर्थिक बर्ष २०८२/२०८३ मा संस्थामा संञ्चालन भएका बिभिन्न परियोजनाको लक्ष्य/उद्देष्य प्राप्तीका लागि भएका क्रियाक्लापहरु र ति क्रियाक्लाप सम्पन्न गर्दा हासिल गरेका उपलब्धी, चुनौती, अवसर, समस्या, कर्मचारीको अनुभव÷अनुभुती, भोगाई लगायतका बिषयहरुको लागि बार्षिक समिक्षात्मक तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको भनाई राख्नुभएको थियो । हाल मात्रै संस्थामा संञ्चालन भईरहेका परियोजना बाट पनि हजारौ महिला तथा घरपरिवारको आर्थिक क्षेत्रमा अतुलनिय सहयोग भएको र संस्थाले दिएको जिम्मालाई अहोरात्र खटेर सम्पन्न गर्नुहुने सम्पुर्ण कर्मचारीहरुलाई धन्यबाद समेत दिनुभएको थियो । कार्यक्रमको उद्धघाटन सत्र पश्चात संस्था बाट संञ्चालीत आर्थिक बर्ष २०८२/२०८३ मा भएका बिभिन्न परियोजनाहरुको प्रश्तुतीकरण तथा समिक्षात्मक छलफल गरिएको थियो ।


“महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भूमिमा महिलाको स्वामित्व सचेतना/पैरबी” परियोजनामा कार्यरत कार्यक्रम संयोजक पार्वती बस्नेतले परियोजनाको लक्ष्य, उद्देष्य, योजना, लगायतका बिषयमा प्रश्तुतीकरण मार्फत जानकारी दिदै सन् २०२४ देखी राजपुर र गढवा गाँउपालिका बाट शुरु भएको यस परियोजनाले हालसम्म १४ वटा भुकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माण गरेर हस्तान्तरण गरिसकेको बताउनुभएको थियो । हाल दागं जिल्लाको घोराही उपमहानगरपालिका, राजपुर र गढवा गाँउपालिकामा गरी जम्मा १८ वटा घर निर्माण गर्ने योजना रहेको ले यसका लागि बिपन्न, सिमान्तकृत र अल्पसंख्यक समुदायका एकल महिला र १६ बर्ष मुनिका बालबालिका हुनुपर्ने भनाई राख्नुभएको थियो। परियोजनाले घर मात्र दिदैन् घर सँगै महिलाहरुलाई भुमिमा पहँुच स्थापीत गर्नका लागि सहयोग गर्ने, आयआर्जनका लागि तालिम तथा बस्तु उपहार दिने, उनिहरुको छोराछोरीका लागि छात्रबृत्तिमा सहयोग प्रदान गर्ने, आवश्यक फर्निचरका सामाग्री हस्तान्तरण गर्ने लगायतको काम गर्दै आईरहेको बताउनुभएको थियो । परियोजनाको लक्ष्य प्राप्तीका लागि सामुहिक कार्य, कार्ययोजना र समन्वयात्मक सहकार्यका साथ क्रियाशिल भई काम गर्यो भने नतिजा प्राप्त गर्न सकिने भनाई राख्नुभएको थियो ।


“कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” बाट आर्थिक बर्ष २०८२/२०८३ मा सम्पन्न क्रियाक्लापहरु बारे सामुदायिक सहजकर्ता रामबरण यादबले प्रश्तुतीकरण गर्नुभएको थियो । गाँउमा महिला समुह गठन गरेर उनिहरुलाई बाख्रापालन, भैसीपालन, भकारो, खोर सुधार, तरकारी उत्पादनका लागि प्राबिधिक तथा बिउबिजन सहयोग गरेर उत्पादन भएका बस्तुहरुको बजारीकरणका लागि सहकारी मार्फत बिक्री गर्ने कार्य कुनै चानचुने कार्य नभएको भनाई राख्नुभएको थियो । राजपुर गाँउपालिका बिकट क्षेत्र तर यस परियोजनाकै कारण महिलाहरु सशक्त हुन् थालेको देख्दा अत्यन्त गर्बिलो महशुस हुने भनाई राख्नुभएको थियो । परियोजनाकै कारण यादब समुदाय जहाँ महिलाहरु घरबाट बाहिर निस्कन सकस थियो तर अहिले दुग्ध बिक्री गरेर आत्मनिर्भर बन्न थालेको उदाहरण समेत प्रश्तुत गर्नुभएको थियो । रामवरण यादबले काम गर्न थालेपछी गाँउसमाजले हेर्ने दृष्टिकोणका साथै फरक पहिचान स्थापित गर्न सक्षम भएको भन्दै काम गर्नका लागि अवसर प्रदान गर्ने यस संस्थालाई धन्यबाद दिनुभएको थियो ।


“तरकारीको मुल्य श्रृखंलामा नवप्रर्बद्धन मार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना” का ब्यवसाय बिकास अधिकृत हिमाल खड्काले दागं र सल्यान जिल्लामा रहेका १० वटा सहकारी बाट उत्पादीत तरकारी प्रत्येक दिन १० टन बिक्रीको लक्ष्य नै मुख्य उद्देष्य रहेको र उद्देष्य परिपुर्तीका लागि परियोजना बाट ब्यवसाय ब्यवसाय बिचको समन्वयात्मक बैठक, सहकारी सहकारी बिचको बैठक, किसानहरुलाई कृषि पाठशाला बाट बेमौसमी तरकारी उत्पादन, सिचाँई उपहार कोष, तथ्याकं संकलनका लागि कृषि डायरी, प्रसोधन केन्द्र मार्फत तरकारी बिक्रीका लागि समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बाट भएका प्रयासहरु लगायतका बिषयमा प्रश्तुतीकरण बाट जानकारी गराउनु भएको थियो । ३३ महिनाको अवधी रहेको यस परियोजना बाट आफुले पनी तरकारी उत्पादन र बिक्री सम्बन्धी ज्ञान हासिल गरेको र सहानुभुती, बिश्लेषण सहित काम गरियो भने नतिजा प्राप्त गर्न सकिने खड्काले बताउनुभएको थियो ।


“गढवा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” बाट आर्थिक बर्ष २०८२/२०८३ मा सम्पन्न क्रियाक्लापहरु बारे परियोजना संयोजक बसन्त कुमार शर्माले प्रश्तुतीकरण राख्नुभएको थियो, सो क्रममा ग्रामीणस्तरका महिलाहरु जस्ले जे काम गर्दै आउनुभएको छ उहाँहरुको आयआर्जन सुधारका लागि कृषि तथा पशुपालनका क्षेत्रमा परियोजनाले खोर, भकारो सुधार, बाख्रा उपहार, उन्नत जातको बोका उपहार, राँगो उपहार, लोकल कुखुरापालन, घाँस उत्पादन, राजमा उत्पादन, बेसार उत्पादन लगायतका क्षेत्रमा सहयोग गरेको बताउनुभएको थियो, उत्पादन गरेका बस्तुलाई गठन गरिएको सहकारी मार्फत बिक्री गर्ने बाताबरण सिर्जना गरेको बताउदै प्रत्येक दिन १२ सय लिटर दुग्ध संकलन गर्ने, दाना बिक्री गर्ने र महिला सदस्यहरुलाई सशक्त गराउनका लागि आधारशिला लगायत अन्य तालिमहरु प्रदान गर्ने गरेको भनाई राख्नुभएको थियो । यो परियोजनाले गाँउका महिलाहरुलाई मात्रै नभई समग्र गढवा गाँउपालिकाको बिकासमा उल्लेखनिय भुमिका खेलेको र आफनो लागि समेत समुदायमा फरक पहिचान स्थापीत गरेको बताउनुभएको थियो ।


“स्वस्थ्य माटोका लागि पुर्नउत्थाशिल कृषि परियोजना” अन्र्तगत आर्थिक बर्ष २०८२/२०८३ मा सम्पन्न गतिबिधिहरु बारे कृषि प्राबिधिक सिमा चौधरीले प्रश्तुतीकरण गर्नुभएको थियो, सो कार्यक्रम बाट माटो स्वस्थ्य राख्नका लागि गढवा गाँउपालिकामा १० वटा समुह र राजपुर गाँउपालिकामा १० वटा समुहका १०/१० जना अगुवा किसान मार्फत काम गर्दै आएको, कृषि पाठशाला मार्फत भएका सिकाईहरु झोलमोल १,२ र ३, बायोचार, कम्पोष्ट मल, अग्नीअस्त्र, ब्रह्माअस्त्र, नर्सरी बनाउने तरिका, टनेल तथा छापो प्रबिधि बाट गरिने तरकारी खेति, मल्चीगं प्रबिधि, गड्यौला मल लगायतका बिषयमा जानकारी गराउनुभएको थियो । सो प्रबिधि ग्रहण गरेपश्चात किसानहरुले आफनो र उपभोक्ताको स्वास्थ्यको पनि ख्याल गरेर तरकारी उत्पादन गर्ने र अग्र्यानीक तरकारीको माग पनि बढ्न थालेको भनाई राख्नुभएको थियो ।


पार्वती बस्नेत को स्वागत मन्तब्य बाट शुरु भएको त्यस कार्यक्रममा संस्थाका कोषाध्यक्ष मिरा चौधरीले संस्थागत प्रश्तुतीकरण र कर्मचारीले पालना गर्नुपर्ने निति नियमका बारेमा प्रशिक्षण गर्नुभएको थियो । कर्मचारीहरुलाई उनिहरुको आफनो भूमिका र गर्ने कामको बारेमा पद अनुसारको कार्य बिवरण फोकल पर्सन भिमकान्त चौधरीले प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा सम्पुर्ण सामुदायिक सहजकर्ता, कृषि प्राबिधिक लगायतले आफुहरुमा आत्मबिश्वास बढेको, समुहका सदस्यहरुले बिश्वास गर्ने गरेको, वडा कार्यालयले समेत आफनो कार्यक्रममा बोलाउने गरेको, परियोजना के हो र त्यसबाट गरिने कामहरु के कस्तो हुन्छ भन्ने सिकाई भएको भनाई राख्नुभएको थियो । सो कार्यक्रमको सहजीकरण ब्यवसाय बिकास अधिकृत हिमाल खड्काले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

027686