ग्रामीण महिला उत्थान केन्द्रको सहयोगमा दुर्गा किराना पसल उद्धघाटन « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

ग्रामीण महिला उत्थान केन्द्रको सहयोगमा दुर्गा किराना पसल उद्धघाटन

Please follow & like us :)

28 June, 2028

“आत्मनिर्भर र स्वाभिमानका साथ बाँच्ने रहर कस्लाई हुदैन् र तर शरिरले साथ नदिएपछी सहयोगको माग गरेको थिए, मेरो मागलाई सम्बोधन गरिदिनुभयो, त्यसको लागि म अत्यन्त आभारी छु” । यो भनाई हो, राजपुर गाँउपालिका वडा नम्बर ६ गंगदी निवासी दुर्गा चौधरीको ।


३ छोराछोरीको आमा, आफु शारिरिक रुपमा अशक्त भएकै कारण बलपुर्वक गर्ने काम शरिरले गर्नै नसक्ने तर बसेर गर्ने कामहरु पाए स्वाभिमानका साथ बाँच्ने ठुलो धोको रहेको दुर्गाको भनाई थियो । दुर्गालाई स्वरोजगार बनाएर आत्मसम्मानका साथ बाँच्नका लागि ग्रामीण महिला उत्थान केन्द्रले ल्क्ष्ख्ब्क् संस्था सँगको सहकार्यमा ३० हजारको किराना पसल संञ्चालनमा सहयोग गरेको छ ।


मिति २०८३ साल जेष्ठ ०५ गतेका दिन ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी र राजपुर गाँउपालिकाका उपाध्यक्ष धनपती देबी यादबले दुर्गा किराना पसलको बिधिबत् रुपमा उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष धनपती देबी यादबले समाजका हरेक महिलाहरु आत्मनिर्भरताका साथ जिवनयापन चलाएको हेर्ने ठुलो रहर छ तर पुरुषप्रधान हाम्रो समाजमा अझैपनी सकुशल महिलाहरुलाई समेत हेयको दृष्टिले हेर्ने चलन छ त्यहीमाथी शारिरक रुपमा फरक क्षमता बोकेकी दुर्गालाई उहाँकै श्रीमान्ले समेत छोडेको अवस्था तर धन, पैसा साथमा भयो भने हरेकलाई अगाडी बढ्न र आत्मबिश्वास आउने रहेछ भन्ने कुराको गत्तिलो उदाहरण दुर्गा लाई देखेको बताउनुभयो ।

गाँउपालिकाले चाहेर पनी केहि गर्न नसकिरहेको अवस्थामा ग्रामीण महिला उत्थान केन्द्रले गतवर्ष दुर्गाको नाममा जग्गा ल्याउन पहल गरी भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएर गर्ब गर्न लायकको काम गर्यो त्यसको सदा म प्रंशसक रहनेछु । संस्था सँगको सहकार्य, समन्वयकै कारण समुदायमा बिभिन्न किसिमका पुण्यकै कर्ममा जोडिरहन पाउदा आफूलाई अत्यन्त आनन्दको अनुभुति हुने गरेको गाँउपालिका उपाध्यक्ष यादबको भनाई थियो ।


कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्थाले महिलालाई आयआर्जनको पाटोमा समेटेर समुदायमा स्वाभिमान र समुन्नत ब्यक्तिको स्थापना गर्ने उद्देष्य रहेको भनाई राख्नुभएको थियो । शारिरिक रुपमा फरक क्षमता रहेकी दुर्गाको लागि संस्थाले उहाँको माग बमोजिम कार्य गर्न सक्ने ब्यवसाय संञ्चालन गरिदिएको भनाई राख्नुभयो । दुर्गाको ब्यवसाय फस्टाउदै जाओस् भनि शुभकामना समेत दिनुभएको थियो ।


पसलको उद्धघाटन, घरभरि मान्छेको चहलपहल, त्यसै फुरुङ्ग भएकी दुर्गाले हर्षका आशु झार्दै आफनो भनाई राख्नुभयो, संस्थाले गतबर्ष घर मात्रै बनाईदिएन् , नागरिकता र अपांग परिचयपत्र बनाउनका लागि ठुलो भूमिका खेल्यो, संस्थाले घरपरिवार, गाँउटोल, वडा र गाँउपालिका सँग पटक पटक बैठक बसेर बकसपत्र मार्फत सिधै आफनो नाममा जग्गा दिलायो र घरको मालिक समेत बनायो, घर बनेपछी नै हो म मा आत्मबिश्वास बढेर आएको, हो त्यही आत्मबिश्वासकै कारण समाजमा स्वाभिमानका साथ बाच्ने ईच्छा पलाएको बताउनुभयो ।

तर आफुसँग पैसा नभएकै कारण शुरुमा किराना पसल संञ्चालन गर्नका लागि सहयोगको माग गरेको भनाई राख्नुभयो, मेरो मागलाई कार्यन्वयन गरिदिएकोमा संस्थाप्रती आफु सदा ऋणी रहने बताउदै कुनै दिन दुर्गाले पनि दुर्गा जस्तैलाई सहयोग गर्यो है भनेर सुन्न पाउने दिन आउनेछ भनि हर्षका आशु झार्दै सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको थियो ।


दुर्गा किराना पसलको नामबाट संञ्चालन गरिएको सो पसलको उद्धघाटन कार्यक्रममा गाँउपालिका उपाध्यक्ष, संस्थाका अध्यक्ष तथा कर्मचारी, दुर्गाको घरपरिवार, आफन्तजन, टोल छिमेकहरु लगायतको उपस्थीती रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026909