ग्रामीण महिला उत्थान केन्द्रद्धारा राजपुर गाँउपालिकामा दाना मिल र बिउ बेसार बितरण « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

ग्रामीण महिला उत्थान केन्द्रद्धारा राजपुर गाँउपालिकामा दाना मिल र बिउ बेसार बितरण

Please follow & like us :)

ग्रामीण महिला उत्थान केन्द्र दागंले राजपुर गाँउपालिकामा दाना मिल र बिउ बेसार बितरण गरेको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ्ख, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाँउपालिकाको साझेदारीमा संञ्चालन भईरहेको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी बिकास परियोजना (भिटा) अन्र्तगत राजपुर गाँउपालिकाको वडा नम्बर २, ३, ४ र ७ का किसानहरुलाई खसी बाख्रा र भैसीको पोषिलो दाना बनाउनका लागि ४ वटा दाना पिस्ने मेसिन हस्तान्तरण गरिएको थियो ।


परियोजनामा आवद्ध महिलाहरुलाई ब्यवसायिक रुपमा अगाडी बढाउन र स्वरोजगार गराउने उद्देष्यले ३ कठ्ठा क्षेत्रफलमा खेति गर्ने महिलाहरुलाई प्रति कठ्ठा ८५ के.जी. का दरले बिउ बेसार र बेउ बेसारका लागि आवश्यक औषधी समेत हस्तान्तरण गरिएको थियो ।


कृषि प्राबिधिक नारायण खत्रीले बेसार रोप्नु अघि गर्नुपर्ने बिऊ उपचारका बिषयमा सहजीकरण गर्नुभएको थियो । ७१ किन्टल बिउ बेसार त्यस क्षेत्रका उद्यमी र स्वरोजगार बन्नका लागि लालायीत भएका महिला समुहका दिदि बहिनीहरुलाई बितरण गरिने संस्थाका अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभएको थियो ।


राजपुर गाँउपालिका उपाध्यक्ष धनपती देबी यादबले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि गरिएको यो काम अत्यन्त प्रशंसनिय भएकोले महिलाहरुको क्षमता बिकास गरी सिप सिकाई आत्मनिर्भर बनाउने यो कार्यमा सहयात्रा गर्नुहुने ग्रामीण महिला उत्थान केन्द्र र हेफर प्रोजेक्ट नेपाललाई धन्यवाद दिनुभएको थियो । मेसिन प्राप्त गर्नुहुनेले समुहका अन्य दिदिबहिनीहरुलाई न्युनतम शुल्क लिएर मात्र दाना पिस्न अनुरोध गर्नुभएको थियो भने बिउ बेसार प्राप्त गर्ने दिदिबहिनीले धेरै मुनाफा गरी ब्यावसायिक रुपमा अगाडी बढ्नका लागि अनुरोध गर्नुभएको थियो ।


कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरीले राजपुर गाँउपालिकामा संञ्चालन भएको भिटा परियोजना अन्तर्गत भकारो सुधार कार्यक्रम, साना बाख्राको खोर निर्माण तथा सुधार, लोकल कुखुराको खोर, भर्मी कम्पोष्ट मल, टनेल खेति, संस्थागत बिकासका लागि बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड स्थापना, डेमो प्लट निर्माण, बाख्रा नमुना गाँउ, भैसीको नमुना गाँउ, किसानको क्षमता अभिबृद्धिका लागि आधारशिला तालिम, समुह ब्यवस्थापन तालिम, राजमा तरकारी खेती, बेमौसमी तरकारी खेति, बाख्राको नमुना खोर, पशुको उचित ब्यवस्थापन तालिम, अग्र्यानीक तरकारी खेति उत्पादन, स्वस्थ्य माटो उत्पादन कार्यक्रम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया÷छलफल, गोष्ठी, नियमीत समुह बैठक जस्ता क्रियाक्लापहरु संञ्चालन भईरहेको बताउनुभयो साथै कार्यक्रम संञ्चालन गर्न एक्लै सम्भव नहुने र त्यसका लागि गाँउपालिका, दातृनिकाय र समुदायको उत्साह, सहयोग र आवश्यक्ता अत्ति महत्वपुर्ण हुने भनाई समेत राख्नुभएको थियो ।


कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आर्चाय, डा. गान्धीराज उपाध्याय, महिला समुहका सदस्यहरु लगायतको उपस्थीतीमा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026749