ग्रामीण महिला उत्थान केन्द्र दागंको २९औ बार्षिक साधारण–सभा « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

ग्रामीण महिला उत्थान केन्द्र दागंको २९औ बार्षिक साधारण–सभा

Please follow & like us :)

December 22, 2023, Dang Ghorahiग्रामीण महिला उत्थान केन्द्र दागंको २९औ बार्षिक साधारण–सभा कार्यक्रम मिति २०८० साल मंसरि १६ गतेका दिन घोराहीमा सम्पन्न भएको छ ।

संस्थाका संस्थापक अध्यक्ष श्री आसमानी चौधरी ज्युको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै संस्थाका संस्थापक सल्लाहाकार श्री सोगत वीर चौधरीले संस्था स्थापना गर्दा कागजको पाना र बिचार मात्र थियो तर असल कर्म, अथक प्रयास र मिहेनत गर्दै जाँदा संस्था अहिले यहाँसम्म आईपुगेको बताउनुभयो । २९औ बर्ष पार गरिरहदा संस्थाले दागं, सल्यान, बाँके, बर्दिया, प्युठान, रोल्पा लगायतको जिल्लाहरुमा लाखौ परिवारलाई सेवा पुर्याउन सक्षम रहेको बताउदै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरैलाई स्वरोजगार तथा रोजगारी दिन सक्षम रहेको पनि बताउनुभयो । “आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने” परिकल्पनाका साथ स्थापना भएको यस संस्थाले राज्यले निर्वाह गर्नुपर्ने काममा समेत सहयोगी भुमिका निर्वाह गर्दै समुदायमा थुप्रै सामाजिक गतिबिधि गरिरहेको देख्दा आफुलाई आन्नदको अनुभुति हुने बताउनुभयो साथै काम गर्दै जाँदा जस्तोसुकै समस्या बाधा आएपनि बिचलित नभएर अगाडी बढ्न संञ्चालक समितिलाई अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष श्री आसमानी चौधरीले संस्थाले महिलाहरुलाई आत्मनिर्भर सक्षम गराउनका लागि अथक मिहेनतका साथ काम गरिरहेको बताउदै अहिले पनि समुदायलाई स्वरोजार र महिलाहरुलाई उद्यमी बनाउन काम गर्दै आएको बताउनुभयो । संस्थाले संस्थागत शुसासनका सवालमा, शिक्षा स्वास्थ्य, कृषि, लगायत युवा लक्षित कार्यक्रमहरु मार्फत स्वदेशमै स्वरोजगार सिर्जना गरी समुन्नत समाजको परिकल्पना गर्ने मनसायले अहोरात्र काम गर्दै आएको बताउनुभएको थियो । यसैगरी संस्थालाई यहाँसम्म ल्याउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने कर्मचारी, साझेदार गर्ने साझेदारी निकाय, सबैलाई हार्दिक कृृतज्ञता सहित आभार प्रकट गर्दै समाज परिबर्तन तथा रुपान्तरणका लागि आफुहरुको प्रयास निरन्तर रहिरहने पनि बताउनुभएको थियो ।

संचालक समितिका सदस्य श्री मिना गिरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा आ.व. २०७९÷८०को बार्षिक प्रगती प्रतिबेदन प्रश्तुतीकरण सचिब श्री बसन्ता पुनले गर्नुभएको थियो भने आर्थिक बर्ष २०७९÷८०को आर्थिक प्रतिबेदन कोषाध्यक्ष श्री मिरा चौधरीले प्रश्तुत गर्नुभएको थियो, यसैगरी आ.व. २०८०÷८१ को प्रस्तावित कार्यक्रमबारे प्रश्तुतीकरण संस्थाका अध्यक्ष श्री आसमानी चौधरीले प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक श्री एच.बि. थापा, सल्लाहाकार श्री रजनी श्रेष्ठ, जिवसरा घर्ती लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो भने लेखा अधिकृत श्री संञ्च बहादुर चौधरीले गित प्रश्तुत गरी संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्नुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण सहसचिब सरिता चौधरीले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021173