भुकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम
June 27, 2024: Dang Ghorahi:
ग्रामीण महिला उत्थान केन्द्र र निवास संस्थाको साझेदारीमा दाङ जिल्लाको दुई वटा पालिकामा सञ्चालन भईरहेको ग्रामीण महिलाहरुलाई सुरक्षीत आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भुकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम मिति २०८१ आषाढ ७ गते देखी गढवा गाउँपालिकामा संचालन भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता एवं गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिर बहादुर आलेको प्रमुख आतिथ्यता तथा निवास संस्थाका ईनोभेसन एण्ड ईम्प्याक्ट डाईरेक्टर शुष्मा श्रेष्ठको बिशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । Inclusive Designer and Builders का अध्यक्ष निरोज महर्जनले स्वागत सहित कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस पालिकामा आएको कार्यक्रमले घरबास बिहिन एकल महिलाहरुको बासँ सुनिश्चत हुने र सिप सिकाईले यहाँका यूबाहरु आत्मनिर्भर भई आय आर्जन गर्न सके स्वरोजगार हुन सक्ने भन्दै वडाका तर्फ बाट यस परियोजनालाई सफल पार्नका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
त्यसै गरि कार्यक्रममा निवास संस्थाका ईनोभेसन एण्ड ईम्प्याक्ट डाईरेक्टर शुष्मा श्रेष्ठले कुनै पनि ब्यक्ति समुदायमा बिकास र परिवर्तन ल्याउनका लागि एक्लैले सम्भव नहुने भन्दै यस पालिका क्षेत्रका सम्पुर्ण ब्यक्तिहरु आपसी सहयोगमा मिलेर अगाडी बढे छिटो सफलता हासिल गर्न सकिने बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष श्री आसमानी चौधरीले संस्थाले सामाजिक कामका साथै आर्थिक आय आर्जनका कामहरु पनि गर्दै आएको बताउँदैे उपस्थित सम्पूर्ण यूवाहरुलाई सीप सिकेर व्यवहारमा लागु गर्न सके आजका यूवाहरु आत्मनिर्भर भई जिबिकोपार्जन गर्न सक्ने धारणा राख्नु भयो । कार्यक्रममा बोल्दै उहाँले उपस्थित सम्पूर्ण यूवाहरुलाई उत्साहका साथ ३० दिन सम्म तालिममा उपस्थित भई धेरै सिप र ज्ञान सिकेर आगामी दिनमा अगाडी बढ्न शुभकामना दिनुभएको थियो । कार्यक्रममा Inclusive Designer and Builders का प्रबन्धक निर्देशक कुशल श्रेष्ठ, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त शर्मा लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । ३० दिन सम्म संञ्चालन हुने तालिमको प्रशिक्षकमा बिमल चौधरी रहनु भएको छ, भने उद्धघाटन सत्र कार्यक्रमको सहजीकरण पार्बती बस्नेतले गर्नुभयो ।

निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्र दांगको साझेदारीमा राजपुर र गढ़वा गाऊँपालीका मा संचालन भईरहेंको महिलाहरुका लागि सुरक्षित आवास मार्फ़त सुदृढ़ीकरण (SWFH) परियोंजना अन्तर्गत गढ़वा गाऊँपालिका ६ आटीपाकर मा घर निर्माणको काम भईरहेको छ ।







