गढवा गाँउपालिका सँग समन्वयात्मक बैठक सम्पन्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

गढवा गाँउपालिका सँग समन्वयात्मक बैठक सम्पन्न

Please follow & like us :)

17 July, 2026

ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग र NIVAS संस्था सँगको साझेदारीमा दाङ्ग जिल्लामा संञ्चालन हुन गईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण र भुमिमा महिलाको स्वामित्व सचेतना” Strengthening Women-Led Families through Safe Housing & Advocacy (SWFHA) in Rural Dang. परियोजनाको परिचयात्मक कार्यक्रम तथा समन्वय बैठक गढवा गाँउपालिका कार्यापालिकाको कार्यालयमा मिति २०८३ साल अषाढ २५ गतेका दिन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता र गढवा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल को प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा सन् २०२४ देखि शुरु भएको SWFHA परियोजनाको समिक्षा गरिनुका साथै सन् २०२६ देखी शुरु भएर सन् २०२८ सम्म संञ्चालन हुने यस परियोजनाको क्रियाक्लाप तथा गतिबिधि बारे समेत जानकारी गराईएको थियो भने सन् २०२६ का लागि परियोजनाका तर्फ बाट प्रतिघर रु.४लाख २५हजार रकम बिनियोजन गरिएको उक्त परियोजनामा साझेदारका रुपमा गढवा गाँउपालिकाले प्रति घर रु.२ लाख का दरले बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेको थियो । कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुको सुरक्षित आवासका लागि संस्थाले संञ्चालन गरेको यो कार्यक्रम अत्यन्त प्रभावकारी भएको हुदा आर्थिक बर्ष २०८३/०८४ का लागि गाँउपालिकाको साझेदारी बजेट बाट प्रतिघर रु.२ लाखका दरले ६ वटा भूकम्प प्रतिरोधात्मक घर र चर्पी निर्माणका लागि जम्मा रु.१२ लाख रकम बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै गाँउपालिकाले ग्रामीण महिला उत्थान केन्द्र सँग अन्य साझेदारका कार्यक्रमहरु समेत संञ्चालन गर्दै आएको भनाई राख्नुभएको थियो, एकल महिला र १६ बर्ष मुनिका बालबालिकाहरुको घर निर्माण गर्ने यस कार्यक्रमले गाँउपालिका क्षेत्रमा बिशेष महत्व राखेको हुदा यो कार्यक्रमलाई निरन्तरता दिनका लागि गाँउ कार्यपालिकाबाट समेत निर्णय भएको भनाई राख्नुभयो ।

कार्यक्रममा बोल्दै गाँउपालिका का उपाध्यक्ष शारदा कुमारी चौधरीले महिला बालबालिकाहरुको लागि सुरक्षित आवास निर्माण गर्ने यस कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र सँग साझेदारका रुपमा काम गर्न पाउदा सिंगो गाँउपालिकालाई नै फाईदा भएको भनाई राख्दै आगामी दिनमा पनि परियोजना र गाँउपालिकाको निति नियम र मापदण्ड भित्र रहेर काम गर्नका लागि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्याल ले कार्यक्रम अति प्रभावकारी भएको हुदा यस बर्ष पनि गाँउपालिकाले बजेट बिनियोजन गरि साझेदारी मार्फत काम अगाडी बढाउने भनाई राख्नुभएको थियो । संस्थाका अध्यक्ष आसमानी चौधरीले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप स्थापना भएको यस संस्था ले बिगत ४ बर्ष देखी गढवा गाँउपालिका सँगको सहकार्य र साझेदारी मार्फत काम गर्दै आईरहदा यस गाँउपालिका क्षेत्रका समुदायको सशक्तिकरण, उत्थान, पहिचान र आयआर्जनका लागि महत्वपुर्ण भूमिका खेलेको भनाई राख्नुभएको थियो ।

संस्थागत कार्य एकल समुदाय केन्द्रित भएर गर्नुभन्दा स्थानिय सरकारलाई समेत सहभागी गराएर साझेदारी योजना मार्फत काम गर्दा समुदायमा त्यसको प्रभावकारिताका साथै स्थानिय सरकारले समेत अपनत्व लिने भएकाले यस्ता कार्यहरु सहकार्यका साथ निरन्तर गर्नुपर्ने आजको आवश्यक्ता रहेको भनाई राख्नुभएको थियो । कार्यक्रममा गाँउपालिका का उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्याल, वडा अध्यक्षहरु ४, ५ र ६ का क्रमश ः हरिभगत चौधरी, लेखराज थापा र बिर बहादुर आले मगर, ईन्जीनीयर बिनय कुमार यादब, लेखा अधिकृत, आन्तरिक लेखा परिक्षक सूचना अधिकारी तथा प्रेस संयोजक, संस्थाका अध्यक्ष, कोषाध्यक्ष र परियोजनको सम्पुर्ण टिम लगायतको उपस्थीती रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

027073