आ.व.२०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट पारित « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

आ.व.२०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट पारित

Please follow & like us :)

मिति २०८१ साल श्रावण १० गतेका दिन राजपुर गाँउपालिका स्तरिय परियोजना अनुगमन तथा समन्वय समिति को बैठक राजपुर गाँउपालिका ६ गंगदीमा सम्पन्न भएको छ । राजपुर गाँउपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राबिधिक र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा संञ्चालन भईरहेको “राजपुर कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना” को आ.व. २०८१/०८२ को बार्षिक कार्यक्रम तथा बजेट स्विकृत गरिएकोे छ ।


राजपुर गाँउपालिकाका अध्यक्ष तथा परियोजना अनुगमन तथा समन्वय समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षता,पालिका उपाध्यक्ष धनपति देबी यादब, प्रमुख प्रशासकिय अधिकृत, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, भिटा परियोजनाका कर्मचारी र बिषयगत शाखाका प्रमुखको उपस्थिीतीमा आ.व. २०८१/०८२ को बार्षिक जम्मा बजेट रकम रु.२ करोड २० लाख ४८ हजार ७ सय ७२ रुपैया प्रश्तुत गरिएको थियो ।


कार्यक्रममा बाख्रा, बोका, दुग्ध संकलन केन्द्र, दुग्ध सम्बन्धी तालिम, ब्यवसायिक तरकारी खेति गर्ने किसानहरुका लागि सहयोग, खोर तथा भकारो सुधार कार्यक्रम, भर्मी कम्पोष्ट मल उत्पादन सहयोग, युवा उद्यमशिलता बिकास तालिम, कर्मचारीका लागि क्षमता बिकास तालिम, अध्ययन अबलोकन भ्रमण, पालिका स्तरिय सहकारी अभियान, लगायत बिबिध बिषयमा त्यस क्षेत्रका नागरिकहरुलाई उद्यमी बनाउने योजना रहेको छ ।


कार्यक्रममा बोल्दै राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले साझेदार संस्थाहरु सँग परियोजना मार्फत काम गर्दा परिणाम देखिने र समुदायका नागरिकहरुले घरदैलोमा सरकार आएको आभाष पाएका छौ भन्ने कुरा सुनाउदा सिंगो पालिका नै अझ धेरै काम गर्न उत्साहित भएको आफनो महत्वपुर्ण भनाईहरु राख्नुभएको थियो । यसैगरी कार्यक्रममा पालिका उपाध्यक्ष धनपति देबी यादबले महिलाहरुलाइ आधार मानेर समुदायमा कृषि सम्बन्धी बिबिध कार्यक्रम गर्नुका साथै महिला तथा युवा उद्यमीहरु उत्पादन गर्ने यस परियोजना ले गाँउपालिकाका कृषकहरुलाई काम गर्ने उर्जा आएको भनाई राख्नुभएको थियो ।

कार्यक्रममा क्रमशः वार्ड नम्बर ६, ३ र ४ का श्याम रोका, राम प्रसाद यादब, रामेश्वर यादब, कार्यपालिका सदस्य रिता नेपाली, पशु शाखाका प्रमुख डाक्टर दिपक नेपाली लगायतले आफनो भनाई राख्नुभएको थियो । ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा शसक्तीकरण गर्नका लागि संस्थाले स्थानिय सरकार सँग गरेको साझेदारी कार्यक्रमको लागि पालिकालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा फोकल पर्सन भिमकान्त चौधरीले स्वागत गर्नुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक गिरिराज भट्टले गर्नुभएको थियो।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394