अभिमुखीकरण कार्यक्रमको निरन्तरता, भूमिमा महिला आवश्यक्ता
29 Oct, 2025
भूमि तथा आवास सम्बन्धी जानकारी सँगै भूमिमा महिलाको अधिकार, भूमि निति २०७५, जग्गा नाप जाँच र नक्सा,भूमिमा महिलाको स्वामित्वका लागि भएका ब्यवस्था तथा प्रयासहरु बारे जान्न र बुझनलाई अवसर दिएको बताउनुहून्छ दुब्लो शरिर, हसिलो अनुहार, सबैको मन जितेकी अनि नयाँ केहि कामको थालनी गर्न थाल्यो कि, सबैले उहाँलाई गुहार्ने, सबैकी प्रिय पात्र, घोराही उपमहानगरपालिका वार्ड नम्बर १६ स्यानीअम्बापुर (मुक्तकमैया शिबिर) निबासी सुन्तोली चौधरीले ।

NIVAS संस्था, मेट लाईफ फाउण्डेसन को आर्थिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा दागं जिल्लामा संञ्चालन भईरहेको महिला परिवारलाई सुरक्षित आवास मार्फत सुदृढिकरण तथा भूमिमा महिला स्वामित्व सचेतना/पैरबी परियोजना अन्र्तगत भूमि तथा आवास सम्बन्धी १दिने साक्षरता अभिमुखीकरण कार्यक्रममा बोल्दै सुन्तोलीले महिलाहरुलाई जबसम्म जग्गामा पहुँच र स्वामित्व दिईदैन् तबसम्म महिलाहरु दोश्रो दर्जाको नागरिकको रुपमा रहने भनाई राख्नुभयो । यसरी कार्यक्रममा सिकेका कुराले आफुजस्ता भूमिहिन, सुकुम्बासी, मुक्तकम्लहरी र अब्यस्थीत बसोबासी समुदायको हकहितका लागि नेपालको कानुनमा केके ब्यवस्था छ भन्ने बारेमा समेत जानकारी पाएकोमा अत्यन्त खुशी ब्यक्त गर्दै सुन्तोलीले आफनो जिवनकथा सुनाउनुभयो ।

आफनो जिबनको २२ बर्ष सम्म अर्काको घरमा कम्लहरी बसेर जिबन ब्यतित गरेकी सुन्तोलीलाई महिलाहरु आर्थिक रुपमा सक्षम र शिक्षित भएमा दुनिया बदल्न सक्छन् भन्ने बिश्वास छ । गढवा गाँउपालिका ५ प्रनाहमा जन्मिएकी चौधरी घरकी जेठि छोरी हुुनुहुन्छ, २ दाजुभाई र १ बहिनि सहित ४ जना, बुवा आमा तर अत्यन्त गरिबीमा पिल्सीएको परिवार, बिहान बेलुकाको मुख जोर्ने समस्यामै ग्रस्त थियो । सुन्तोलीलाई आफु पहिलो पटक ८बर्षको कलिलो उमेरमा बार्षिक १६ लम्बरी धान र बर्षको २ जोर कपडा पाउनका लािग मात्रै कम्लहरी बस्नुपरेको याद छ, ति दिनहरु अझैपनि सुन्तोलीको मानसपटलमा घर गरेर बसेको बताउनुुहुन्छ । अर्काको घरको काम नै थियो, बिहान झिसमिसेमा उठनुपर्ने, जाडो गर्मी भन्न नपाईने, भाडा धुने, खोर गोठ सफा गर्ने, घासँ काट्ने, कुडो पकाउने, कपडा धुने, घर लिपपोत गर्ने, बन जाने, ग्वाला जाने लगायतको कार्य सुन्तोलीले त्यो कलिलो उमेर देखी नै गर्न थाल्नुभयो ।

काम गर्दा दिउसो भोक लाग्थ्यो तर खाजा खान पाईदैन् थियो बिहान र बेलुकाको भात खाएर मात्रै सबै काम गर्नुपर्ने पिडा सम्झीदा सुन्तोलीका आँखा रसाए, काम गर्नैपथ्र्यो अनि पानी खाएर भोक मेटाउने कोसिस गर्थे, कित पेटमा पटुकी कसेर काम गर्थे भन्दै सुन्तोललीआफनो अतितलाई स्मरण गर्नुभयो, चरम गरिबी ४ भाईछोराछोरी बुवा आमाको पनि के गल्ती थियो र त्यो बेला कम्लहरी बस्नैपर्ने नत्र त भोको बस्नुपर्ने बाध्यता थियो भन्नुहुन्छ सुन्तोली, शुरुमा बर्षको १६ लम्बरी धानमा कम्लहरी बसेकी सुन्तोली पछि कम्लहरी बाट मुक्त हुदाको बर्ष बार्षिक ४२ लम्बरी धान र २ जोडा नयाँ कपडा पाउने शर्तमा कम्लहरी बस्नुभएको थियो । बिहे अघि कम्लहरी बसेकी सुन्तोलीको जिवनमा बिहेपछि पनि कम्लहरी नै बस्नुपर्ने बाध्यता थियो, उहि गरिबी, उहि अभाव कम्लहरी नबसी सुख थिएन, बर्षौसम्म कम्लहरी बसेकी सुन्तोलीका अहिले ३ वटा छोराछोरी छन् । ठुलो छोरा बैदेशिक रोजगारमा हुनुहुन्छ, बुहारी जागिरे हुनुहुन्छ, छोरीले बिद्यालयमा पढाउनुहुन्छ अनि कान्छो छोराले आई टि अध्ययन गरिरहनुभएको छ ।

छोराछोरी जन्मिएपछि सुन्तोलीलाई छोराछोरीलाई पढाउनुपर्छ भन्ने मनमा आट आयो, नपढदासम्म बच्चाहरु पनि अर्काको घरमै काम गर्ने हुन्छन् भन्ने डर थियो तर नेपाल सरकारले तत्काल कमैया मुक्त घोषणा गर्यो, तत्पश्चात सुन्तोली पनि यस बिषयमा आवाज उठाउन थाल्नुभयो । आजभन्दा २१ बर्ष अगाडी तत्काल जिल्ला प्रशासन कार्यालयले घोराही १६ स्यानीअम्बापुर (मुक्त कमैया शिबिर) मा बसोबास गराइदिएपछि, आफुहरुको बसाँई त्यहि स्थानमा रहेको सुन्तोलीले भन्नुभयो ।
अर्काको घरमा काम गर्दा अत्यन्त दुख पिडा भोगेर होला सुन्तोलीलाई मिहेनत गर्न कहिले लाज लागेन, छोराछोरीको पढाई खर्च जुटाउनका लागि खोलामा गिटि कुट्नुभयो, छिटुवामा फलफुल तरकारी बोकेर घरघर बिक्री गर्न लैजानुभयो, आजभोलि पनि सुन्तोलीले थारु गहनाहरु (जलप लगाएका) गहनाहरु गाँउघर पुगेर बिक्री गर्दै आईरहनुभएको छ । सुन्तोली अहिले ५० बर्ष पुग्दै हुनुहुन्छ यो उमेरमा आईपुग्दा सुन्तोलीले बुझेको सिकेको एक मात्र कुरा के हो भने धनी होउन वा गरिब तर महिलाहरु जहिले पनि दोश्रो दर्जाको नागरिकको रुपमा रहेका छन् । जबसम्म महिलाहरुका नाममा जग्गा हुदैन, तबजसम्म महिलाहरु आर्थिक रुपमा शक्तिशाली हुनै सक्दैनन् अनि महिलाहरुको आत्मबिश्वास बढाउने, बित्तिय काम गर्नका लागि पनि महिलाहरु स्वतस्फुर्त क्रियाशिल भएर लाग्नका लागि पनि जग्गा र पैसाले महत्वपुर्ण भूमिका राख्छ भन्नुहुन्छ सुन्तोली, त्यसैपनि महिलाहरु ईमान्दारिताका साथ काम गर्ने भएकाले गाँउ समाज र देशको आर्थिक बिकासका लागि महिलाहरुको नाममा भू स्वामित्व हुनैपर्छ जस्तो लाग्छ सुन्तोली चौधरीलाई ।

आफुलाई केहि कुरा अनुभवले सिकाएको बताउने सुन्तोलीले भूमि तथा आवास साक्षरता अभिमुखीकरण कार्यक्रमले झनै कानुनी प्रकृया केके छन् र सुधारका लागि केके कामहरु भए, भूमिमा महिलाहरुको स्वामित्वका लागि कानुनमा ब्यवस्था के छ त भन्ने बिषयमा औपचारिक रुपमा अभिमुखीकरणका माध्यम बाट बुझाउदा र आफुले सिक्न पाउदा अत्यन्त उत्साह बढेको सुन्तलीको भनाई रहेको छ । यो कार्यक्रम चरणबद्ध तरिकाले बिस्तार गर्न सकेमा निकै उपलब्धीमुलक हुने बिश्वास सुन्तोलीको रहेको छ । ।






