अन्तर्राष्ट्रिय कोष IFAD काठमाडौ र कृषि बिकास बैंक काठमाडौद्वारा अनुगमन
November 26,2023, Dangराजपुर गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा संचालन भइरहेको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युबा उधमशिलता साझेदारी परियोजना (भिटा) द्वारा राजपुर गाउँपालिका क्षेत्रमा किसानहरुले उत्पादन गरेको तरकारी खेती, बाख्रा पालन, नमूना खोर सङै त्यस क्षेत्रमा परियोजनाद्वारा संचालन गरिएका विविध क्रीयाक्लापहरुको आज कृषि बिकासका लागि अन्तर्राष्ट्रिय कोष IFAD काठमाडौ र कृषि बिकास बैंक काठमाडौद्वारा अनुगमन गरिएको छ !

यसैबिच कृषि बिकासका लागि अन्तर्राष्ट्रिय कोष IFAD का डा. नरहरी ढकाल, सन्जिब श्रेष्ठ र कृषि बिकास बैंक काठमाडौका मनोज काफ्ले सहितको टिमले राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी, उपाध्यक्ष धनपती देबि यादब, शिक्षा प्रमुख, वडा अध्यक्षहरु, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, हेफर प्रोजेक्ट नेपाल, र जनप्रतिनिधिहरुको उपस्थितिमा त्यस क्षेत्रका किसानहरुलाई बित्तीय पहुँच कसरी पुराउने, आर्थिक सशक्तीकरण र उत्पादनलाई बजार सङ कसरी जोड्ने भन्ने बिषयमा अन्तक्रिया गरी कार्यक्रम सम्पन्न गरेको छ !










