सिमान्तकृत समुदायको अधिकारको लागी पैरबी « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

सिमान्तकृत समुदायको अधिकारको लागी पैरबी

Please follow & like us :)

October 31, 2021: USAID को आर्थिक सहयोग, FHI360 को प्राबिधिक सहयोग र पारस्परिक जवाफ देहिता परियोजना अन्र्तगत घोराही उपमहानगरपालिका ४ राजधानी टोलका समुदायको सवालहरु कार्यन्वयनका लागी ग्रामिण महिला उत्थान केन्द्र द्धारा छलफल सम्पन्न भएको छ ।
अशिक्षा, गरिबी र जनचेतनाको कमीले गर्दा स्थानिय सरकारले प्रदान गर्ने सेवा सुबिधाहरुमा पहुँच नभएको र सुचनाको हकबारे जानकारी नभएकोले ती समुदायको सामाजिक, आर्थिक, सास्कृतिक र राजनितिक क्षेत्रमा पहुँच बढाई राज्यको हरेक क्षेत्रमा सहभागीता सुनिश्चित गर्ने उद्धेश्यले ग्रामिण महिला उत्थान केन्द्रले समाबेशि नेत्रित्वको अबधारण अगाडी बढाएको हो ।

राजधानी टोलको सवालहरु पहिचान गर्नका लागी स्थानिय सभा र राजधानी टोलका सदस्यहरु बिच अगष्ट २४, २०२१ मा स्थानिय सभाको बैठक बस्यो । बैठकमा सहभागीहरुले राज्यबाट प्रदान गरिने सेवसुबिधा अझै प्राप्त गर्न नसकेको , स्थानिय तहको कुनै पनि संरचना भित्र थारु महिला युवाहरुको सहभागीता नरहेको , स्थानिय योजना तर्जुमा प्रकृयामा थारु महिला तथा युवाहरुको सहभागीता नरहेको, बिद्यालय पाएक पर्ने स्थानमा नरहेको, स्वास्वस्थय चौकी जान १ घण्टा हिडनुपर्ने र स्थानिय सरकारबाट कुनै पनि कृषि सेवा नपाएको लगायतका समस्याहरुको पहिचान भयो ।

बैठकमा स्थानिय सभाका सदस्यहरुले थारु समुदायको बिकास र उत्थानका लागी राज्यको हरेक संरचनामा थारुसमुदायको सहभागीता सुनिश्चित गरि समाबेशि नेत्रित्वको पहँुचमा ल्याउनुपर्ने कुरामा जोड दिएका थिए । बैठकमा त्यस समुदायको सामाजिक,आर्थिक,सास्कृतिक तथा राजनितिक अबस्था दैनिय रहेको निष्कर्ष निकाल्दै उनिहरुको अधिकारका लागी घोराही ४ लक्ष्मीपुरको वडा अध्यक्ष संग समन्वय गरि टोल बिकासको लागी पैरब गर्ने निर्णय गरयो ।
पहिचान भएका समस्या माथी संयुक्त रुपमा पैरबी गर्न मिडिया ,समाजिक संस्थाका प्रतिनिधिहरु, स्थानिय सभाका सदस्यहरु र हेड कोलिशनसंग बैठक बस्यो । टालेको सवालबारे ब्यापक रुपमा छलफल पछि राजधानी टोलका अगुवाहरुलाई समाबेशि नेतृत्वको लागी सचेत बनाउने निर्णय भयो
समाबेशि नेतृत्वको लागी टोलका अगुवाहरुलाई प्रशिक्षण

ग्रामिण महिला उत्थान केन्द्रको आयोजनामा सेप्टेम्बर १४ र १५ मा राजधानी टोलका ५ सदस्यहरुलाई समाबेशि नेतृत्वबारे प्रशिक्षणको आयोजना गरियो । तालिमको सहजिकरण FHI360 का रत्नबाबा तन्डुलकर र संझना कक्षपतिले गर्नुभएको थियो ।

जनप्रतिनिधिहरु संग छलफल
स्थानिय सभाले प्रस्तावित गरेको घोराही उपमहानगरपालिका वडा नं ४ स्थित राजधानी टोलका विषयमा वडा नं ४ का जनप्रतिनिधिहरुसंग सेप्टेम्बर २२, २०२१ मा छलफल भयो । वडा अध्यक्ष भिम बहादुर सार्कीले राजधानी टोलमा पछाडी पारिएको समुदाय रहेकोले त्यस टोलको उत्थानको लागी विभिन्न कृयाकलाप गर्नुपर्ने र टोलमा मासिक रुपमा स्वास्थ्य शिबिर र बाल शिक्षा संचालनका लागी पहल गर्ने प्रतिबद्धता गरका थिए ।

बालबिकास केन्द्र संचालनका लागी ज्ञापन पत्र
२३ सेप्टेम्बर २०२१ मा टोलमा बाल बिकास केन्द्र संचालन गर्नका लागी टोलका अध्यक्ष बुझौना चौधरीको नेतृत्वमा घोराही उपमहानगरपालिकाको शिक्षा तथा युवा खेलकुल महाशाखामा ज्ञापन पत्र पेश गरियो । पेश गरिएको ज्ञापन पत्र अनुसार शिक्षा तथा युवा खेलकुद महाशाखाको उपसचिब बिनोद गौतमले टोलमा बालशिक्षाको आबश्यक्ता बुझेर समितिको बैठक बसी बाल शिक्षा संचालन प्रकृया अगाडी बढाउने जानकारी दिनु भयो । कार्यक्रममा पारस्परिक जवाफ देहिता परियोजनाका पैरबी अधिकृत शिबा चौधरी र समुदायिक अनुसन्धान कर्ता हिमा पौडेलको सहभागीता रहेको थियो

Presented by Hima Poudel/Shiva Chaudhary

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021910