बित्तिय पहुँचका लागि कृषक बचत खाता
२ जनवरी, २०२४
यु.एस.ए.आई.डि. को आर्थिक सहयोग ग्रामीण महिला उत्थान केन्द्र र आइ डि ई नेपाल सँगको साझेदारीमा दाङ जिल्लाको ५वटा पालिका घोराही, लमही, राप्ती, तुलसीपुर र दंगीशरणमा गरी ४९ स्थानमा बित्तिय तथा ब्यवसायिक साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बाली कटानी पश्चात हुने क्षती न्युनिकरणका लागि यस रिप्लान्ट परियोजना अन्र्तगत समुदायमा रहेका कृषकहरुको आयस्रोतमा बृद्धि, बचतको महत्व, आम्दानी तथा खर्च, कर्जा लागानी, कर्जा सदुपयोगिता जाँच, बाली बिमा बारे जानकारी, बचतमा ब्याज र कर्जामा ब्याज सम्बन्धी जानकारी गराईएको थियो ।
जिवनको लक्ष्य निर्धारण देखि लिएर पैसा ब्यवस्थापन, महत्व, फाईदा, पैसा सम्बन्धी निर्णय कसरी लिने, सुनौलो भबिष्यका लागि बचत, घरायसी बजेट निर्माण सँगै कृषक बचत खाताको महत्व र फाईदाको बारेमा पनि अभिमुखीकरण गरिएको थियो साथै सहभागीहरु बाट आएका जिज्ञासाहरुको बारेमा समेत प्रष्ट पारिएको थियो ।
दाङ जिल्लाको घोराही उपमहानगरपालिका को १५ स्थानमा, तुलसीपुर उपमहानगरपालिकामा ७, लमही नगरपालिकामा १६, राप्ती गाँउपालिकामा ९ र दंगीशरण गाँउपालिका को २ स्थानका १हजार ५सय ५९ जना सहभागीहरुलाई अभिमुखीकरण गरिएको थियोे ।
सो अभिमुखीकरणमा महिला १हजार ४सय १ जना र पुरुष १सय ५८ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी मध्ये ४सय १ जनाले कृषक बचत खाता खोलेका थिए भने, अन्नबाली भण्डारणका लागि हर्मेटिक (पिक्स) ब्यागको महत्व, आवश्यक्क्ताको बारेमा जानकारी गराई माग संकलन र उपलब्धताका लागि सामुदायिक बिकास सहजकर्ता मार्फत पिक्स ब्याग सम्बन्धीे सेवा दिने काम हुदै आएको छ र यस अभिमुखीकरणको सहजीकरण कर्जा सुपरभाईजर कमला शर्माले गर्दै आउनुभएको छ ।