परियोजना अभिमुखीकरण सँगै परियोजना अनुगमन तथा समन्वय समिति गठन
June 28, 2024
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दाङ र सल्यान जिल्लामा संञ्चालन भईरहेको “तरकारी बस्तुको नविनतम मुल्यश्रृखंलामा ग्रामीण महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना अन्तरगत लमही क्षेत्रका लागि मिति २०८१ साल आषाढ ३ गतेका दिन परियोजना अभिमुखीकरण र परियोजना अनुगमन तथा समन्वय समिति गठन भएको छ ।ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता, उपप्रमुख लक्ष्मी योगी को बिशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
परियोजनाका फोकल पर्सन माधवा पोख्रेलको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा ३३ महिनाको यस परियोजनाले दाङ र सल्यान जिल्लाको १० वटा सहकारीमा काम गर्दै आइरहेको जानकारी दिदै जिल्लालाई तरकारी क्षेत्रमा आत्मनिर्भर बनाउने, तरकारीको हबका रुपमा बिस्तार गर्ने र तरकारी निर्यात सँगै आधुनिक प्रशोधन केन्द्र पनि संचालनमा ल्याउने उद्देश्य सहितका बिषयबस्तु बारे संस्थामा कार्यरत भिमकान्त चौधरीले प्रश्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले परियोजनाले दाङ र सल्यानको १० वटा सहकारीमा काम गरेता पनि लमही क्षेत्रलाई मुख्य केन्द्रको रुपमा आधार मानेर काम गर्न थालेकोमा धन्यवाद दिनुभएको थियो साथै परियोजना सफलताका लागि लमही नगरपालिकाबाट सदैब सहयोग रहने प्रतिबद्धता समेट ब्यक्त गर्नुभएको थियो ।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि लक्ष्मी योगीले यहाँका किसानहरुलाई तरकारीको क्षेत्रमा पनि ब्यवसायिक बनाउनका लागि संस्था÷परियोजनाले अहम भुमिका निर्वाह गरेकोमा खुसी सहित धन्यवाद दिनुभएको थियो । यस परियोजनालाई परियोजना अवधीभर सफलता पुर्वक संञ्चालन गर्नका लागि आफुले पनि सक्दो सहयोग गर्ने बताउदै अन्य सहकारीका महिला दिदिबहिनीहरुलाई यस परियोजनामा समेट्न अनुरोध समेत गर्नुभएको थियो ।
सो कार्यक्रममा सभाअध्यक्ष आसमानी चौधरीले समुदायका महिलाहरुलाई आत्मनिर्भर बनाउन अहम भुमिका निर्वाह गरी देशको समृद्धिका लागि यस परियोजनाले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भएको थियो । साथै आफनै गाँउ ठाँउमा आएको यस परियोजनाको सफलताको लागि स्थानिय सरकारले पनि अपनत्व लिएर काम गर्नका लागि आग्रह समेत गर्नुभएको थियो ।
कार्यक्रमको अन्तमा १६ सदस्यीय परियोजना अनुगमन तथा समन्वय समिति गठन गरिएको थियो । जसको संयोजकमा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, सदस्यहरुमा लमही नगरपालिकाका ९ वटै वडाका वार्ड अध्यक्षहरु, लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, कृषि शाखा प्रमुख, सहकारी शाखा प्रमुख, हेफर ईन्टरनेशनल नेपालको प्रतिनिधि र ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि रहेका छन् भने सल्लाहाकारमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई चयन गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रकाश देबकोटा, जनप्रतिनिधिहरु, बिषयगत शाखाका प्रमुखहरु र लमही क्षेत्रका ४ वटा उद्यमी सहकारीका अध्यक्षहरुको उपस्थीति रहेको थियो उक्त कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो । साथै यस परियोजना अन्तरगत, परियोजना संञ्चालन भएको क्षेत्र घोराही उपमहानगरपालिकाको वार्ड नम्बर ३, वार्ड नम्बर १३ र त्रिबेणी गाँउपालिका ५ सल्यान लुहाममा पनि परियोजना अभिमुखीकरण सँगै परियोजना अनुगमन तथा समन्वय समिति गठन भईसकेको छ ।