थ्रि जिरो क्लब (शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्वन उत्सर्जन) सेमिनारमा युवाहरु
ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड को आयोजनामा घोराही उपमहानगरपालिका वार्ड नम्बर १५ स्थिीत होटेल माला ईनमा मिति २०८१ साल आषाढ २१ गतेका दिन जिल्लाका संस्थागत र सामुदायिक बिद्यालयका ५सय बढी बिद्यार्थीहरुका बिचमा Seminar on Exit Route From the Current Self Destructive Civilization बिषयक सेमिनार सम्पन्न भएको छ ।
आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड का प्रमुख कार्यकारी अधिकृत सोगत बिर चौधरीको अध्यक्षता एंव ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष सोगतवीर चौधरीले स्वागत सहित कार्यक्रमको उद्देष्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बालबिकास माध्यामिक बिद्यालयका शिक्षक यादब आर्चायले संस्थाले जिल्लामा यसरी बिद्यार्थीहरुको जमघट गराई बिद्यार्थीहरुलाई तीन शुन्यको अवधारणा, शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्वन उत्सर्जनका सवालमा बिभिन्न बिषयमा प्रश्तुतीकरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो । संस्थाले गर्ने कामले बिद्यार्थीहरुलाई आफनो जिम्मेवारी, कर्तब्य, र आफनो कामप्रतिको भुमिका के भन्ने बिषयमा समेत सोच्न सहयोग पुग्ने बताउदै आगामी दिनमा आफनो बिद्यालयका बालबालिकाहरुलाई तीन शुन्यको अवधारणालाई पुरा गर्नका लागि बिद्यालय, शिक्षक सबैले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
श्री रझेना माध्यामिक बिद्यालयका शिक्षक मदन खनालले संस्थाले बिद्यार्थीहरुलाई तीन शुन्य बारे अभिमुखीकरण गरेको ले शिक्षकहरुलाई समेत यस बिषयले प्रभाव पारेको र केहि गर्नुपर्ने दायित्वबोध गराएको उहाँको भनाई थियो । बिगतका दिनहरुमा समेत संस्थाले बालबालिकाहरुको शैक्षिक लगायत अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएकोमा धन्यबाद दिनुभएको थियो । जनज्योती बिद्या मन्दिरका शिक्षक जिबन आर्चायले जिल्लामै पहिलो पटक संस्थाले सामुदायिक र संस्थागत बिद्यालयका
बालबालिकाहरुलाई एकै ठाँउमा जमघट गराएकोमा हृदयदेखी नै धन्यबाद दिनुभएको थियो, यसरी हुने जमघटले बिद्यार्थीहरुका बिचमा अन्तरघुलन भएको उहाँको भनाई थियो साथै सन् २००६ मा नोवेल पुरस्कार बाट पुरस्कृत डा.प्रोफेसर मोहम्मद युनुसले परिकल्पना गरेको तीनशुन्यको अवधारणालाई सबैले साझा रुपमा बुझने अवसर पाएको बताउनुभएको थियो । कार्यक्रमबाट आफुहरुले सिकेको सिकाईलाई बिद्यार्थी र शिक्षकले बिद्यालय वा घरमा समेत कार्यन्वयनमा ल्याउने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीले नेपालमा बि.स. २०७८ साल अषाढ १६ गते देखी थ्रि जिरो क्लबको गठन र अभिमुखीकरणको शुभारम्भ भएको बताउदै, ५६ देशमा ३हजार ९सय थ्रि जिरो क्लब गठन, १९हजार ५सय सदस्य १२ देखी ३५बर्ष उमेर समुहका युवाहरु सदस्य रहेका छन् । यि क्लबलाई प्रर्बद्धन र संरक्षण गर्नका लागि ६९ जना थ्रि जिरो सपोर्ट पर्सन, ३७ वटा थ्रि जिरो सर्पोट संस्था रहेको जानकारी गराउनुुभएको थियो । भर्खरै मात्र
फिलिपिन्समा सम्पन्न थ्रि जिरो क्लब कन्भेन्सन बाट आगामी १बर्षमा १०हजार थ्रि जिरो क्लबको लक्ष्य लिएको मध्ये नेपालले १बर्षमा ३हजार थ्रि जिरो क्बल गठन गर्ने योजना रहेको जानकारी गराउनुभएको थियो । थ्रि जिरो को अवधारणाले स्थानिय स्रोतलाई पनि परिचालन गरी आफनो देश आफै निर्माण गर्नका लागि युवाहरुको नबिनतम सोच, जोश, जाँगर र सहयोग अनिवार्य रहेको उहाँको भनाई थियो । कार्यक्रममा पद्मोदय पब्लीक नमुना उच्च माध्यामिक बिद्यालयका शिक्षक प्रकाश देबकोटा, नेपाल पत्रकार महासंघ दाङ जिल्ला उपाध्यक्ष बसुन्धरा गौतम लगायतले आफनो भनाई राख्नुभएको थियो ।
थ्रि जिरो क्लबका सदस्यहरु रमला चौधरी, बाबुराम चौधरी र अन्य बिद्यार्थीहरु बालबिकास माध्यामिक बिद्यालयका राज गुप्ता,
श्री सरस्वती माध्यामिक बिद्यालयका शिशिर खड्का, पद्मोदय पब्लीक नमुना उच्च माध्यामिक बिद्यालयका नबिन बिश्वकर्मा, शान्ति सुधा माध्यामिक बिद्यालयका गणेश डाँगी, दिपशिखा माध्यामिक बिद्यालयका उत्सव के.सी., श्री रझेना माध्यामिक बिद्यालयका फिरोज मिँया, जनज्योती बिद्यामन्दिरका निरुता खनाल, मेरील्याण्ड पब्लीक एकेडमीका करण बुढा र अल्फा ईंग्लीस बोर्डिङ स्कुलका राजेश थापा लगायतका बिद्यार्थीहरुको सहभागीतामा प्यानल डिसकसन भएको थियो, सो कार्यक्रमको सहजीकरण रेडियो मध्यपश्चिमका सम्पादक छवी पुरीले गर्नुभएको थियो । तीन शुन्य, शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य
कार्वन उत्सर्जनको बिषयमा प्यानल डिसकसन भएको थियो । सो सेमिनारमा थ्रि जिरो क्लब शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्वन उत्सर्जन बिषयमा पार्वती बस्नेत, लघुबित्तको अवधारणा, गरिबी निवारण र स्वरोजगार सिर्जना बिषयमा पुरन अधिकारी र Seminar on Exit Route From the Current Self Destructive Civilization हित बहादुर थापाले प्रश्तुतीकरण गर्नुभएको थियो ।
जिल्लाका सामुदायिक र संस्थागत १०बिद्यालयका ५सय बढी बिद्यार्थीहरुको उत्साहजनक उपस्थीती र सहभागितामा सम्पन्न भएको सेमिनारमा बिद्यार्थीहरुले आ–आफनो प्रतिभा समेत प्रर्दशन गरेका थिए, सो कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।