तरकारीमा स्थापितः पञ्चमी
कठबेरुवा गाउँ घोराही सदरमुकाम देखि दक्षिणमा पर्दछ । राजपुर गाउँपालिका –१ मा रहेको यो गाउँ वर्ष भरी कुलोको पानी सिचाई रहेको गाउँ हो । भुगोलको हिसावले सवैभन्दा विकट गाउँपालिका हो राजपुर गाउँपालिका । यहाँ व्यवसायिक रुपमा कृषि खेतीका लागि प्रचुर सम्भावना रहेको छ । सिचाई र उर्वर जमिन प्रसस्त छ तर यहाँका किसानहरु परम्परागत शैलीमा नै खेतीपाती गरिरहेका छन् । व्यवसायिक तरकारी खेती कसैले पनि गरेका छैनन तर अहिले कठबेरुवा गाउँमा ५ घरपरिवारको बारीमा टनेल देखिन्छ । टनेलभित्र रहरलाग्दो लटरम्म फलेका टमाटर छन । तिनै लटरम्म टमाटर फलाउने किसान मध्ये एक जना हुनुहुन्छ –पञ्चमी कुमारी चौधरी । १ वर्षदेखि उहाँको दैनिकी तरकारी गोडमेल गर्ने, फलाउने र बिक्री गर्नेमै बितेको छ । अन्य पेशा भन्दा सहज भएकोले तरकारी खेती उहाँको रोजाइमा परेको हो । चौधरीले गतवर्ष तरकारीबाट १९ हजार रुपैया कमाउनु भएको थियो यसपाली उहाँले उक्त टनेलमा करेला रोप्ने सोच बनाउनुभएको छ भने १ कठ्ठामा भिण्डी रोप्नु भएको छ बाँकी ३ कठ्ठामा खुर्सानी रोप्नु भएको छ । राम्रो आम्दानी हुन थालेपछि व्यवसायिक रुपमा तरकारी खेती गर्न उत्साहित हुनुभएकी उहाँले मेहनेत गरे तरकारीबाट राम्रै प्रतिफल लिन सकिने बताउनु भयो ।
केहि समय अघि चप्पल उद्योग खोलेर ब्यवसाय शुरु गर्दा कच्चा पदार्थ भारतबाट ल्याउनु पर्ने, समयमै कच्चा पदार्थ ल्याउन नसक्दा घाटा भएर चप्पल उद्योग बन्द गरेको बताउनुुभयो । त्यस पछि पञ्चमीका श्रीमान विदेश जानका लागि भिसा लगाउनु भयो तर भिसा लागेन । विदेशका लागी धेरै कोशिस गर्नु भएका पञ्चमीका श्रीमान अहिले यस भिटा परियोजनामा आवद्ध भई बिभिन्न किसीमका तालिम लिई टनेल सहयोग प्राप्त गरेपछि तरकारी खेती गर्न थाल्नुभयो । तरकारी खेतिले आम्दानी दिन थालेपछि उहाँलाई बिदेश नजाने कि भनेर सोच आउन थाल्यो अहिले दुवै जना (श्रीमान् श्रीमती) व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्नु भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा राजपुर गाउँपालिकामा सञ्चालन भईरहेको भिटा परियोजना अन्तर्गत गठन भएको झरना स्वावलम्वन कृषि समूहको सचिव पदमा पनि हुनुहुन्छ । यो समूहलाई भिटा परियोजनाले वेमौसमी तरकारी खेतीमा सहयोग गरेको छ । परियोजनाको सहयोग पछि समुहमा आवद्ध अरु किसानको झै उहाँको पनि तरकारी खेतीले आयआर्जन बढेको छ । पहिला ऋण सापट गरेर घरखर्च चलाउने उहाँ, भन्नुहुन्छ, ‘बितेका दिनहरुमा पैसा चाहिएको बेला साहु महाजन सँग चर्को व्याजमा कर्जा लिनुपथ्र्यो । बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाको सञ्चालक समिति सदस्य पनि हुनुहुन्छ । तरकारी खेती गर्न थालेपछि चौधरीको आर्थिक, सामाजिक अवस्थामा विस्तारै परिवर्तन हुन थालेको छ । छोराछोरीलाई राम्रो विद्यालयममा पढाउनु भएको छ । छिमेकीलाई समस्या पर्दा सहयोग गर्नसक्ने हुनुभएको छ, त्यसले गर्दा उहाँको समाजमा सम्मान र प्रतिष्ठा पनि बढेको छ ।
पञ्चमीले ३ महिनाको अवधिमा १ वटा टनेलबाट ७ क्वीन्टल टमाटर बिक्री गर्नुभयो, तरकारी खेती गर्न थालेपछि घरखर्च चलाउन, छोराछोरी पढाउन सहज भएको छ, परियोजनाको सहयोगकै कारण यो अवस्थामा आइपुगियो चौधरीले बताउनुभयो । जम्मा १० धुरमा तरकारी खेती गर्दा सवै खर्च कटाएर ४ महिनामा १९ हजार रुपैया आम्दानी गरेकी छु । अवका दिनमा बार्षिकरुपमा एक लाख रुपैया कमाउने योजना छ ।’ अहिले ४ कठ्ठामा खुर्सानी लगाउनु भएकी पञ्चमीले रु. १८ हजारको खुर्सानी बिक्रि गरि सक्नुभयो भने बिक्रि कार्य निरन्तर चलिरहेको छ ।
पञ्चमीले तरकारी खेती गरेको देखेर गाउँका अरु महिला दिदीवहिनी पनि त्यसतर्फ आर्कषित हुनु भएको छ । उहाँ अरु दिदीवहिनीको लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ । आफुले जाने बुझेका कुरा दिदी वहिनीहरुलाई पनि सिकाउनु हुन्छ । परिश्रमले आम्दानी पनि बढ्छ । पञ्चमी भन्नुहुन्छ यति थोरै जग्गामा तरकारी खेती गर्दा यति धेरै पैशा आउछ भन्ने सोचेकी पनि थिएन । पहिला त्यति जग्गामा खेति गर्दा २ हजार मात्र आम्दानी हुन्थ्यो । परियोजनाबाट थप तरकारी उत्पादन सम्बन्धि तालिमको अपेक्षा राख्नु भएकी पञ्चमीले थप ७ कठ्ठा जग्गामा तरकारी खेती गर्ने योजना रहेको बताउनुभयो ।