ग्रामीण महिला उत्थान केन्द्र को आयोजनामा मौसमी तथा बेमौसमी तालिम सम्पन्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

ग्रामीण महिला उत्थान केन्द्र को आयोजनामा मौसमी तथा बेमौसमी तालिम सम्पन्न

Please follow & like us :)

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा कृषि उन्नतिशील परियोजना अन्तर्गत राजपुर गाउँपालिकाको विभिन्न स्थानमा तरकारी खेती तालिम सम्पन्न भएको छ

बढ्दो बेरोजगारी लाई न्यूनीकरणका साथै आर्थिक रुपमा महिलाहरुलाइ सशक्तीकरण गर्ने उदेश्यले संस्थाले समुदाय केन्द्रित मौसमी तथा बेमौसमी तरकारी खेति तालीमको संचालन गर्दै आइरहेको छ

तालीममा ब्याबसायिक उधमी कसरी बन्ने,बीउ बिजनको छनौट प्रक्रिया देखि बजार सम्म कहिले र कसरी जाने भन्ने प्रबिधिको बारेमा जानकारी गराइन्छ

ग्रामीण महिला उत्थान केन्द्र दाङ्ले प्रबर्द्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजपुर शाखाद्वारा गठन भएका केन्द्र नम्बर २,५३,६३,४६,५६,४३ र ३९ समुहका ६८ जना सदस्यहरु तालीममा सहभागी भएका थिए ! साथै सहभागीहरुलाइ राजपुर गाउँपलिका मै रहेको रिदम कृषि फार्ममा लगि अबलोकन समेत गराइएको थियोे

ग्रामीण महिला उत्थान केन्द्र को आयोजनामा आत्मनिर्भर लघु वित्त वितिय शाखा कार्यालय नारायणपुर को समन्वयमा पुस्पानजलि उत्थान महिला समुह केन्द्र नम्बर ८४ मा च्याउ खेती तालिम सम्पन्न गरिएको छ।

May 8, 2022: ग्रामीण महिला उत्थान केन्द्र काे आयोजनामा आत्मनिर्भर लघु वित्त वितिय सस्था लिमिटेड शाखा कार्यालय राजपुर दा्रा गठन गरिएका विभिन्न केन्द्र सदस्यलाई राजपुर गा पा वार्ड न ७ राताकासमा च्याउ खेती तालिम सम्पन्न गरिएको छ।विकट गाा पा मा कुनै पनि निकायबाट तालिम नपाएका दिदिबहिनी हरु च्याउ खेती तालिम पाएर खुसि भएको कुरा व्यक्त गर्नुका साथै आफुले सिकेको सिपलाइ व्यावसायिक रुपमा अगाडी बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।

घोराही-९ तेघारा-एकलघरामा मौसमी र ​​बेमौसमी तरकारी तालिमको तस्विर निम्न छ।

घोराही-२ मा SAMMY परियोजनाको समन्वयमा सम्पन्न मौसमी र ​​बेमौसमी तरकारी तालिमको तस्विर तल दिइएको छ।

घोराही-१४, ढोरेनी क्षेत्रमा सम्पन्न मौसमी तथा बेमौसमी तरकारी तालिमको तस्विर यस्तो छ


                    

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021910