किसानहरुलाई सिँचाई सामाग्री उपहार
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा दाङ्ग र सल्यान जिल्लामा संचालन भईरहेको “तरकारी बस्तुको नविनतम मुल्य श्रृखंलामा ग्रामीण महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता बिकास परियोजना” IALVC अन्तर्गत लक्षित किसानहरुलाई ७६ लाख ८० हजार ९ सय १६ रुपैया बराबरको सिँचाई सामाग्री बितरण गरिएको छ ।
जिल्लालाई तरकारीमा आत्मनिर्भरमुखी बनाउदै आधुनिक प्रशोधन केन्द्र स्थापना गर्ने योजना अनुरुप तरकारी उत्पादन बृद्धिका लागि प्राबिधिक ज्ञान, सिप, तालिम सहित किसानहरुको माग अनुसार ८ वटा सामाजिक उद्यमी सहकारीमा आवद्ध किसानहरुलाई उक्त सामाग्री बितरण गरिएको हो ।
ईलेक्ट्रीक वाटर पम्प १ एच.पी.को ३४ वटा, ईलेक्ट्रीक वाटर पम्प २ एच.पी.को ५९ वटा, वाटर ईलेक्ट्रीक पम्प ठुलो ३१ वटा, बोरीङ तथा कुवा २५ वटा, ईलेक्ट्रीक वाटर पम्प ३ एच.पी.को १ वटा, सिमेन्टको टंकी ४ वटा, प्लास्टीक टंकी २५ वटा र सिँचाईको लागि बिभिन्न थरीका ४ हजार ९ सय ८० मिटर पाईप उपहार कोष अन्तर्गत बितरण गरिएको छ।
यसरी सिँचाईका सामाग्रीहरु प्राप्त गरेपछि सहकारी, सहकारीमा आवद्ध किसानहरु निक्कै उत्साहित र खुसी भएका छन् । सिँचाई सामाग्रीहरु बितरण गर्दा सम्बन्धीत वडाका जनप्रतिनिधि, सहकारीका प्रतिनिधि, प्राबिधिक लगायतको उपस्थिीतीमा सामाग्री बितरण गरिएको हो भने सामाग्री बितरण पश्चात सामाग्रीको जडान तथा फिटिङ कार्य सम्बन्धीत किसानहरुकै फिल्डमै पुगेर गरिएको छ ।
आफनो ठाँउमा आफुले माग गरे बमोजिम सामाग्री प्राप्त गरी त्यसको जडान हुदा किसानहरुले उत्पादन गर्दै आएको तरकारी खेति ब्यवसायिक रुपमा अगाडी बढ्ने आशा गरिएको छ ।