कर्मचारीहरुको लागी हेफर आधारशिला तथा प्रशिक्षक प्रशिक्षण तालिम
May 18, 2023 : हेफर प्रोजेक्ट नेपाल, गढवा गाँउपालिका र ग्रामीण महिला उत्थान केन्द्र दाङ द्धारा संचालन भईरहेको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी बिकास परियोजनामा आवद्ध कर्मचारीहरुका लागीे हेफर आधारशिला तथा प्रशिक्षक प्रशिक्षण तालिम घोराहीको होटेल माला ईनमा सम्पन्न भएको छ ।
तालिम समुद्घाटन शत्रमा गढवा गाँउपालिकाका अध्यक्ष श्री यमनाराय शर्मा पोख्रेल, प्रमुख प्रशासकिय अधिकृत श्री आशिष चौधरी, ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष श्री आसमानी चौधरी, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ अधिकृत श्री महेश आर्चाय लगायतको उपस्थिीति रहेको थियो । मिति २०७९ फाल्गुण १४गते देखी २०गतेसम्म (७दिन) संचालन भएको तालिममा हेफर आधारशिलाका १२वटा बुदाँहरु, प्रशिक्षकले प्रशिक्षण गर्दा ध्यान दिनुपर्ने महत्वपुर्ण बिषयमा निक्कै गहनताका साथ छलफल गरी सहजीकरण गरिएको थियो। पछिल्लो समय हाम्रो समुदायमा सामुहिक एकता जस्ता भावनाहरु हराउदै गईरहेको छ ।
यो अवस्थामा समुदायलाई नै आर्थिक, सामाजिक रुपान्तरण तथा परिवर्तन गर्नका लागी हेफर आधारशिला तालिमले मियोको रुपमा समुदायलाई नै अनुशासन, सहयोगी र एकतामा बाध्ने काम गर्ने छ भन्ने बिश्वासका साथ परियोजनामा आवद्ध हुुनुभएका सम्पुर्ण कर्मचारीका लागी परियोजनाको शुरुवातमै हेफर आधारशिला तथा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिएको हो । तालिममा कार्यक्रम संयोजक, लेखा अधिकृत, कृषि उद्यम बिकास सहजकर्ता, प्राबिधिक संयोजक र सामुदायिक सहजकर्ताहरुको सकृय सहभागीता रहेको थियो । तालिमको सहजीकरण हेफर ईन्टरनेशनल नेपालका तालिम बिभाग प्रमुख सकुन्तला रसाइलीले गर्नुभएको थियो ।