IPM प्रबिधिद्वारा मकै बालीमा लाग्ने अमेरिकन फौजी किरा ब्यबस्थापन सम्बन्धि कार्यक्रम लमही ८ भौकामा सम्पन्न भएको छ !


लमही नगरपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्ष उमेश कुमार खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो !लमही ८ भौकामा रहेको मिलिजुली उपहार महिला समुहमा सम्पन्न गरिएको उक्त कार्यक्रमको प्रशिक्षण प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना (मकै सुपरजोन) का प्रमुख महेश रेग्मी ले गर्नुभएको थियो !

