१ महीने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीमको उद्धघाट्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

१ महीने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीमको उद्धघाट्न

Please follow & like us :)

June 7, 2024: Dang Ghorahi:

निवास संस्था र ग्रामीण महिला उत्थान केन्द्र दांगको साझेदारीमा राजपुर र गढ़वा गाऊँपालीका मा संचालन भईरहेंको महिलाहरुका लागि सुरक्षित आवास मार्फ़त सुदृढ़ीकरण (SWFH) परियोंजना अन्तर्गत राजपुर गाऊँपालिका ५ जंग्रहवामा आज देखी १ महीने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीमको उद्धघाट्न गरिएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको सभा-अध्यक्षता तथा राजपुर गाऊँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता, उपाध्यक्षय धनपती देबी यादवको विशिष्ट आतिथ्यता र Inclusive Designers & Builders का प्रबन्ध निर्देशक कुशल श्रेष्ठ, हेफ़र प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आचार्य र मनकामना डेभलपमेण्ट सोलूसनका अध्यक्ष रुमेंल पुन, भीटा परियोजनाका कार्यक्रम संयोजक गिरिराज भट्ट लगायतको गरिमामय उपस्थितिमा तालीमको उद्घघाटन गरीएको हो ।

Inclusive Designers & Builders का अध्यक्ष नीरोज श्रेष्ठले स्वागत सहित कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थिंयो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021618