स्वरोजगार बन्दै प्रतिमा चौधरी « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

स्वरोजगार बन्दै प्रतिमा चौधरी

Please follow & like us :)

May 8 , 2024,

दाङ जिल्ला, राप्ती गाउँपालिका—८, पिपरी, निबासी २८ वर्षिय प्रतिमा चौधरी एक सक्रिय महिला हुनुहुन्छ । जस्ले ग्रामीण महिला उत्थान केन्द्रद्धारा संचालित रिप्लान्ट परियोजना अन्तरगत सामुदायीक व्यवशायी सहजकर्ता ९सिबियफ० को रुपमा बिगत एक वर्ष देखि काम गरिरहनु भएको छ । उहाँले किसानहरुलाई पिक्स ब्यागको बारेमा सचेतना दिदै पिक्स ब्याग लगायत कृषीका सामानहरु किसान समक्ष पुर्याईरहनु भएको छ ।

शिक्षा विषयबाट +२ पास र २९ महिने जेटिए तालिम लिनुभएकी प्रतिमा चौधरीको परिवारमा् बुबा आमा, एक दिदी र दुई बहिनी गरि ६ जनाको परिवार रहेको छ । घरकी माईली छोरी प्रतिमाका बुबा आमा बृद्द भएका कारण घरको काम लगायत खेतीपाती पनि चार बहिनी छोरी मिलेर गर्नुहुन्छ । इमान्दार, लगनशिल र मिहिनेती प्रतिमा अहिले सम्म कुनै रोजगार नपाउँदा सारै नै चिन्तित हुनुहुन्थ्यो । यसै क्रममा सन् २०२३ मार्चमा ग्रामीण महिला उत्थान केन्द्रको सहकार्यमा सञ्चालन भएको रिप्लान्ट परियोजना अन्तरगत सामुदायीक सहजकर्ता ९सिबियफ०० बन्नका लागी बिक्रिकला तालिम लिने अबसर पाउनुभयो । तालिम पछि उहाँले घुन, पुतला र किरा लागेर नष्ट हुन लागेका अन्न बाली पिक्सब्याग मा सुरक्षीत रहने तरिका बताउँदै यसको महत्व र फाईदाको बारेमा चर्चा गर्दै बिभिन्न सहकारी, समुह, संस्था र किसानको घर घरमा पुगेर जनचेतना दिदै जानुभयो । कृषीका बिउ, मल देखि आधुनिक कृषी सामाग्री र बिभिन्न उपकरणको बारेमा सिकाउन थाल्नुभयो । रिप्लान्ट परियोजना अन्तरगतका बिभिन्न कार्यक्रममा उपस्थित भई सहकारी र कृषक समुहसंग जोडिएर उहाँले अहिले सम्म १५०० भन्दा बढी पिक्स ब्याग कृषकहरुलाई उपलब्ध गराई सक्नुभएको छ । पिक्स ब्याग लगायत अन्य कृषीका सामाग्रीहरु कृषक माझ उपलब्ध गराए बाफत उहाँले हालसम्म १लाख २० हजार रुपैया आम्दानी गर्नुभएको छ । यसका साथै १५०० पिक्स ब्याग कृषकलाई उपलब्ध गराए बाफत प्रोत्साहन स्वरुप मोबाईल फोनबाटपनि पुरस्कृत हुनुभएको छ । संस्था र परियोजनासंग जोडिएर बिभिन्न तालिममा सहभागी भई आफ्नो कामलाई लगनशिलताका साथ निरन्तरता दिदै जाँदा किसानहरु उहाँबाट निकैनै प्रभाबित भएका छन् साथै किसानहरुले मल, बिउ र पिक्सब्याग आबश्यक पर्दा उहाँसंगनै सम्पर्क गर्दै आएका छन् ।
सामुदायीक व्यवशायी सहजकर्ता ९सिबियफ० प्रतिमा चौधरीे भन्नुहुन्छ ̏ग्रामीण महिला उत्थान केन्द्र रिप्लान्ट परियोजना संग जोडिएपछि कृषी प्रति आफ्नो ज्ञान र सीप बढेको छ, भने समुदाय माझ खुलेर बोल्न सक्ने क्षमताको बिकाश भएको महशुश गरेको छु । आफूले सिकेका ज्ञान र सीप कार्यक्रम सकिएपनि किसानहरु माझ पुर्याईरहने छु । पिक्स ब्याग प्रयोग गर्ने बिधि, अन्नबाली भण्डारण गर्ने तरिका र यसका फाईदाहरुका बारे किसानलाई सचेतना प्रदान गरिरहने छु ।ˮसाथै आइ.डी.ई नेपाल र ग्रामीण महिला उत्थान केन्द्रले मलाई १० दिनको पोखरामा प्लान डक्टर तालिम लिने अबसर प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु, र आफूले सिकेको सिपलाई किसान समक्ष सिकाउने प्रयास गरिरहने छु ।ˮ
समुदायमा रहेका युवाहरुलाई स्वरोजगार र उद्यमी बनाउने उद्धेश्यले सञ्चालन गरिएको सिविएफ मोडेल अन्तरगत यस परियोजनाले प्रतिमा चौधरीलाई उद्यमी बनाउन सफल भएको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021485