सिकलसेल सम्बन्धी सचेतना, जीविकोपार्जन र शैक्षिक सहयोग कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

सिकलसेल सम्बन्धी सचेतना, जीविकोपार्जन र शैक्षिक सहयोग कार्यक्रम

Please follow & like us :)

ग्रामीण महिला उत्थान केन्द्र एक बिशुद्ध सामाजिक संस्था हो, संस्थाले आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने परिकल्पना अनुरुप समुदायमा आय–आर्जन, बिपद् ब्यवस्थापन, शुसासन, शिक्षा, कृषि जिबिकोपार्जन, स्वास्थ्य लगायतका क्षेत्रमाबिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । थारु जातीको बाहुल्यता रहेको दाङ्ग, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका अधिकांश थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोगको पहिचान गर्नका लागि मेटलाईफ ईन्सोरेन्सको सहयोगमा मिति २०८० आषाढ २ गतेका दिन दाङ जिल्लाको घोराही उपमहानगरपालिका वार्ड नम्बर १० नारायणपुरमा निःशुल्क सिकलसेल एनिमिया चेकजाँच गर्ने स्वास्थ्य शिबिरको आयोजना गरेको थियो । सो शिबिरमा ४ सय १२ जनाले सेवा लिदा ४१ जना सिकलसेलका बिरामीहरु पहिचान भएका थिए ।शिबिरबाट पहिचान भएका ४१ जना सिकलसेलका बिरामीहरुको आवश्यक्ता र मागलाई सम्बोधन गर्दै आय–आर्जनका सवालमा आत्मनिर्भरता र स्वरोजगार सिर्जना गर्नका लागि संस्थाले मेटलाईफ ईन्सोरेन्सको सहयोगमा पशु तथा स्रोतको उचित ब्यवस्थापन तालिम, ब्यवसायिक मौसमी तथा बेमौसमी तरकारी खेति तालिम, सिलाई कटाई, ब्युटिपार्लर तालिम र शैक्षिक सामाग्री सहयोग (छात्रबृत्ति प्रदान) लगायतका कार्यक्रमहरु सम्पन्न गरेको छ । सिकलसेल प्रभावितहरुको आय–आर्जनका लागि संचालन गरिएको यि तालिमहरुले उनिहरुमा आत्मबिश्वास बढ्नुका साथै आत्मनिर्भर हुने तिव्र ईच्छा बढेको देखिन्छ । तालिम प्राप्त पछि केहिले तरकारी खेति, बाख्रा तथा बंगुरपालन ब्यवसाय ब्यवासायिक रुपमा शुरु गर्नुभएको छ, यसरी तालिम पश्चात उहाँहरुमा आएको परिवर्तन देखेर अहिले सिकलसेल प्रभावितहरुलाईसमुदायले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ ।

दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम

मिति २०८० साल माघ १५गतेका दिन १ दिने दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । संस्थाका सल्लाहाकार सोगतवीर चौधरीको अध्यक्षतामा सम्पन्न भएको अभिमुखीकरणमा सिकलसेलका बिरामीहरुले दुखाई ब्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने सावधानी तथा भुमिकाहरुको बारेमा अभिमुखीकरण गराईएको थियो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका इमरजेन्सी इन्र्चाज, एमडिजिपी डा. उमाकान्त तिवारीले सहजीकरण गर्दै संसारमा जन्मपछि मृत्यु शाश्वत धु्रबसत्य छ, जस्लाई कसैले फेर्न सक्दैन् तर्सथ सामान्य मान्छे र सिकलसेलका बिरामीहरुले खानपान र आहारबिहारमा ध्यान दियो भने जिवन बराबरी नै बाच्न सकिने, शरिरको दुखाई पानीले पनि कम हुने हुदा सामान्य मान्छेले पिउने पानी भन्दा सिकलसेलका बिरामीहरुले दुई गुणा बढी पानी पिउनुपर्ने, दुखाई कम गर्नका लागि समुदायमा शरिर मालिस गर्ने, धामीझाक्री गुरुवा कहाँ पुग्ने चलन छ यस्ता अन्धबिश्वासलाई बढावा नदिई, सिटामोल वा डाक्टरले दिएको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्ने, श्वास फेर्न गाह्रो र दुखाई बढी भएमा तुरुन्तै अस्पताल पुर्याउनुपर्ने, रगत चढाउनुपर्ने, श्वास प्रश्वासमा सहजताका लागि अक्सीजन दिनुपर्ने, अवस्था आउन सक्छ तर्सथ बिरामीहरुको अवस्था हेरेर तुरुन्तै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा पुरयाउने, । सिकलसेलको दुखाई आफनो ठाँउमा छ तर बिरामीहरुले मानसिक रुपमा आफुलाई कमजोर र हेयको भावले हेर्न थाल्यो भने झनै समस्या आउने भएकाले सकारात्मक कुराहरुमा बढी ध्यान दिन डा. तिवारीले आग्रह गर्नुभएको थियो । बगिरहेको कुलोमा फोहर अडकिएर पानी बग्न गाह्रो भएजस्तै मानिसको शरिरमा रहेको रक्तसंञ्चार प्रणालीमा रगत प्रवाह नहुदा शरिरमा दुखाई बढ्नु यस रोगको मुख्य लक्षण भएकाले दुखाई ब्यवस्थापनका लागि पर्याप्त मात्रामा पानी पिउनु नै यस रोगको पहिलो घरायसी उपचार रहेको डा. तिवारीको भनाई थियो। अभिमुखीकरण कार्यक्रममा डा. तिवारी सँग सिकलसेलका बिरामीहरुले अन्र्तक्रियात्मक तरिकाले आफुलाई मनमा लागेका प्रश्नहरु जस्तै महिनावारीमा हुने दुखाई, गडबडी, थाईरोइड, सिकलसेलका बिरामीहरुलाई मात्रै रगत चढाउनुपर्ने हुन्छ ? आदि लगायतका बिषमा पालैपालो सोध्नुभएको थियो । यसैगरी कार्यक्रममा नारायणपुर स्वास्थय चौकीका इन्जार्च डिल्लीराज आर्चायले पनि कार्यक्रको सहजीकरण गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै सभाध्यक्ष सोगत चौधरीले संस्थाले नारायणपुरमा आयोजना गरेको स्वास्थ्य शिबिरबाट ४१ जना सिकलसेलका बिरामीहरु पहिचान भएकाले उहाँहरुको दुखाई ब्यवस्थापनका लागि अहिले यो अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बताउदै आगामी दिनमा उहाँहरुको आयआर्जनका लागि संस्थाले प्याकेज मार्फत सिपमुलक कार्यक्रम गर्ने जानकारी दिनुभएको थियो ।

मौसमी तथा बेमौसमी तरकारी खेती तालिम

ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजना तथा मेट लाईफ ईन्सोरेस कम्पनी लिमिटेडको सहयोगमा घोराही १० नारायणपुरमा मिति २०८० माघ २६ र २७ गतेका दिन मौसमी तथा बेमौसमी तरकारी खेति तालिम सम्पन्न भएको छ । संस्थाले आयोजना गरेको सिकलसेल शिबिर बाट प्रभावित भएका ४१जना मध्ये १५ जनालाई मौसमी तथा बेमौसमी तरकारी खेति तालिम प्रदान गरिएको हो । सैद्धान्तीक तथा प्रयोगात्मक तरिकाले संञ्चालन गरिएको मौसमी तथा बेमौसमी तरकारी खेति तालिमको प्रशिक्षकमा कृषि प्राबिधिक दिबश देबकोटा र धन बहादुर भण्डारी रहनुभएको थियो ।
तालीममा मौसम अनुसारका नर्सरी ब्याड बनाउने तरिका, लहरे तरकारी बालीका बिउ पोली ब्यागमा रोप्ने तरिका, प्रतिकुल मौसममा लहरे बालीका बेर्ना उत्पादन गर्नको लागि हट बेड तयार गर्ने, वर्षा मौसममा काउली बाली समुह र टमाटरका बेर्ना उत्पादन गर्ने, झोल मल बनाउने तरिका, अदुवा बेसार खेती गर्ने, प्याज खेतीको सैद्धान्तिक ज्ञान र बिधिको बारे जानकारीका साथै टनेल मार्फत कसरी तरकारी उत्पादन गर्ने भन्ने तरिका बारे सैद्धान्तीक शिक्षाका साथै प्रयोगात्मक रुपमा तालिम प्रदान गरिएको थियो । टनेल मार्फत तरकारी उत्पादन गर्न सिकाउदा, प्रयोग गरिएको टे« पिट्मसमा करेला, खुर्सानी, टमाटर, काक्रा लगायतको बिरुवा राखिएको थियो । यसैगरी तरकारी उत्पादन गर्नका लागि किसानहरुले अपनाउनुपर्ने तरिका, मौसम, समय लगायतका कुन जातका बिउ बिजन लगाउने लगायत घरेलु रुपमा पनि तरकारीमा लागेका किराहरु नष्ट गर्नलाई अपनाउनुपर्ने सावधानी लगायतको बिषयमा सिकाईएको थियो । तालिममा बोल्दै सहभागी नारायणपुर १० उत्तर अमराई निवासी बजारी चौधरीले संस्थाले केहि समय अघि नारायणपुरमा आयोजना गरेको सिकलसेल शिबिरबाट आफु सिकलसेल प्रभाबित भन्ने थाहा पाएपछि निक्कै तनाव बढेको बताउनुभएको थियो तर बिस्तारै संस्थाको आयोजनामा डाक्टर राखेर काउन्सेलीगं, दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण प्राप्त गरेपछि मनको डर चिन्ता हटेको बताउनुभयो भने अहिले आएर पुनः संस्थाले हामीहरुलाई आय आर्जनमा जोड्नका लागि बाख्रा तथा बंगुरपालन तालिम र तरकारी तालिमको आयोजना गरी बिउ बिजन लगायतको केहि सामाग्री उपलब्ध गराएकोमा संस्थाप्रति चौधरीले धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै नारायणपुर १०का सरोज चौधरीले सरकारी तथा अन्य कुनैपनि संस्थाले चेकजाँज शिबिरको आयोजना गरेपछि रोग पत्ता लगाएर चटक्कै छोडेको देखिन्छ तर यस ग्रामीण महिला उत्थान केन्द्रले शिबिर पश्चात पनि बिभिन्न चरणमा हामीलाई सहभागी गराउदै आय आर्जनको पाटो लगायत बालबालिकाहरुको शिक्षामा पनि जोडने भनेको सुन्दा अत्यन्त खुसी लागेको बताउदै संस्था प्रति कृतज्ञता प्रदान गर्नुुभएको थियो भने आफुले अहिले सिकेको सिपलाई ब्यवहारमा उर्ताने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
तालिममा संस्थाका अध्यक्ष आसमानी चौधरीले सिकलसेलका प्रभावितहरुको मागलाई सम्बोधन गर्दै आय आर्जनमा जोड्नका लागि संस्थाले यो काम गरेको बताउनुभयो साथै आगामी दिनहरुमा पनि यहाँहरुको आर्थिक समृद्धिका लागि संस्थाले अहोरात्र खटेर काम गर्दै जाने पनि बताउनुभएको थियो ।

पशु तथा स्रोतको उचित ब्यवस्थापन तालिम

ग्रामीण महिला उत्थान केन्द्र दागं र मेटलाईफ ईन्सोरेन्स कम्पनीले मिति २०८० साल माघ २८ गतेका दिन पशु तथा स्रोतको उचित ब्यवस्थापन सम्बन्धी तालिम घोराही १० नारायणपुरमा सम्पन्न भएको छ। सिकलसेल प्रभावित ४१ जना मध्ये बाट १५जनाको लागि आयोजना गरिएको पशु तथा स्रोतको उचित ब्यवस्थापन तालिममा बाख्रापालन तथा बंगुरपालन सम्बन्धी बिबिध बिषयमा प्रशिक्षण गरिएको थियो । पशु सेवा कार्यालय नारायणपुरका पशु प्राबिधिक हेम प्रसाद शर्माले प्रशिक्षण गर्नुभएको तालिममा बाख्रापालनका लागि उन्नत जातका बाख्रा तथा बोकाको छनौट गर्नुपर्ने, स्थानिय स्रोतको प्रयोग गरी आधुनिक खोर, बाख्राको आहारका लागि पोषिलो घाँस, घरमै दाना बनाउने बिधि, घाँस तथा दाना खुवाउने तरिका र तिनिहरुको सरसफाईमा ध्यान दिनुपर्ने लगायतका बिषयमा प्रशिक्षकले प्रशिक्षण दिनुभएको थियो । यसैगरी बाख्रा तथा बंगुरको स्वास्थ्य चेकजाँच सँगै बर्षमा १पटक लगाउनुपर्ने पिपिआर भ्याक्सीन, छ–छ महिनामा खुवाउनुपर्ने जुकाको औषधी, डिपिङ ट्याकं, क्रिणा, उपिया र जुम्रा पर्दा पशुलाई लगाउने औषधी तथा खसी कहिले र कुन समयमा बनाउने लगायतका बिषयमा प्रशिक्षक पशु सेवा कार्यालय नारायणपुरका पशु प्राबिधिक हेम प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।
यसैगरी तालिममा पशु प्राबिधिक धन भण्डारीले पशुको आहारका लागि खुवाउनुपर्ने उन्नत जातका घाँसको वारेमा जानकारी दिनुभएको थियो भने थोरै जमिनको प्रयोग गरी किसानहरुले आफनो बारी, कान्ला भिरपाखामा पनि उन्नत जातका घाँसहरु किम्बु, मोलाटो, सुपर नेपियर, जिगंट लगायतका घाँसका बिरुवाहरु रोप्न सकिने भन्दै किसानहरुलाई घाँस रोप्ने तरिका पनि सिकाउनुभएको थियो । बाख्राको लागि अत्ति आवश्यक मानिनेखनिज ढिक्का बनाउनका लागि आवश्यक पर्ने रातो माटो, मैदा, आयोडिन नुन, अण्डाको खोस्टा र मिनरल्सको मात्रा मिलाएर सहभागीहरुलाई प्रयोगात्मक रुपमा बनाउन सिकाउनुभएको थियो ।

कार्यक्रमका सहभागीहरुको प्रतिनिधित्व गर्दै सहभागी कुन्ती चौधरीले परम्परागत रुपमा आफुहरुले बाख्रापालन गर्दै आएकोमा यस कार्यक्रमले दिएको बाख्रा तथा बंगुरपालन सम्बन्धी तालिमले आफुहरुलाई आगामी दिनमा ब्यवसायिक रुपमा बाख्रापालन गर्न आट आएको बताउनुभयो यसैगरी संस्थाले हामीहरुको आय आर्जनका सवालमा केहि कदम चालेकोमा पनि चौधरीले संस्थालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका कोषाध्यक्ष मिरा चौधरीले सिकलसेल मार्फत पनि समुदायका दिदिबहिनीको आत्मनिर्भरता तथा उत्थानका लागि विभिन्न किसिमका आय आर्जन सम्बन्धी क्रियाकलापमा सहभागी गराउदै आत्मनिर्भर हुन, उद्यमी बन्न र व्यावसायिक रुपमा अगाडी बढ्नको लागि आग्रह गर्नुका साथै कार्यक्रममा सक्रियता पूर्वक सहभागी भएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो ।
शुरुवातमा सिकलसेल छ भनेर थाहा पाउदा अत्यन्त डराएको बताउने अर्थ कुमारी चौधरी, संस्थाले आयोजना गरेको डाक्टर सहितको बिभिन्न किसीमका तालिमहरु पाएपछि मनको डर हराउदै गएको र आय आर्जनका लागि पनि आफुले गरेको माग बमोजिम तालिम लिन पाउदा अत्यन्त खुसी भएको बताउदै संस्थालाई धन्यबाद दिनुभएको थियो ।

३महिने ब्युटिपार्लर र सिलाईकटाई तालिम

४१ जना सिकलसेल बिरामीहरुलाई शिक्षा, स्वास्थ्य र आत्मनिर्भरमा सक्षम बनाउने उद्धेष्यले ग्रामीण महिला उत्थान केन्द्र दागं र मेटलाईफ ईन्सोरेन्स कम्पनीले घोराही उपमहानगरपालिका वार्ड नम्बर १५मा रहेको आर्किड ब्युटीपार्लर एण्ड टे«निङ सेन्टरमा मिति २०८० साल चैत्र ७गतेका दिन ३महिने ब्युटीपार्लर सम्बन्धी तालिमको शुरु गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक मुना पाण्डेयले बदलिदो समय सँगै हरेक महिलाहरु आत्मनिर्भर, सक्षम, आत्मविश्वासी देखिनका लागि पनि सुन्दरताले महत्वपुर्ण भुमिका खेल्ने हुदा ब्युटिसियन पेशा हरेक महिलाहरुको लागि रोजाईको पेशा बनेको बताउनुभएका थियो, साथै आफनो घरको सम्पुर्ण काम सँगसँगै यस पेशालाई निरन्तर रुपमा अगाडी बढाउन सकिने र आम्दानी पनि मनग्य गर्न सकिने भएकाले यो पेशा अहिले सबैका लागि आर्कषणको पेशा रहेको पाण्डेयको भनाई थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले जबसम्म महिलाहरु आत्मनिर्भर र सक्षम हुदैनन् तबसम्म शसक्त समाजको परिकल्पना नहुने भएकाले महिलाहरु आत्मनिर्भर बन्नु आजको आवश्यक्ता रहेको बताउनुभएको थियो । सिकलसेलका बिरामीहरुलाई अप्ठ्यारो गह्रौ काम गर्न स्वास्थ्यले पनि त्यत्ति साथ नदिने हुदा ब्युटिसीयन पेशा,अहिलेको बजारको माग अनुसार आत्मनिर्भर हुनका लागि सहयोग हुने उहाँको भनाई थियो ।चैत्र७ गतेदेखी आषाढ ७गते (३महिना) सम्म संञ्चालन भएको ब्युटिसियन तालिममा ३जनाको सहभागीता रहेको थियो ।


ग्रामीण महिला उत्थान केन्द्र दागं र मेटलाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडको साझेदारीमा मिति २०८० चैत्र १५गते देखी घोराही उपमहानगरपालिका वार्ड नम्बर १० नारायणपुरमा ८जना सिकलसेल प्रभावितहरुको लागिसिलाईकटाई तालिमको शुभारम्भ भएको थियो । ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहाकार सोगतवीर चौधरीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको तालिमको प्रशिक्षकमा नारायणपुर १० मा रहेको शिला टेलर्सका प्रोप्राईटर चित्रा सेन रहनुभएको छ।
संस्थाका कोषाध्यक्ष मिरा चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सोगतवीर चौधरीले ३महिनासम्म संञ्चालन हुने यस तालिम पश्चात सहभागीहरु आत्मनिर्भर भई स्वरोजगार सिर्जना हुने हुदा त्योपरिवार नै आर्थिक रुपमा अगाडी बढने उहाँको भनाई थियो । प्रशिक्षक चित्रा सेनले हातमा सिप, काम गर्ने मिहनेत र ईमान्दारिता हुने हो भने कसैलाई पनि भोको बस्न नपर्ने बताउनुभएको थियो, साथै महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि संस्थाले सिप सिकाउने उद्धेष्यले सिलाईकटाई तालिमको ब्यवस्था गरिदिएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष आसमानी चौधरीले जबसम्म महिलाहरु आत्मनिर्भर र सक्षम हुदैनन् तबसम्म शसक्त समाजको परिकल्पना गर्न नसकिने भएकाले पनि महिलाहरु आत्मनिर्भर बन्नु आजको आवश्यक्ता रहेको भनाई राख्दै यस सिलाईकटाई तालिमले आगामी दिनमा आर्थिक उर्पाजनका लागि भरपुर सहयोग हुने कुरा ब्यक्त गर्नुभएको थियो सो कार्यक्रमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले गर्नुभएको थियो । चैत्र १५ गते देखी आषाढ १५ गते (३ महिना) सम्म संञ्चालन भएको उक्त तालिमको संस्थाले दैनिक हाजिरी र समय समयमा तालिमको अनुगमनसमेत गरेको थियो ।

सिकलसेल प्रभाबितहरुलाई छात्रबृत्ति प्रदान कार्यक्रम

ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्स्योरेन्स काठमाण्डौको साझेदारीमा मिति २०८१ जेष्ठ ३१ गतेका दिन घोराही उपमहानगरपालिका १० नारायणपुरका १५जना सिकलसेल प्रभावित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिद्धरत्ननाथ उ.मा.बि., जनजागृती माध्यामिक बिद्यालय, लिटिल भ्याली, पद्मोदय पब्लीक उ.मा.बि., महेन्द्र बहुमुखी क्याम्पस, स्वर्गद्धारी बोर्डीङ, ग्रेट बुद्ध एकेडमी लगायतका बिद्यालयमा यु.केजी. देखी स्नातक तहसम्म अध्ययनरत बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिएको हो । संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा छात्रबृत्ति प्राप्त गर्ने छात्रा अस्मीता चौधरीले, संस्थाले सिकलसेल क्याम्प राखेर रोग पत्ता लगाईदिएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो, रोग पत्ता लागेपछि हामीजस्ता पढदै गरेका १५ जना सिकलसेल प्रभावितहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराएर ठुलो गुण लगाएको भन्दै संस्थालाई हृदयदेखी नै धन्यवाद सहित आभार ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा ६बर्षिय पोषण चौधरीका आमा सबिता चौधरीले संस्थाले बालबालिकाहरुको शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै अत्यन्त खुसीका साथ संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्नुका साथै बालबालिकाहरुलाई भबिष्यमा पनि छात्रबृत्ति उपलब्ध गराएर सहयोग गरिदिनका लागि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा एच.बि.थापाले छात्रबृत्तिले बिद्यार्थीहरुको शैक्षिकस्तरमा प्रोत्साहन मिलोस्, बिद्यार्थीहरुको पढ्ने लगनशिलता सँगै भबिष्य सुनिश्चीत होस् भनेरै संस्थाले बालबालिकाहरुको शिक्षामा लगानी गरेको भनाई राख्नुभएको थियो । यसैगरी कार्यक्रममासंस्थाका अध्यक्ष आसमानी चौधरीले “आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने” उद्देष्यले स्थापना भएको यस संस्थाले शिक्षाको क्षेत्रमा पनि कार्य गर्दै आईरहेको भनाई राख्नुभएको थियो ।
छात्रबृत्ति बितरण कार्यक्रममा बिद्यालय पोशाक, स्कुल ब्याग, कापी, कलम, क्यालकुलेटर, जमेट्री बक्स सहितको सामाग्री प्रदान गरिएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका पार्वती बस्नेतले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021906