सिकलसेल प्रभावित परिवारका समस्या र समाधानकाे उपायहरु विषयक छलफल घाेराहीमा सम्पन्न
October 1, 2021: Dang Ghorahi-15: सिकलसेल प्रभावित परिवारका समस्या र समाधानकाे उपायहरु विषयक छलफल घाेराहीमा सम्पन्न भएकाे छ । छलफलमा अाफुहरु नेपाल सरकारकाे स्थानिय निकायबाट ५०००/- मात्र पाएकाे र उपचारकाे लागि नेपाल सरकारले रु १०००००/- बराबरकाे उपचार खर्च उपल्बध गराउने भने पनि अाफुहरुले कुनै सुबिधा प्राप्त नगरेकाे गुनासाे गरे ।

उनिहरुले सिकलसेल विरामी ब्यक्तिहरुकाे निसुल्क उपचार नेपाल सरकारले गर्नु पर्ने र पाएक पर्ने स्थानमा अाैषधि उपलब्ध गराउनु पर्ने माग गरेका थिए । कार्यक्रम संस्थाकाे अध्यक्ष अासमानी चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
उहाँले संस्थाले सिकलसेल प्रभावित परिवारहरुकाे लागि सधै पैरवी गर्ने, सिकलसेल सम्बन्धि अभिमुखिकरण गर्ने बताउनु भयाे । यसैगरी घाेराही उ.म.न.पा.काे स्वास्थ्य प्रमुख नारायण घर्तिले उपचारकाे लागि बजेत प्रसस्त रहेकाे र यसकाे लागि सबै लाग्नु पर्ने वताउनु भयाे ।

कार्यक्रममा संस्थाका निर्देशक साेगत वीर चाैधरी, नागरिक समाजबाट चन्द्रराज पन्त, नेपाल रेडक्रसकाे अध्यक्ष थम्मन चाैधरी, मिडियाकाे तर्फबाट सन्ताेष अधिकारी, पुनाराम चाैधरीले अाफ्नाे विचार राख्नु भएकाे थियाे ।

कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रकाे अायाेजनामा सम्पन्न भएकाे हाे । कार्यक्रमकाे सहजिकरण हित बहादुर थापाले गर्नु भएकाे हाे ।