सफल एग्रोभेट व्यापारी खुशीराम चौधरी
May 26, 2024
घोराही उपमहानगरपालिका —१७ घनिबगीया निवासी खुशीराम चौधरीएक सफल र प्रतिष्ठितव्यापारी हुनुहुन्छ । बिगत १८ बर्ष देखी घोराही उपमहानगरपालिका १५ मा सनलाइईट एग्रोभेट संञ्चालन गरी किसानमाझ सेवा पुर्याउदै आउनुभएको छ ।
चौधरीका आमा, बुवा, श्रीमती र दुई छोरा गरि ६ जनाको परिवार रहेको छ । पसलमा खुसीराम र उहाँको श्रीमती बस्नुहुन्छ, फुर्सदको समयमा उहाँका छोराहरुले बुवा आमालाई एग्रोभेट पसलमा सहयोग गर्दै आउनुभएको छ । भाडाको एउटा सानो कोठा देखी संचालन गरेको एग्रोभेट ब्यवसाय यात्रा अहिले १८ बर्ष पुगिसक्दा जिल्लामा होलसेल ब्यापारीको पहिचान बनाउन उहाँ सफल हुनुभएको छ । अहिले पसलमा २ जनालाइ रोजगार समेत दिनुभएको छ । ब्यवसाय गर्दै गर्दा बि.स.२०७४ सालमा घोराही उपमहानगरपालिका —१७ नं वडाको वडाध्यक्षमा निर्वाचित भई काम गर्नुभएका चौधरीले किसानहरुका समस्यालाई नजिकबाट अध्ययन गरी समाधानका लागि पहल गर्दै आइरहनुभएको छ। ग्रामीण महिला उत्थान केन्द्र र आई डि.ई नेपालको सहयोगमा संञ्चालन भएको बाली कटानी पश्चात हुने क्षती न्युनिकरणका लागि नयाँ प्रबिधिको पहँुच (रिप्लान्ट) परियोजना मार्फत सँग जोडिएर चौधरीले तिन हजार छ सय बढी पिक्स ब्याग बिक्री गरिसक्नु भएको छ । यसैगरी चौधरी वडाध्यक्ष भएको समयमाउहाँले न्याफसिड कम्पनी संग जोडिएर पिक्स ब्यागलाई किसान माझ पुर्याएको बताउनुभयो, त्यो समय किसानहरुलाई अनुदानका रुपमा पिक्स ब्याग बितरण गर्दा, पिक्स ब्यागको महत्व, आवश्यक्ता र यसबारेसचेतना दिन सकिएको थिएन तर जबरिप्लान्ट परियोजना अन्र्तगत सामुदायीक व्यवशायी सहजकर्ताद्घारा गाउँ गाउँमा किसानहरुलाई पिक्स ब्यागको फाइदा र महत्व बुझाईयो तत्पश्चात मात्रै किसानहरुले पिक्स ब्यागको माग गर्न थालेको र एग्रोभेटमा आएर पिक्स ब्याग खरिदका साथै आफूलाई आवश्यक पर्ने अन्य कृषीका सामाग्रीहरु पनि किनेर लैजाने गरेको उहाँले बताउनुभयो ।
ग्रामीण महिला उत्थान केन्द्र सँग जोडिएको खुसी,जनप्रतिनिधिका रुपमा स्थापित भएर काम गर्दाको क्षण र एग्रोभेटको प्रोप्राइटर भएरआफुलाई सामाजिक रुपमा स्थापित गर्दै सामाजिक सेवा गर्न पाएकोमा खुसीराम चौधरीले खुसी हुदै संस्थालाई धन्यवाद दिनुभएको थियो ।