ग्रामीण महिलाको साथ ईन्द्राको हात
September 25, 2023:
बिहान ४ बजे उठेर घर भित्र र बाहिरको काम गर्दा गर्दै दिन बितेको पत्तै हुदैन ईन्द्रा हमाललाई, गढवा गाँउपालिका वडा नं.–६ मत्पुर, निवासी ईन्द्राको खोरमा अहिले ५० वटा बाख्राहरु छन्, ८ कठ्ठा जग्गामा माछापालन छ भने, १ हजार अट्ने कुखुराको खोर छ तर अहिले खोरमा ५ सय कुखुरा छन् । यि सबै व्यवसाय गर्न ईन्द्रालाई एक्लै सम्भव थिएन तर श्रीमान्को साथ र घरपरिवारको सहयोगले यो ब्यवसाय फस्टाउदै गईरहेको ईन्द्राले बताउनुभयो । १० कक्षामात्र पास गरेकी ईन्द्राले साना बच्चाहरुलाई छोडेर अरु केहि काम गर्न नसक्ने जस्तो लाग्यो, अनि घरपरिवारको सल्लाह बमोजिम बच्चाहरुलाई सम्हाल्दै ब्रोईलर कुखुरा पाल्ने साेंच बनाउनुभयो ।
आजभन्दा ७ बर्ष अघि ग्रामीण महिला उत्थान केन्द्रले निर्माण गरेको सयपत्री महिला उत्थान केन्द्रको समुहमा आवद्ध हुनुभयो । समुहमा आवद्ध भएपछि बिना धितो ३ लाख कर्जा लिई व्यवसाय शुरु गर्नुभयो । पछिल्लो समय ईन्द्रा ग्रामीण महिला उत्थान केन्द्र दाङ, हेफर प्रोजेक्ट नेपाल र गढवा गाँउपालिकाद्धारा सञ्चालित “गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनामा पनि आवद्ध हुनुभएको छ । “परियोजना अन्तरगत सुधारिएको नमुना खोर बनाउन ७५ हजार अनुदान रकम प्राप्त गरी खोर निर्माण गर्नुभएको छ ।
परियोजना अन्तरगत बाख्रापालन र आधारशिला तालिम लिएर आफूलाई घरपरिवार, टोल छिमेकसँग पनि ब्यवहार राम्रो गर्नुपर्छ भन्ने सिकाई भएको बताउदै धेरैजनाको अगाडि उभिएर बोल्न डर लाग्थ्यो तर आजभाेिल सबैका अगाडि उभिएर आफ्ना र टोलका कुराहरु राख्न कुनै संकोच नमान्ने गरेको कुरा ब्यक्त गर्नुभयो ।”आफूले सिकेको सीप र तालिमबाट प्राप्त गरेको ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्दै आएको व्यवसायबाट उहाँले बार्षिक रुपमा १५ देखि २० लाख सम्मको आम्दानी गरिरहनुभएको छ । “ग्रामीण महिला उत्थान केन्द्रद्धारा संञ्चालन भईरहेको बिभिन्न परियोजना मार्फत होस् वा लघुवित्त कार्यक्रम मार्फत होस् ग्रामीण स्तरबाट नै समुदायमा रहेका हामी जस्ता दिदिबहिनीहरुको उत्थान र आयआर्जनका सवालमा काम गरेको सुन्दा र आफूले प्रत्यक्ष अनुभव गर्न पाउँदा साह्रै खुशी लागेको ईन्द्राले बताउनुभयो ।” आगामी दिनमा आफू जिल्लाकै सफल, सक्षम र उत्कृष्ट उद्यमीको नामले चिनिने ठूलो धोको रहेको ईन्द्राको भनाई छ ।