व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै ः रामकुमारी
September 25,2023:
लमही नगरपालिका वडा नं.–६, देउपुर बस्ने रामकुमारी चौधरी व्यवसायिक खेती तर्फ आकर्षित हुनुभएको छ । USAID को आर्थिक सहयोग iDE नेपालको प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र दाङको सहकार्यमा दाङ जिल्लाको पाँचवटा पालिकाहरुमा सञ्चालन भईरहेको च्भएीब्ल्त् परियोजना अन्तरगत रामकुमारी चौधरीको बारीमा मकै खेती प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रमले रामकुमारी मात्रै नभएर त्यस टोलमा बसोबास गर्ने कृषकहरुमा व्यवसायिक खेती गर्ने साेंच पलाएको छ । रामकुमारी चौधरीको परिवारमा १ छोरा, १ छोरी, श्रीमान् र आफू गरि ४ सदस्य हुनुहुन्छ । घरबास सहित ७ कठ्ठा मात्र रहेको जमिनबाट हुने उत्पादनले परिवारको जिविका चलाउन समेत हम्मे हम्मे पथ्र्यो, तर उनलाई समुहमा बस्यो भने केहि गर्न सकिन्छ कि भन्ने लाग्या,े त्यसपछि आजभन्दा करिब ११ वर्ष अगाडि ग्रामीण महिला उत्थान केन्द्रले निर्माण गरेको समुहमा आबद्घ हुनुभयो । समुहमा आवद्ध भएपछि पैसा बचत गर्न थाल्नुभयो । पैसा बचत गर्दै जाँदा थोरै कर्जा माग गरेर बङ्गुर पालनको शुरुवात गर्नुुभयो ।
व्यवसाय बिस्तारै बढ्दै थियो तर पनि सुन्दर भविष्यका लागि उहाँका श्रीमान बैदेशिक रोजगारमा जानुभयो । बङ्गुर पालन ब्यवसायबाट आम्दानी भएको पैसाले छोराछोरीको पढाई, लेखाई, घर व्यवहारको खर्च र श्रीमान्लाई बिदेश पठाउँदाको लागेको खर्चको भार थपिदा उहाँलाई केहि समय निक्कै दुःख भयो । बिदेश गएको ६ महिना पछि श्रीमान्ले मासिक ३० हजारको दरले घरमा पैसा पठाउन थाल्नुभयो । त्यसपछि केहि राहत मिलेको रामकुमारीले बताउनुभयो ।
श्रीमान्ले पठाउने पैसाबाट पनि सबै खर्च कटाएर केहि पैसा बचत गरि कृषी व्यवसायलाई बृद्धि गर्ने योजना बुनेका बेला ग्रामीण महिला उत्थान केन्द्रद्धारा सञ्चालित रिप्लान्ट परियोजना अन्तरगत वित्तीय साक्षरता तालिम र आई.पि.एम प्रविधिबाट धान खेती प्रदर्शनी कार्यक्रम, मकै खेती प्रदर्शनी र बालीनालीमा लाग्ने रोग किरा व्यवस्थापन सम्बन्धी दिएको तालिमले आफूलाई धेरै कुरा सिक्ने अबसर मिलेको बताउनुभयो । साथै अहिले संस्थाले परियोजना मार्फत आफनो १ कठ्ठा बारीमा लाग्ने मल, बीउ, पोटास, र रोगकिरा व्यवस्थापनका औषधीहरु उपलब्ध गराएर जिविकोपार्जन गर्ने कृषकहरुका लागि कार्यक्रम ल्याएकोमा आफूलाई हौंसला मिलेको बताउदै संस्था र परियोजनालाई धन्यवाद समेत दिनुभयो ।