विपद् ब्यबस्थापन न्युनिकरण संम्बन्धी छलफल कार्यक्रम
October 29 October 2021: ग्रामिण महिला उत्थान केन्द्र द्वारा कायन्यन गरिएको पारस्परिक जवाफ देहिता परियोजना अन्तरर्गत विपद् ब्यबस्थापन न्युनिकरण संम्बन्धी छलफल कार्यक्रम घोराही उपमहानगर पालिका का १ ४ १५ १६ १७ गरी ५ वटा वडामा वडा स्तरिय विपद् ब्यबस्थापन समितिसंग फरक फरक मितिमा विपद् संग संम्बन्धी निती नियम बजेट विपदका समस्या÷सबाल को बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम संम्पन गरिएको छ ।
विपद जोखीम न्युनिकरण तथा जलवायु पर्रिबतन उत्थानशीलतालाई केन्द्र देखि स्थानिय तह सम्म विस्तार गरी सबै तहका बिकासका निती तथा कार्यक्रमा विपद् जोखिम ब्यबस्थापन लाई मुलप्रभाहिकरण गर्नु पने यर्थाथ लाई आत्मसात गरी दिगो बिकासको मान्यतालाई सुनिचीत गर्न प्रभाबित सबै बर्ग समुदाय एवंम क्षेत्रको पहुँच र स्वामित्व स्थानिय श्रोत साधन तथा क्षमताको अधिकतम परिचालन गर्नु पने आजको आबस्यकता हो ।
त्यसैले हरेक स्थानिय तहले स्थानिय विपद् तथा जलवायु उत्थानसील योजना तर्जुमा निदेशीका बनाउन जरुरी रहेको छ । ग्रामिण महिला उत्थान केन्द्रले यसै आवस्यकता लाई महशुस गरेर घोराही उपमहानगर पालीमा स्थानिय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निदेशीका बनाउनका लागी यस कार्य लाई अगाडी बढाएको छ ।
विभिन्न वाडमा वाड स्तरीय जलवायु उत्थानशीलता योजना तर्जुमा तयार गर्न प्रेरित गरेको छ । साथै विपद्का विभिन्न सवाल का बारेमा ग्रामिण महिला उत्थान केन्द्रले पैरवी गर्दै आईरहेको छ । उक्त कार्यक्रम ग्क्ब्क्ष्म् को आर्थिक सहयोग तथा ँज्क्ष्घटण् प्राविधिक सहयोगमा गरिएको छ ।
घोराही उपमहानगर पालीका वाड नं ४ का विपद ब्यबस्थापन समितिसंग विपद ब्यबस्थापन न्युनिकरण संम्बन्धी अन्तरक्रिया कार्यक्रम ।

मिति २०७८÷५÷३१ गतेका दिन घोराही उपमहानगर पालिका वाड नं ४ लक्ष्मीपुरमा वाड स्तरिय विपद् ब्यबस्थापन समितीसंग विपद ब्यबस्थापन न्युनिकरण संम्बन्धी अन्तरक्रिया कार्यक्रम संम्पन गरियको छ । कार्यक्रममा यस वाडका वाड अध्यक्ष श्री भिमबहादुर सार्की अध्यक्षतामा । विपद् ब्यबस्थापन न्युनिकरण संम्बन्धी कार्यक्रम गरीएको थियो । विपद ब्यबस्थापन कार्यक्रम नियमीत नबसेको र स्थानिय बिपद् ब्यबस्थापन न्युनिकरण संम्बन्धी योजना तयार नगरेको र हाल विपद् नितीहरुको बारेमा पनि समितीहरु प्रस्ट नरहेको बारेमा समितीहरु बताउनु भयो । वाडमा विपद परेका परिवार लाई आ आफ्नो तरीकाबाट सहयोग गर्ने बारेमा सदस्यहरु बताउनु भयो । वाडका अध्यक्ष श्री भिम बहादुर सार्की ज्यु ले वाड लाई आर्थिक अधिकार नरहेको र उपमहानगर पालीकाले विपदको विषयलाई ढिलाई गर्दा विपद् मा परेका परिवारले सास्ती खेप्नु परेको बताउनु भयो । वाडले कोभिडको समयमा खान नपुग्ने परिबार लाई राहत वितरण क्वारेन्टान बनाएर बाहीर बाट आउने .लाई ब्यबस्थीत गरेको घर भत्केको परिवारको मुचुल्का उठाई घोराही उपमहानर पालीकामा पठाउने गरेको । खरको छाना हटाई टिन लगाएको जस्ता वाडले गरेको विपद ब्यबस्थापन कार्यहरु बताउनु भएको थियो । वाड स्तरिय विपद् ब्यबस्थापन योजना तर्जुमा निमार्ण गर्ने र नियमिती रुपमा वाड स्तरिय विपद् ब्यबस्थापनको बैठक गर्ने बताउनु भयो । बैठकमा महिला ९ पुषरु ८ गरी जम्मा १७ जनाको उपस्थीतिमा बैठक सम्पंन्न गरिएको थियो ।
वाड नं १७ का वाड स्तरिय विपद ब्यबस्थापन समितिसंग विपद ब्यबस्थापन न्युनिकरण संम्बन्धी अन्तरक्रिया कार्यक्रम

यसैगरि मिति २०७८।६।१ गते घो.उ.पा वडा नं. १७ मा वडाको अध्यक्ष तथा १७ वडास्तरिय विपद व्यवस्थापन समितिका संयोजक खुसिराम चौधरीको संयोजकत्वमा विपद् व्यवस्थापन युनिकरण सम्बन्धि छलफल कार्यक्रम संम्पन गरियको छ । १७ नं वडाका अध्यक्षले छलफलमा पहिचान गरिएका विपद्का सवालहरु सबदाह जाने बाटो सुदार वर्षादको कारणले घर भत्केको परिवारलाई राहद नदिकटान आदी जस्ता विभिन्न विपदहरु लाई संम्बन्धी ठाउँमा पहल गर्ने पतीबदता गर्नु भयो र वडा स्तरिय विपद्का समितिहरु सक्रिय रुपमा लाग्नु पर्ने र आफु पनि विपदको क्षेत्रमा सक्रिय रुपमा लाग्ने बारेमा बताउन ुभयो । वाड स्तरिय विपद् ब्यबस्थापन अन्तरक्रिया कार्यक्रम नियमीत बस्ने र वाड स्तरीय विपद् ब्यबस्थापन योजना तर्जुमा बनाउने पतिदता गर्नु भयो । अन्तरक्रिया कार्यक्रममा महिला ३ पुरुष १३ गरि १६ जनाको उपस्थितिमा कार्यक्रम संम्पन्न गरिएको थियो ।
घोराही उपमहानगर पालिका वाड नं १५ का वाड स्तरिय विपद ब्यबस्थापन समितीसंग विपद ब्यबस्थापन न्युनिकरण संम्बन्धी अन्तरक्रिया कार्यक्रम ।
मिति २०७८।६।४ गते घो.उ.पा.वडा नं १५ मा वडा अध्यक्ष रमेश पाण्डे अध्यक्षतामा वडा स्तरिय विपद् व्यवस्थापन समितिहरु सँंग विपद् व्यवस्थापन न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम संम्पन गरिएको छ ।

१५ नं वडाका अध्यक्ष तथा विपद् ब्यबस्थापन न्युनिकरण वाड स्तरिय संयोजकले घो.उ.पा.गोताखोर तालिम दिएर प्राविधिक दाङमा नै राख्नुपर्ने विपदको समिति नियमीत बैठक बस्ने र वाड स्तरिय विपद ब्यबस्थापन योजना तर्जुमा बनाउने प्रतिबदता गर्नु भयो । कार्यक्रमा महिला ८ पुरुष १० गरी १८ जनाको उपस्थिीमा कार्यक्रम संम्पन्न गरिएको थियो ।
घोराही उपमहानगर पालीका वाड नं १ का वाड स्तरिय विपद ब्यबस्थापन समिती संग अन्तरक्रिया कार्यक्रम
मिति २०७८।६।६ गते घोराही उ.पा.वडा नं.१ मा वडा अध्यक्ष तथा वडा स्तरिय विपद् व्यवस्थापन समितिका संयोजक श्री राममणी पाण्डेको अध्यक्षतामा विपद ब्यबस्थापन न्युनिकरण संम्बन्धी कार्यक्रम संम्पन्न भएको छ ।

बस्तिको नजिक जंगल भएकाले डढेलो नदीकटान जस्ता मुख्य समस्याहरु यस वाडमा रहेको र त्यसका लागी वडाले डढेलो नियन्त्रण न्युनिकरण गर्नको टोलटोलमा जनचेतना फैलाउने कार्यक्रम गर्दै आएको र टट्बन्ध पनि गरेको ड्राम जोखिम जानकारी दिनु भयो र यो कार्यक्रम एकदमै राम्रो रहेको नियमित यस कार्यक्रम गर्ने र वाड स्तरको विपद ब्यबस्थापन योजना तर्जुमा वनाउने पनि प्रतिबदता गर्नु भयो । कार्यक्रम मा महिला ६ पुरुष ५ गरि ११ जनाको उपस्थितीमा कार्यक्रम संम्पन्न गरीएको थियो ।
घोराही उपमहानगर पालिका वाड नं १६ का वाड स्तरिय विपद ब्यबस्थापन समिती संग विपद ब्यबस्थापन न्युनिकरण संम्बन्धी अन्तरक्रिया कार्यक्रम ।

मिती २०७८÷६÷१० गते घोराही उप . वाड नं १६ सर्रामा विपद् ब्यबस्थापन न्युनिकरण संम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम वाड स्तरि विपद ब्यबस्थापन समितीसंग संम्पन गरीएको छ । यस वाडका वाड सदस्य खिमा घर्ति मगरले
्््् यस वाडको मुख्य सवाल ४ लाइन बाटो बिस्तार कार्यमा ढिलाई र सेबार खोला बस्ती कटान ,ड्राम जोखिम जस्ता मुख्य समस्या रहेको बताउनु भयो । यो राम्रो कार्यक्रम रहेकोले वाड स्तरिय विपद् ब्यबस्थापन योजना तर्जुमा निती बनाई नियमित बैठक बस्ने जानकारी दिनु भयो । बैठकमा महिला ७ पुरुस ८ गरी १५ जनाको उपस्थीमा बैठक संम्पन गरियो ।
Presented by Hima Poudel -CAR