वित्तिय तथा ब्यबसायिक साक्षरता अभिमुुखीकरण « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

वित्तिय तथा ब्यबसायिक साक्षरता अभिमुुखीकरण

Please follow & like us :)

जनवरी १, २०२४ ग्रामीण महिला उत्थान केन्द्रको आयोजना र आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय संगको समन्वयमा गढवा, घोराही, नारायणपुर र तुलसीपुर ए शाखाका २९ केन्द्रहरुमा आवद्ध ६६७ सदस्यहरुलाई बित्तिय तथा ब्यावसायिक साक्षरता अभिमुखीकरण प्रदान गरिएको छ ।

सो अभिमुखीकणमा नोटको महत्व, नक्कली तथा सक्कली नोट पहिचान कसरी गर्ने, नोटमा केरमेट नगर्ने तथा रंग नलगाउने, नोटमा स्टिीच नगर्ने, बचत र बचतको महत्व, आम्दानी तथा खर्च, कर्जा लगानी, कर्जा सदुपयोगिता जाँच, कर्जा बिमा सम्बन्धी जानकारी, बचतमा ब्याज र कर्जामा ब्याज सम्बन्धी जानकारी, पासबुक सुरक्षा लगायतका बिषयमा अभिमुखीकरण गरिएको छ ।

वित्तीय तथा ब्यावसायिक साक्षरताको महत्व, ब्यवसाय र आर्थिक कारोबार गर्ने जो कोहिलाई पनि यस अभिमुखीकरणले सहयोग पु–याउँछ । बिशेष गरि न्युन आर्थिक अवस्था भएका परिवारहरुको लागि वित्तीय तथा ब्यावसायिक साक्षरता शिक्षा अत्यन्त प्रभावकारी रहेको बिज्ञहरुको भनाई रहेको छ ।

यस अभिमुखीकरणले भविष्यमा आइपर्ने वित्तीय संकटलाई कसरी व्यवस्थापन गर्ने, लक्षित समुदायमा रहेको पुँजीलाई बचतको रुपमा संकलन गरि सरल र सुलभ तरीकाले वित्तीय सेवा प्रदान गरि सदस्यहरुको उद्यमशिलता विकास गर्दै स्वरोजगार सृजना गर्नका लागि पनि सहयोग पुग्ने गरेको छ ।

अभिमुखीकरण पश्चात सदस्यहरुको बचतमा बृद्धि, ब्यवसाय शुरुवात र हाल संञ्चालन गरिरहेको ब्यवसायलाई बिस्तार गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेको अभिमुखीकरण सहजीकरण गरिरहनुभएका माधवा पोख्रेलले बताउनुभयो । यस प्रकारका अभिमुखीकरणहरुले महिलाहरुमा आर्थिक तथा सामाजिक रुपमा शसक्तीकरण हुने गरेको आशा गरिएको छ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021622