राजपुरमा भकारो सुधार अभियान
June 12, 2023: ग्रामीण महिला उत्थान केन्द्रको दाङको आयोजना, राजपुर गाँउपालिका संगको साझेदारी र हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोगमा भैसी पालक किसानहरुलाई लक्षित गरेर भकारो सुधार कार्यक्रमलाई अभियानको रुपमा अधि बढाइएको छ ।
कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास परियोजना द्धारा संचालन भएको कार्यक्रम अन्र्तगत भकारो सुधार गर्न साझेदारी कार्यक्रम मार्फत प्रत्येक भकारोको रु. २० हजार अनुदान भैंसी पालक किसानलाई उपलब्ध गराएको छ ।
परम्परागत भकारोमा भैसी पाल्ने किसानहरुलाई भैंसी बस्ने ठाँउमा फोहरले गर्दा पेटभरि घाँस, पराल र दाना खान पाउदैनथिए, हिलो फोहरले गर्दा भैंसीलाई रोग लागी बिरामी पर्ने जस्ता समस्या थियो जस्ले गर्दा किसानहरु गुणस्तिरिय दुध उत्पादनमा समस्या भोग्दै आएका थिए ।
अहिले राजपुर गाँउपालिकामा भकारो सुधार अभियान आएपछि भैंसी पालक किसानहरु खुशि भएका छन । राजपुर गाँउपालिका ३ खरदरियाका लाल बहादुर यादबको घरमा ९ वटा भैंसी छन । ती भैंसीलाई दाना, पानी, घाँस र स्याहार सुसार गर्न निकै सजिलो भएको छ । यादबलाई भकारो सुधार गर्न राजपुर गाँउपालिका संगको साझेदारी कार्यक्रम मार्फत रु २० हजार अनुदान उपलब्ध गरिएको छ । सो अनुदान रकम बाट भकारो बनाउने सिमेन्ट किनेका यादब बाँकी आफनै लागानीमा भकारो सुधार गर्नुभयो ।
संस्थाले दिएको २० हजार सिमेन्ट किनियो अरु आफै लगानी लगाए , उहाँले भन्नुभयो । परम्परागत रुपमा भैंसी पालन गर्दै आएका यादब समुदाय अब दुधालु भैंसी बढाउने सोचमा छन । जस्का लागि थप सहयोगको आवश्यक्ता देखिन्छ । राजपुर ३ निवासी अर्का किसान पवन कुमार यादबको १४ वटा भैंसी छन ।
भैंसीका लागि भकारो सुधार भएपछि बर्षायाममा सजिलो हुने आपेक्षा उहाँको छ । हिलोमा दुध दुहुन समस्या र दुधमा हिलो गोवर परयो भने दुध नोक्सान हुने भएकोले राजपुर ३ का सबै किसानहरुले भकारो सुधार गरे । उहाँले भन्नुभयो ।
ग्रामीण महिला उत्थान केन्द्र र राजपुर गाँउपालिकाको साझेदारीमा संचालित कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास परियोजना द्धारा पहिलो चरणमा ४४ जना भैंसी पालक किसानको भकारो सुधार गरेको छ । राजपुर ३ खरदरियामा २४ वटा र प्रतापपुरमा २० वटा भकारो सुधार गर्नका लागि किसानसंग गरिएको सम्झौता अनुसार रकमको चेक हस्तान्तरण गरिएको छ । परियोजना द्धारा भकारो सुधारको लागि रु. ८ लाख ८० हजार बजेट बिनियोजन गरिएको थियो ।
दुध उत्पादनको पकेट क्षेत्र पहिचान गरेका छौं । किसानलाई सोहि अनुसारको सहयोग गर्ने अभियान अन्र्तगत भकारो सुधार गरिएको हो । किसानले उत्पादन बढाउने हो भने गाँउमै लाखौ रकम भित्रिन सक्छ । किसानहरुको आम्दानी बढाउने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको हो । राजपुर गाँउपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भन्नुभयो ।
उपाध्यक्ष धनपती यादबले दुध उत्पादक किसान लाई प्रोत्साहन गर्ने र उत्पादन बढाउने लक्ष्य रहेको बताउनुभयो । एउटा किसान संग १० , १५ वटा र्भैसी छन तर सबै भैंसीले राम्रो दुख दिदैनन । त्यसैले सबैलाई दुधालु बनाउने कार्यक्रम बनाएकाछौं । उहाँले भन्नुभयो ।
राजपुर ३ का वडा अध्यक्ष रामप्रसाद यादबले भकारो सुधार नहुँदा दुधमा उत्पादन घटेको छ अब भकारो सुधार भएपछि दुध उत्पादन पनि बढने बिश्वास गर्नुभयो । ग्रामीण महिला उत्थान केन्द्रका संस्थापक अध्यक्ष आसमानी चौधरीले किसान र युवाहरुलाई ब्यवसायमा प्रोत्साहन गरि उद्यमी बनाउने उद्धेश्यका साथ राजपुरमा किसान लक्षित कार्यक्रमलाई संचालनमा ल्याएकाछौ ।
भकारो सुधार भएपछि दुधमा किसानहरुको उत्पानदन बढने बताउदै मेहनती किसानहरु आत्मनिर्भर तथा स्वोरोजगार बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।