राजपुरबासी आत्मनिर्भर बन्दै « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

राजपुरबासी आत्मनिर्भर बन्दै

Please follow & like us :)

July 5, 2023, Dang Ghorahi: राजपुर गाँउपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा दाङ जिल्लाको राजपुर गाँउपालिकामा राजपुर कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना संचालन भईरहको छ ।

सो परियोजना मार्फत राजपुर गाँउपालिका क्षेत्रभित्र महिला तथा युवा लक्षित बिबिध किसिमका स्वरोजगार, आयमुलक तथा सचेतना सम्बन्धी कार्यक्रमहरु संचालन हुदै आएका छन् ।

राजपुर गाँउपालिकाकाका किसानहरुलाई आर्थिक बर्ष २०७९÷०८० को पहिलो चरणमा ६२वटा बाख्रा र १९ वटा बोका उपहार प्रदान गरिएको छ । त्यसैगरीे वार्ड नं. २ मटेरिया खोला, वार्ड नम्बर ४ मुङग्रेटा खोला र वार्ड नम्बर ५को महतिनि खोलामा गरी जम्मा ३वटा वार्डमा ३वटा स्वाबलम्बी समुहका ३१जना महिला सदस्यहरुलाई ६२वटा बाख्रा उपहारको रुपमा प्रदान गरिएको छ ।

राजपुर गाँउपालिकाको १हजार ७सय परिवार र २सय युवाहरुलाई संम्लगण गराई जम्मा १हजार ९सय घरपरिवारलाई कृषि तथा पशु उपजको उत्पादन, उत्पादकत्व र उद्यमशिलता सँग जोड्दै बित्तिय पहँुच तथा बजारीकरण सम्म पहँुच पुर्याउने लक्ष्य अनुरुप नै राजपुर गाँउपालिकाको ७वटा वार्डमा हालसम्म जम्मा १८वटा स्वाबलम्बी समुह र २०वटा उपहार समुह गठन गरिएको छ ।

४८महिना परियोजना अबधी रहेको यस परियोजनाले राजपुर गाँउपालिका क्षेत्रका महिला तथा युवाहरुलाई आत्मनिर्भर, शसक्तीकरण सँगै स्वरोजगार बनाउने, गरिव र विपन्न परिवारहरु आवद्ध कृषि तथा पशु उद्यमहरुलाई मौसम अनुकुलन, वित्तिय सेवाहरुमा पहुँच तथा बजारसंगको सम्बन्ध विकास गरी व्यवसायिक तथा दिगो नाफामुलक उद्यमको रुपमा सुदृढिकरण गर्दै, सानाकिसान तथा आपुर्ति श्रृँखलामा आवद्ध आपुर्तिकर्ता, व्यापारी तथा निजी क्षेत्रको पहुँच अभिवृद्धि गर्दै सहकारीको पनि स्थापना गर्ने मुख्य उद्देष्य रहेको छ, साथै महिला तथा युवाहरुलाई ब्यावसायिक कृषि पेशामा आर्कषित गराउदै ब्यावसायिक महिला तथा युवा उद्यमीहरु उत्पादन गर्ने उद्धेष्य रहेको छ।

परियोजना अन्र्तगत साना तथा ठुला पशुहरुको उन्नत तथा नश्ल सुधारका लागी पालिका क्षेत्रभित्र ७वटा वार्डमा गठन भएका १८वटा स्वाबलम्बी समुहलाई १९वटा उन्नत जातको बिउ बोका उपहार मार्फत समुहमा हस्तान्तरण गरिएको ग्रामीण महिला उत्थान केन्द्र दाङका कार्यक्रम संयोजक गिरिराज भट्टले बताउनुभयो ।


राजपुर गाँउपालिका क्षेत्र भित्र २६वटा बाख्राको खोर र ठुला पशु (गाई भैसीका लागी) २१वटा भकारो सुधार कार्यक्रम पनि सम्पन्न भएको छ । बाख्रा तथा ठुला पशुहरुको खोर तथा भकारो सुधार कार्यक्रम अन्र्तगत पहिलो चरणमा राजपुर गाँउपालिकाको वार्ड नम्बर १ गुरुङ खोला र रसरी खोला, वार्ड नम्बर ६ को कल्याणपुर नाका र राजपुर गाँउ र वार्ड नम्बर ७ को लैबरुवा र बनकट्टीमा गठन भएको ६वटा समुहका २६जनालाई बाख्राको खोर तथा १वटा समुहको २१जना सदस्हरुलाई भकारो सुधार कार्यक्रममा प्रत्यक्ष सहभागी गराईएको कार्यक्रम संयोजक गिरिराज भट्टले जानकारी दिए ।

नागरिकहरुको आर्थिक उत्थान तथा शसक्तीकरणका लागी ब्यावसायिक तरकारी खेति गर्ने किसानहरुका लागी गाउँपालिका अध्यक्ष शरद बुढाथोकी र उपाध्यक्ष धनपती यादब ज्यु को उपस्थीतीमा राजपुर गाँउपालिका वार्ड नम्बर १,२, ४ र ५ मा गठन गरिएको मुल समुहका ३०जना सदस्यहरुलाई मल्चीङ, प्लास्टीक टर्नेल र बिउबिजनहरु सहयोग गरिएको छ ।


राजपुर गाँउपालिकामा रहेको स्थानिय स्रोत र साधनलाई प्रयोग गरी त्यस क्षेत्रका नागरिकहरुलाई आर्थिक रुपमा शसक्त र आत्मनिर्भर बनाउने उद्देष्यले पालिका क्षेत्रभित्र गठन भएका १५वटा मुल समुहका सदस्यहरुलाई पशुको उचित व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

यसैगरी परियोजना बाट समुहका सदस्यहरुको क्षमता अभिबृद्धि सँगै चेतनास्तर बृद्धिका लागी बिभिन्न किसिमका तालिमहरु संञ्चालन भएको छ भने पालिकास्तरमा पनि आधारशिला तालिम सँगै वार्ड तथा पालिकास्तरिय समन्वय समिति समेत गठन गरिएको छ । गाँउपालिका भित्र गठन भएका स्वाबलम्बी समुह तथा उपहार समुहहरुले तालिम प्राप्त गरिसकेपछि समुदायस्तरमा उपहार प्रदान, गाँउघर सरसफाई तथा सामुहिक कार्यको पनि शुरुवात गरेका छन् ।

यसैबिच समुहका सदस्यहरु सहित पालिका अध्यक्ष तथा उपाध्यक्ष ज्युको उपस्थीतिमा टोल सरसफाई कार्यक्रम समेत सम्पन्न भएको छ । सबेरै उठेकी सम्झना चौधरीलाई आज घरको बिहानको सबै काम भ्याएर टोल सरसफाईका लागी पुग्नु छ । सम्झना राजपुर गाँउपालिका वार्ड नम्बर ४ उत्तर दुलैयामा गठन भएको सुनछहारी उद्यमी महिला समुहको अध्यक्ष हुनुहुन्छ ।

हामी नेपालीहरुले घरको सरसफाईका लागि भनेर शनिबारको दिनलाई साच्ने गरेका हुन्छौ तर घरको सरसफाई गरेपनि वरपर आफनो गाँउ टोल सरसफाई गर्न न हामीलाई जागर चल्छ नत रहर नै जाग्छ, तर आजभोलि राजपुर गाँउपालिकाका महिला दिदिबहिनीहरुलाई आफनो गाँउ टोलको सरसफाई गर्ने रहर जागेको छ ।हो यसरी नै आफनो गाँउ टोल सफा बनाउने रहर जगाएको हो, ग्रामीण महिला उत्थान केन्द्र दाङ, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाँउपालिकाद्दारा संचालीत कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी बिकास परियोजनाले

परियोजना मार्फत दिदिबहिनीहरुले म को हु ? मेरो जन्म किन भएको हो ? गाँउ समाज र परिवार प्रति मेरो उत्तरदायित्तव के हो ? भनेर ४दिने आधारशिला तालिम बाट थाहा पाएपछि उहाँहरुमा टोल सरसफाई गर्ने र आफनो वरपरको वातावरण लाई स्वस्थ्य सफा राख्ने रहर स्वेच्छाले नै जागेको हो भन्नुहुन्छ, सुनछहारी उद्यमी महिला समुहका दिदिबहिनीहरुले, ३०जना महिलाहरु रहेको उक्त समुहले मासिक बैठक बसी, बचत उठाउने, दिदिबहिनीहरुको घर घरमा पुगेर मिलिजुली काम गर्ने जस्ता सामुहिक कामहरु समेत गर्दै आएका छन्।

स्थानिय स्रोत र साधनको समुचित प्रयोग गरी महिलाहरुलाई उद्यमी बनाई शसक्तीकरणका साथै राजपुर गाँउपालिका लाई नै आर्थिक रुपमा सबल र सक्षम बनाउने उद्देष्यले त्रिपक्षिय सम्झौता अनुरुप समुदायमा काम गर्दै आएको ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीले बताउनुभयो ।

सो परियोजना राजपुर गाँउपालिकाको ७वटा वडामा गरी जम्मा १८वटा स्वाबलम्बन मुल समुह गठन गरिएको परियोजनाका फोकल पर्सन भिमकान्त चौधरीले बताउनुभयो । राजपुर गाँउपालिका वार्ड नम्बर २ चम्फामा गठन गरिएको हरियाली स्वाबलम्बन महिला समुह र वार्ड नम्बर ५ सालभौरी ठुलो गल्लीमा गठन गरिएको फुलबारी स्वाबलम्बन महिला समुहका दिदिबहिनीहरुले पनि गाँउ टोलमा सरसफाई अभियान संचालन गर्दै आएको कार्यक्रम संयोजक गिरिराज भटटले जानकारी दिनुभयो ।

प्रत्येक हप्ताको शनिवारका दिन गाँउटोल सरसफाई अभियान नै संचालन गर्ने नियम बनाएका दिदिबहिनीको काममा हौसला थप्न पालिकाका अध्यक्ष शरद बुढाथोकी, उपाध्यक्ष धनपती यादब लगायत वार्ड अध्यक्ष तथा सदस्यहरु समेत पुग्ने गर्नुभएको छ भने प्रहरी तथा स्थानिय बुद्धिजिबीहरुले पनि गाँउ टोल सरसफाई अभियानमा हातेमालो गर्दै आएका छन् ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

019979