महिलाहरु व्यवसाय उन्मुख हुँदै « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

महिलाहरु व्यवसाय उन्मुख हुँदै

Please follow & like us :)

May 29, 023, Dang: ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी वित्तीय तथा ब्यवसायिक साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामीण भेगका पछाडि परेका र पारिएका, अल्पसंख्यक, जनजाति, गरीब, सीमान्तकृत तथा बिपन्न समुदायका सदस्यहरुलाई वित्तीय तथा ब्यवसायिक साक्षरताको माध्यमबाट सदस्यहरुको वित्तीय सेवामा पहुँच पु¥याउने र समृद्धिको बाटो तर्फ उन्मुख गराउनका लागि संस्थाले वित्तीय तथा ब्यवसायिक साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वित्तीय तथा ब्यवसायिक साक्षरता अभिमुखीकरण कार्यक्रमको माध्यमबाट सदस्यहरुलाई वित्तीय साक्षरता भनेको के हो ? बैंक भनेको के हो ? बैकंमा कारोबार गर्दा हुने फाईदाहरु, आम्दानी र खर्चको बिश्लेषण गर्ने तरिका, ब्यक्तिगत रकम ब्यवस्थापन र वित्तीय योजना सहितको लक्ष्यका फाईदाहरु, पारिवारिक बजेट किन र कसरी बनाउने, ऋण भनेको के हो ? र कस्तो कार्यको लागि ऋण लिनुपर्छ, बचत के हो र बचत कसरी गर्न सकिन्छ, बिमा के हो र बिमा गर्दा हुने फाईदाहरुका बिषयलाई समेटेर अभिमुखीकरण गर्दै आएको छ ।


मिति २०७९ श्रावण देखि २०८० बैशाख महिना सम्म ३९ स्थानमा १ हजार ९९ जना महिला सदस्यहरुलाई वित्तीय तथा ब्यवसायिक साक्षरता अभिमुखीकरण कार्यक्रममा सहभागी गरार्ईएको थियो । अभिमुखीकरण कार्यक्रमबाट प्रशिक्षित भए पश्चात सदस्यहरुले आफूसँग भएको सीपको आधारमा उद्यमको शुरुवात गर्न थालेका छन् ।

उद्यम शुरुवात गर्नका लागि परियोजनालाई आवश्यक पर्ने कर्जा माग गर्न थालेका छन् भने, उनीहरुमा अबका दिनहरुमा आफू कसरी आत्मनिर्भर र आर्थिक रुपमा बलियो बन्ने भन्ने बिषयमा मनन गर्ने र आफ्नो सीपलाई ब्यवहारमा उतार्दै तरकारी खेति, खुद्रा पसल, बाख्रा पालन, कुखुरा पालन, भैसी पालन, च्याउ खेति लगायतका ब्यवसायहरु सञ्चालन गर्न थालेका छन् । सो अभिमुखीकरण कार्यक्रमको सहजीकरण माधवा पोख्रेलले गर्नुु भएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

019977