बहुआयामीक व्यवसायी: गिता « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

बहुआयामीक व्यवसायी: गिता

Please follow & like us :)

December 31, 2023 गिता चौधरी दागं जिल्लामा महिला उद्यमीको रुपमा परिचित नाम हो, लमही नगरपालिका वार्ड नम्बर ८ गिधनिया निवासी चौधरीले राष्ट्रिय स्तरको लघुउद्यम पुरस्कार हात पार्नसफल भएकी छिन् । उनलाई यति सहजै कसैले चिनेको होईन् उनँको मिहेनत, लगनशिलता र कामप्रतिको बिश्वासले नै गितालाई सफल उद्यमीका रुपमा स्थापित बनाएको हो । चरम गरिबी, अभाव त्यसै माथि श्रीमान सिकलसेलको बिरामी, काखमा सानो छोरी, के खाउँ के लाउँको अवस्था अझै पनि उनलाई आफनो पहिलेका कुरा सम्झदा गहभरिएर आँखाबाट आँशु छचल्कीन्छ । बिगत कहाँली लाग्दो भएपनि अहिले गिताको अवस्था फेरिएको छ ।

अरुका घरमा काम गरेर गुजारा चलाउने गिता, अहिले आफूले सञ्चालन गरेको व्यवसायमा ६ जनालाई रोजगारी दिनुका साथै कामको आवश्यकतानुसार ८ देखि १० जनालाई ज्यालादारीमा काम समेत दिने गरेकिछिन् । साढे ४ बिगाहा जग्गा भाडा लिई ब्यावसायिक रुपमा तरकारी, गन्जी, तोरी खेती, किराना पसल, लोकल कुखुरा, बंगुर फार्म संचालन गर्दै आएकी गितालाई उनँका श्रीमान्ले बिहान र बेलुका काममा सघाउने गर्छन् ।


चक्रजस्तै चल्ने यो समयलाई फेरी एकचोटी गिताले अतितलाई सम्झदै, “यो गाँउमा मलाई सय पचास रुपैयाँ सापटी दिन सम्म विश्वास गर्दैनथे, कुनै काम बिशेषले गाँउघरमा जाँदा समेत पैसा माग्न आएकी हो कि भनेर ढोका थुनेर बस्थे तत्पश्चात मनमा केहि त गर्नैपर्छ भन्ने थियो तर के गर्ने? पैसा कहाँ बाट ल्याउने भन्ने पिरलो थियो, अनि माईतीमा टिका लगाएर पाएको १ हजार ५ सय रुपैँया बाट मैले पेटीमा चाउचाउ, बिस्कुट राखेर ब्यवसाय शुरुवात गरे, हिजै जस्तो लाग्छ व्यवसाय शुरु गरेको तर अहिले मेरो व्यवसायलाई बृद्धि गरी आफनै घरको सटर कोठाबाट व्यवसाय गरिरहेको छु” ।


आफन्ती, गाँउघरले समेत नपट्याएको बेला मलाई ग्रामीण महिला उत्थान केन्द्रले ठुलो विश्वास गरेको हो । बिना धितो समुह जमानीका आधारमा ५ हजार कर्जाबाट शुरुवात गरेको मेरो कारोबार ग्रामीण महिला उत्थान केन्द्र हुँदै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि.सम्म आईपुग्दा अहिलेसम्म लाखौ रुपैँयासम्मको कारोबार गरिसकेको बताइन । २०७० सालमा दश जना दिदिबहिनीले राप्ती महिला उत्थान केन्द्रमा आबद्ध भई मासिक ५० रुपैयाँ बचत गर्नलाई गिता सँग पैसा हुदैन् थियो ।


उनको लगनशिलता, मेहनत, इच्छाशक्ति र प्रतिबद्धताले आफुले सञ्चालन गरको व्यवसायलाई बिस्तारै बढाँउदै लगिन, परिणाम स्वरुप उनले हाल अहिले पक्की घर निर्माण गर्नुका साथै ६ कट्ठा ११ धुर जग्गासमेत जोड्न सफल भएकि छिन् । गिताले गरेको विभिन्न ब्यवसायबाट गत साल ३५ लाखको कारोबार मध्य उनको खुद कमाई १५ लाख भएको बताइन । कुनै समय आफन्त, घरपरिवार र छिमेकबाट तिरस्कृत बनेकी गितालाई ग्रामीण महिला उत्थान केन्द्र दागंले संञ्चालन गरेको लघुबित्त कार्यक्रम मार्फत महिला उद्यमीको रुपमा स्थापित गराउन सफल भएको हो । आगामी दिनमा गिताले हाल सञ्चालन गरेको व्यवसायलाई व्यवस्थित र निरन्तर रुपमा लैजाने योजना रहेको बताइन ।

Click for news on Geeta

https://gsamachar.com/?p=30601&fbclid=IwAR3PC2cw_jhoiNl1EuuKyRXlMP2QbMLSoB7d4QxRI2-3BWz4J0aXj7bxpJs

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022755