प्रस्ताबित बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोश्रो सहकारी भेला « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

प्रस्ताबित बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोश्रो सहकारी भेला

Please follow & like us :)

December 22, 2023: Dang Ghorahi:

ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग, हेफर प्रोजेक्ट नेपाल र राजपुर गाँउपालिकाको आयोजनामा संचालन भईरहेको राजपुर कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी बिकास परियोजना अन्र्तगत राजपुर गाँउपालिका ५ जगं्रहवामा प्रस्ताबित बेला राजपुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोश्रो सहकारी भेला बि.स. २०८० असोज १९ गतेका दिन सम्पन्न भएको छ ।

प्रस्ताबित सहकारीका जेष्ठ सदस्य शान्ता भण्डारीको अध्यक्षता तथा राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकी को प्रमुख आतित्थता एंव गाँउपालिका उपाध्यक्ष धनपती देबी यादबको बिशिष्ट आथित्यता, हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय कार्यक्रम प्रबन्धक प्रकाश के.सी., ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरी, गाँउपालिका प्रबक्ता श्याम रोका, वडा नम्बर २का वडा अध्यक्ष ओमप्रकाश यादब, वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद यादब लगायतको उपस्थीति रहेको थियो ।

निक्कै भब्य र सभ्य तरिकाले सम्पन्न भएको भेलामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राजपुर गाँउपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले यस अघि पनि स्थानिय सरकार मार्फत समुदायमा काम नभएको होईन तर यहाँका नागरिकले जुन महशुस गर्न पाएका थिएनन् अहिले परियोजना मार्फत भईरहेको गतिबिधीले नागरिकहरुले सहजै सेवा सुबिधा उपभोग गर्न पाएका छन् । समाज रुपान्तरणका लागि यस परियोजना मार्फत हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रले सहकार्य गरेर समुदायस्तरमा जसरी काम अगाडी बढेको छ, त्यसको लागि दुबै संस्थालाई बिशेष धन्यवाद दिदै परियोजनालाई सफल बनाउन आफुले पालिका बाट सहयोग गर्दै जाने भनाई राख्नुभएको थियो ।

कृपावती यादबको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका क्षेत्रिय कार्यक्रम प्रबन्धक प्रकाश के.सी.ले सरकार, साझेदार संस्था मार्फत समुदाय परिबर्तनका लागि गरिएको यो कामले अपनत्नवको अनुभुति सँगै समाज आर्थिक रुपमा सक्षम हुने महत्वपुर्ण भनाई राख्नुभएको थियो । कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दागंका अध्यक्ष आसमानी चौधरी ले आत्मनिर्भर र सशक्त समाजको सिर्जना परिकल्पनाका साथ स्थापना भएको यस संस्थाले यस परियोजना संचालनका लागि त्रिपक्षिय साझेदारीमा अहिले समुदायस्तरमा कामहरु गर्दै आईरहेको छ । यस कामले महिलाहरुको आर्थिक, सामाजिक सशक्तिकरणमा महत्वपुर्ण टेवा पुर्याई देशलाई नै समृद्धी तर्फ लैजान सहयोगी भुमिका खेलेको बताउनुभयो।

कार्यक्रममा राजपुर गाँउपालिका वडा नम्बर ६का वडा अध्यक्ष श्याम बहादुर रोका, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश कुमार आर्चाय, नेपाल पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष लिला शाह लगायतले शुभकामना मन्तब्य राख्नुुभएको थियो, भब्यताका साथ शुरु गरिएको कार्यक्रममा समुहका दिदिबहिनीहरुले बिभिन्न झाँकी सहित लोक नृत्य, कबिता गितहरु समेत प्रश्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्र का पार्वती बस्नेतले गर्नुभएको थियो ।

सुचना तथा संञ्चार मन्त्री रेखा शर्मा द्धारा प्रस्ताबित गढवा दोश्रो सहकारी भेलाको उद्धघाट्न
ग्रामीण महिला उत्थान केन्द्र दाङ्ग, हेफर प्रोजेक्ट नेपाल र गढवा गाँउपालिकाको आयोजनामा संचालन भईरहेको गढवा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी बिकास परियोजना अन्र्तगत गढवा गाँउपालिकामा प्रस्ताबित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोश्रो सहकारी भेला मिति २०८० असोज २७ गतेका दिन सम्पन्न भएको छ उक्त भेलाको उद्धघाटन सुचना तथा संञ्चार मन्त्री माननिय रेखा शर्माले गर्नुभएको हो ।

पार्वती देबी श्रेष्ठको अध्यक्षता तथा सुचना तथा संञ्चार मन्त्री माननीय रेखा शर्माको प्रमुख आतिथ्यता, लुम्बीनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री माननीय ईन्द्रजीत थारुको बिशिष्ट आतिथ्यता,गाँउपालिकाका अध्यक्ष यम नारायण शर्मा, उपाध्यक्ष शारदा कुमारी चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी को आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि सुचना तथा संञ्चार मन्त्री माननीय रेखा शर्मा ले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम भएपछि मात्रै परिबर्तन सम्भव हुने भन्दै प्रस्ताबित गरेको सहकारीले निक्कै चनाखो भएर सहकारीको निति नियम भित्र रहेर उद्यमशिलतालाई पनि जोडेर सहकारीको कारोबार अगाडी बढाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको थियो । महिलाहरुकोे सिपलाई अझ निखारता ल्याई उत्पादनमा बृद्धि गर्नका लागि पालिका, परियोजना मार्फत सहयोग गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

आत्मनिर्भर उद्यमी महिला समुहका अध्यक्ष अमिना राईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा लुम्बीनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री माननीय ईन्द्रजीत थारु, गढवा गाँउपालिकाका अध्यक्ष यम नारायण शर्मा, उपाध्यक्ष शारदा कुमारी चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरी, वडा नम्बर २ का अध्यक्ष भक्तु चौधरी, वडा नम्बर ३का तुलसीराम अधिकारी, वडा नम्बर ४का हरि भगत चौधरी, वडा नम्बर ५ का लेख बहादुर थापा, वडा नम्बर ६का वीर बहादुर आले, सहकारी शाखा प्रमुख अशोक यादब, जनता माध्यामिक बिद्यालयका प्रधानाध्यापक राम सुरत यादब लगायतले आफनो भनाई राख्नुभएको थियो । भब्य र सभ्यताका साथ शुरु गरिएको कार्यक्रममा समुहका दिदिबहिनीहरुले झाकी सहित लोक नृत्य, कबिता, गित प्रश्तुत गर्नुभएको थियो । सो कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्र का पार्वती बस्नेतले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021072