पिक्स ब्यागको प्रयोगले जगमतीको परिवारमा ल्याएको खुशी
May 8 2024 .
राप्ती गाउँपालिका — ८ पिपरि बस्ने जगमती चौधरीले पिक्स ब्यागको बारेमा जानकारी पाएपछि उहाँले गहुँ, मकै, मसुरो, चना, केराउ लगायतका अन्नबाली पिक्स ब्यागमा सुरक्षीत तरिकाले भण्डारण गर्न पाउँदा उहाँको परिवारमा खुशी छाएको छ ।
४२ वर्षिय जगमती चौधरीको घरमा श्रीमान्, दुई छोरा, एक बुहारी, एक छोरी र एक नातिनी गरि जम्मा सात जनाको परिवार रहेको छ । उहाँको जेठो छोराले सामुदायीक विद्यालय पिपरिमा अध्यापन गराउनुहुन्छ भने अन्य सदस्यहरु कृषी पेशामा व्यस्त हुनुहुन्छ । वर्षभरी उहाँहरुले धान, मकै, गहुँ, मसुरो लगायत तोरी उत्पादन गर्नुहुन्छ । बिगत केहि वर्षदेखि उत्पादन गरेर भण्डारण गरेको खाद्यान्नमा घुन, पुतला र किरा लागेर आधा भन्दा बढी नष्ट भएको थियो । वर्षभरि पुग्ने अन्नबाली नष्ट भएका कारण घरपरिवारको गास बजारको खाद्यान्नमा भर परेको थियो ।
यू एस.ए.आइ डि को आर्थिक तथा आइ.डीई नेपालको प्राबिधिक सहयोग र यस ग्रामीण महिला उत्थान केन्द्रको सहकार्यमा सञ्चालन भएको रिप्लान्ट परियोजना अन्तरगत किसानहरुले उत्पादन गरेको अन्नबाली नष्ट हुन नदिन हर्मेटिक्स प्रबिधियुक्त पिक्स ब्यागको परिचय, यसको फाइदा,महत्व र खाद्यान्नलाई भण्डारण गर्ने तरिका लगायतका बिषयमा राप्ती—८ पिपरिका कृषक समुहलाई अभिमुखीकरण गरिएको थियो । उक्त अभिमुखिकरण कार्यक्रमबाट प्रभाबीत भएकी जगमती चौधरीले सामुदायीक व्यवशायी सहजकर्ता प्रतिमा चौधरीसंग अन्न भण्डारणका लागी ७ वटा पिक्सब्यागको माग गर्नुभयो । उक्त ७ वटा पिक्स ब्याग सिबिएफ प्रतिमा चौधरीले उहाँकै घरमा पुगेर प्रयोग गर्ने तरिका प्रत्यक्ष देखाउँदै र सिकाउँदै उपलब्ध गराउनु भयो ।
पिक्स ब्यागमा गहुँ, मसुरो, मकै र चामल भण्डारण गर्नुभयो । उहाँले भाण्डारण गरेको खाद्यान्न दूई महिनापछि अबलोकन गर्दा कुनै पनि खाद्यान्नमा घुन, पुतला किरा लागेको थिएन । यो देखेर उहाँ लगायत सबै परिवार निकै नै हर्षित र अचम्मित हुनुभयो । उहाँको अन्नबाली सुरक्षीत भएको देखेर छिमेकिहरु चिन्तन चौधरी, देउकुमारी चौधरी लगायत अरुले पनि पिक्स ब्यागको माग गर्नुभयो ।
̏परम्परागत रुपमा खाद्यान्न भण्डारण गर्दा अन्नबालीमा किरा लाग्थ्यो,तर अहिले पिक्सब्यागमा अन्न भण्डारण गर्दा खाद्यान्नको तौल पनि नघटेको र अन्न पनि सुरक्षीत भएको छ ˮ। भन्दै जगमती चौधरीले आफ्नो अनुभब सुनाउनु भयो । पिक्स ब्यागको प्रयोग पछि हर्षित बनेकी जगमतीले आफ्नो आफन्त र छिमेकीहरुलाई पिक्स ब्याग प्रयोग गर्न सुझाब दिनुभयो । आपूmले मिहिनेत गरेर उत्पादन गरेको अन्नबाली सुरक्षीतका साथ पिक्स ब्यागमा भण्डारण गर्ने बिधि सिकाई उपलब्ध गराएकोमा उहाँले संस्था ग्रामीण महिला उत्थान केन्द्र र सम्पूर्ण रिप्लान्ट टिमलाई धन्यवाद दिनुभयो ।